सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दिन प्रतिदिन एन्टिबायोटिकको प्रयोग बढ्दै

भास्कर के.सी./ कञ्चनपुर । अहिले दिन प्रतिदिन एन्टिबायोटिक औषधीको प्रयोग कर्ता बढ्दै गएको देखिन्छ । जसको कारणले मानिसहरुमा नयाँ नयाँ रोग देखिने गर्दछ । मौसमी ज्वरो आउदाँ, होस वा टाउको दुःखदा, सामान्य विरामी हुदाँ पनि आफै डक्टर बनेर मेडिकलमा गई औषधी लिई सेवन गर्नाले रोग निको हुनुको साटो झन् बल्झदै गएको छ । त्यसरी विना डाक्टरको सल्लाहले लिएको औषधीले क्षेणिक समयको लागि निको भएपनि कलान्तरमा त्यसको प्रभाव नराम्रो हुन् जान्छ ।

महाकाली प्रादेशिक अस्पतालका निमित मे.सु डा. आर्जुन भट्टका अनुसार ‘अहिले एन्टिबायोटिक रेसिस्टेन्स लिने सेवाग्राहीहरु बढ्दै गई रहेका छन । रोगलाई सामान्य मानेर औषधी उपचार गर्दा त्यसले केही समय निको बनाए पनि पछि त्यसको असर नराम्रो पर्न गएको देखिन आएको छ । जसले गर्दा क्यान्सर, मृगौला खराब हुने र महिलाहरुमा पाठेघरमा खराब हुने जस्ले गर्दा शरीरको अंग नै काटेर फाल्नु पर्ने वा मृत्यार्वरण गर्नु पर्ने अवस्था आउन सक्छ ।’ सधै विरामी एकै प्रकारको हुदैन् ज्वरो आउने, टाउको र पेट दुख्ने जस्ता जुन हामीलाई सामान्य विरामी लाग्छन त्यस्ता रोगले पनि ज्यान गएको हामीले देखेका छौं । कारण एन्टिबायोटिक ओषधीको अन्धाधुन्ध प्रयोग हो ।

Sana Kishan

विश्वमा लाखौ विरामी आफै एन्टिबायोटिक औषधी प्रयोग गर्नाले विभिन्न रोगको शिकार हुनुको साथै मृत्युको मुख सम्म पर्ने गर्दछन् । कुनै पनि औषधी सेवन गर्दा डाक्टरको सल्लाह अनुसार र दिएको डोज पुर्ण रुपमा निश्चित समयमा लिनु पर्ने हुन्छ । जसले गर्दा रोग पुर्ण रुपमा निको हुन मद्दत गर्दछ भने पुनः रोग बल्झिने डर हुदैन् । हामी आफै डाक्टर बन्दा एउटा रोग निको भए आर्को रोग लाग्ने सम्भावना बढदै जान्छ ।

World Link Ads

‘हाम्रो गाँउ घरमा धामी झाँकी जस्ता अन्धविश्वास जिवित नै रहेको बेला यस प्रकारको डाक्टरको बिना सल्लाह अनुसार आफै दवाई लिने क्रम पनि बढ्दै गएको छ । जसले गर्दा अन्धविश्वासले त ज्यान लिने गरेको हामी सबैमा विदितै छ, त्यसैमा एन्टिबायोटिकको प्रयोग पनि समस्या’ भएको मन्त्र हस्पिटलका जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. जर्नादन प्रसाद जोशी बताउछन् ।

त्यसैले सबैमा जनचेतना जगाई डाक्टरको सल्लाह बिना औषधी उपचार सेवन गर्न बन्द गर्नु पर्दछ । हामी सबैको सोच डाक्टरलाई चेक जाँच गराउँदा खर्च लाग्ने हुनाले आफै औषधी किनेर सेवन गर्ने गर्दछौ तर अलिकति खर्च लागेपनि रोग विशेषज्ञ वा अनुभवी डाक्टर सँग सल्लाह गरी औषधी उपचार गराएमा रोग छिटो निको हुनुको साथै पछि हुने रोगबाट बच्न सकिन्छ । सानो तिनो विरामी हुने वित्तिकै कुनै पनि औषधी सेवन गर्नु हुदैन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close