सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ईन्जिनियरिङ्ग विद्यार्थी समाजका १२ जनाले दिए संयुक्त राजिनामा

कञ्चनपुर। कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालय स्कूलअफ ईन्जिनियरिङ्ग अन्तर्गत रहेको “ईन्जिनियरिङ्ग विद्यार्थी समाज” का १२ जना पदाधिकारी र सदस्यले संयुक्त रुपमा राजिनामा दिएका छन्। राजिनामा दिनेमा ईन्जिनियरिङ्ग विद्यार्थी समाजका उपाध्यक्ष अपील मल्ल ठकुरी, उपाध्यक्ष भाष्कर पन्त, उपाध्यक्ष जनक सिंह धामी, सचिव दिपेन्द्र धामी, कोषाध्यक्ष पंकज जोशी र सदस्यहरू क्रिमशन सिहं नेगी, दिलिप पन्त, किरन भट्ट, रिचा बिष्ट, गजेन्द्र प्रसाद बडु, श्रेया बोहरा र तोपराज बडु रहेका छन्।

राजिनामा दिएका ईन्जिनियरिङ्ग विद्यार्थी समाजका उपाध्यक्ष जनक धामीले समाजभित्रका केही पदाधीकारीले अपाच्य गतिविधी गरिरहेको एवम् सम्झाउँदा बुझाउदा पनि नमानेको, समाजको बैठक चलिरहदा दम्भशैलि देखाउने गरेको कारण आफुहरूले स्व्तन्त्र महसुस नगरेको हुनाले संयुक्त रुपमा राजिनामा दिएको बताएका छन्। साथै धामीले समाजमा नभएपनी  विद्यार्थीहरूसंगको सहकार्य  निरन्तर चलीरहने बताएका छन्। उनले भने ‘म बाट सम्भव हुने साथ सहयोगमा  कसैका निमित्त कम नहुने र  विद्यार्थीको हक हितका लागी  सदैव लड्न तयार रहनेछु।’

May be an image of text

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds