Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक २३, २०८१
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) बिहीबारदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो।

प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ। यी काम पूरा गर्न रु १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ। स्तरोन्नतिका क्रममा राति १०ः०० देखि बिहान ८ः०० बजेसम्मका सबै उडान कटौती हुनेछन्। हाल विमानस्थल बिहान ६ः०० बजे खुलेर राति २ः०० बजेसम्म सञ्चालन हुँदै आएको थियो।

आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले टीआइएको धावनमार्गसँगै समानन्तर हुने गरी ट्याक्सीवे बनाउन लागिएको छ। उनले उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर उडान बन्द गरिएको उल्लेख गरे। नेपालमा हाल तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७४ वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका हुन्।

मुलुकको जेठो अन्तर्राष्ट्रिय विमानस्थल टीआइएको पटकपटक मर्मत र क्षमता अभिवृद्धि गरिँदै आएको छ । विसं २०७७ मा सो विमास्थलको धावनमार्ग विस्तार गरी तीन हजार तीन सय मिटर कायम गरिएको थियो। त्यतिबेला पनि बेलुका ६ः०० देखि बिहान ६ः०० बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो। तत्कालीन समयमा विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र रनवे जिरो–टु) विस्तार भएको थियो। विसं २०७५ मा दैनिक १० घण्टा विमानस्थल बन्द गरेर झण्डै चार महिना अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्ण रूपमा मर्मत (कालोपत्र) गरिएको थियो। विमानस्थल मर्मतको अवधिमा आन्तरिक र अन्तर्राष्ट्रियतर्फ करिब ३० प्रतिशत उडान कटौती भएको थियो। विमानस्थल भएर आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित १९ हवाई कम्पनी र आन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन् । काठमाडौं विमानस्थलमा आन्तरिकमा दुईतर्फी तीन सयभन्दा बढी र अन्तर्राष्ट्रियतर्फ एक सय हाराहारी उडान हुने गरेका छन्। रासस

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बैतडीको प्रसिद्ध शिवनाथ मन्दिरमा कात्तिक ३० गते भव्य जात्रा हुने
फ्ल्यास हेडिङ

बैतडीको प्रसिद्ध शिवनाथ मन्दिरमा कात्तिक ३० गते भव्य जात्रा हुने

कार्तिक २७, २०८३
३८ वर्षको उमेरमा पूरा भयो परि विकको गायक बन्ने सपना, सार्वजनिक गरे पहिलो देउडा गीत
फ्ल्यास हेडिङ

३८ वर्षको उमेरमा पूरा भयो परि विकको गायक बन्ने सपना, सार्वजनिक गरे पहिलो देउडा गीत

कार्तिक १९, २०८३
विजयादशमीमा प्रधानमन्त्रीको सन्देश: भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट हुन आह्वान
फ्ल्यास हेडिङ

विजयादशमीमा प्रधानमन्त्रीको सन्देश: भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट हुन आह्वान

कार्तिक ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

तिहारपछि खुलेको सेयर बजारमा गिरावट, नेप्से ६.४८ अङ्कले घट्यो

तिहारपछि खुलेको सेयर बजारमा गिरावट, नेप्से ६.४८ अङ्कले घट्यो

कार्तिक २७, २०८३
नेतृत्वको मूल्याङ्कन सामाजिक सञ्जालबाट होइन, पाँच वर्षको योगदानबाट गरौँ : अखिल क्रान्तिकारी अध्यक्ष

नेतृत्वको मूल्याङ्कन सामाजिक सञ्जालबाट होइन, पाँच वर्षको योगदानबाट गरौँ : अखिल क्रान्तिकारी अध्यक्ष

कार्तिक २७, २०८३
सुदूरपश्चिमका पहाड रित्तिँदै, तराईमा चाप बढ्दै

सुदूरपश्चिमका पहाड रित्तिँदै, तराईमा चाप बढ्दै

कार्तिक २७, २०८३
धरापमा परेको सुदूरपश्चिमलाई कप्तान दीपेन्द्रको अर्धशतक

धरापमा परेको सुदूरपश्चिमलाई कप्तान दीपेन्द्रको अर्धशतक

कार्तिक २७, २०८३
आइतबारदेखि सुदूरपश्चिमसहित तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

आइतबारदेखि सुदूरपश्चिमसहित तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

कार्तिक २७, २०८३
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त

कार्तिक २७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व