सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीमदत्त नगरको वृद्ध आश्रममा छाक टार्न धौधौ 

स्थानीय सरकारले अनुदान कटौती पछि हामी सङ्कटमा छौँ अध्यक्ष चन्द 

कञ्चनपुर । कञ्चनपुर भीमदत्त नगरपालिकाको एक वृद्ध सेवा केन्द्रमा खाद्यान्न सङ्कट उत्पन्न भएको छ । दाताहरूबाट सञ्चालनमा रहेको भीमदत्त नगरपालिका ५ बनखेत महेन्द्रनगरको वृद्ध आश्रममा खाद्यान्न सङ्कट उत्पन्न भएको हो ।

१८ वर्षदेखि सञ्चालनमा आएको महिला तथा वृद्ध सेवा केन्द्रमा खाद्यान्न सङ्कट भएको जनाईएको छ । बिहीबार महिला तथा बृद्ध सेवा केन्द्रले पत्रकार सम्मेलन नै गरेर अब वृद्ध आश्रम सञ्चालन गर्न नसकिने घोषणा गरेको छ ।

महिला तथा वृद्ध सेवा केन्द्रका अध्यक्ष शारदा चन्दले कोरोना महामारीसँगै स्थानीय, केन्द्र सरकारले दिदैँ आएको अनुदान कटौती र विभिन्न निजी दाताहरूले दिँदै आएको खाद्यान्न दिन छाडेपछि आश्रममा समस्या भएको बताइन । खाद्यान्न सङ्कट भएपछि छाक नै टार्न धौधौ भएको उनले बताइन


‘विगतमा स्थानीय र केन्द्रीय सरकारले हरेक वर्ष नगद एव सक्दो सहयोग गर्दै आएको थियो, ‘उनले भने, ‘०७४ देखि स्थानीय भीमदत्त नगरपालिका सरकारले समेत अनुदान कटौती गरिदियो, अहिले खाद्यान्न सङ्कट भएको छ ।’  आश्रमकै आन्तरिक आम्दानी गर्दै आएको कुखुरा पालन पनि गत असारमा आएको बाढीले बगाइदिएपछि थप सङ्कट गरेको बताइन‘हामीसँग अहिले यहाँ ६३ जना ज्येष्ठ, आसक्त आमाबाबु महिला तथा बालबालिका छन्, ‘उनले भनिन, ‘उनीहरूको उपचार, भरणपोषण त परै जावस दैनिक खाने अन्न पनि छैन् ।’

Mahakali Polytechnic

विगतमा अधियाँ गरेर खाने गुजारा चलाएपनि अहिले अधियाँ बनाउन सक्ने अवस्था नभएकाले अब आश्रम सरकारले ग्रहण गरिदिनुपर्ने उनको दुखेसो छ । गत वर्ष सुप प्रदेशको समाजिक विकास कार्यालयबाट ३ लाख, २१ हजार ९१८ सहितका विभिन्न निकायबाट आएको ५ लाख, ५९ हजार, ४१८ रुपैया मात्रै आम्दानी भएको र झण्डै ३३ लाख, १४ हजार ७६० रुपैया खर्च भएको बताइन । ‘हामीले बजारबाट ल्याएको रासन सहितको समानको रकम तिर्न बाँकी छ, ‘उनले भनिन, ‘साहुले एकातिर दैनिक ताकेता गरेको छ, हामीले अब कसरी चलाउने यो वृद्धाश्रम, स्थानीयदेखि केन्द्रीय सरकारलाई अनुयायी गर्दा समेत केही पहल भएन, यस्तै अवस्था रहे भोकमरी हुने देखिएको छ ।’

World Link Ads

विगतमा च्याउखेती, मुठ्ठी दान र विभिन्न सरकारी गैर सरकारी निकायबाट आर्थिक, भौतिक सहयोग लिएर सञ्चालन हुँदै आएको आश्रम अहिले सङ्कटमा रहेको उनले बताइन । ‘मैले ०७९ मा चुनाव लड्दा आफू संलग्न रहेको पाटी काँग्रेस परित्याग उहिल्यै गरिसकेको थिए, ‘उनले भनिन, ‘अब त म स्वतन्त्र भइसकेँ, सबैले सहयोग गर्नुपर्नेमा झन घटिरहेको छ, कि मैले पाटी परित्याग गर्दा सहयोग पाइराखेको छैन्, त्यो बुझ्नै सकिएको छैन ।’

Sana Kishan

अध्यक्ष चन्दले हालसम्म ३ हजार ३३६जेष्ठ नागरिकको पुर्नस्थापना, १सय २को वेवारिसे शव दाहसंस्कार गरिएको छ । सहयोगका लागि सरकारी, गैर सरकारी निकाय दातादाहरुलाई आग्रह गरेकी छिन ।

‘हामीले राम्रोसंग दशैँ पनि मनाउन पाएनौँ, अब नजिकिदै गरेको तिहार पनि मनाउन समस्या भएको छ, ‘उनले भनिन, ‘अब सरकारले कि यो बुद्ध आश्रमको जिम्मा लिनुपर्यो, कि सहयोग गरिदिनुपर्यो ।’ महिला अधिकारकर्मी शारदा चन्दले नै जेष्ठ नागरिक, वेसाहरा, समस्यामा परेका महिला, बालबालिकाको उद्धारका लागि उक्त बृद्धआश्रम खोलेकी थिईन । 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds