कञ्चनपुर : प्रगतिशील लेखक संघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा कोपिला शर्मा ‘कल्प’ को गजल संग्रह विमोचन कार्यक्रम धनगढीमा सम्पन्न भएको छ।
संविधान दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री माननीय झपट बहादुर साउदको प्रमुख आतिथ्य रहेको थियो। प्रलेस सुदूरपश्चिम समितिका उपाध्यक्ष/राष्ट्रिय पार्षद् जगदीश ओझाको सभापतित्व रहेको विमोचन कार्यक्रममा सचिव सिर्जन श्री ले कार्यक्रम सञ्चालन गरेका थिए।
सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशी, प्रलेस पूर्व केन्द्रीय सचिव बाबुराम आचार्य, पूर्व प्रलेस केन्द्रीय सचिवालय सदस्य लछिराम आचार्य ,केन्द्रीय सदस्य तिलक सिह साहित्यकार श्रेष्ठ प्रिया पत्थर, वासुदेव पाण्डेय, हेमन्ती जोशी, लिला बाँस्कोटा, मधु हमाल, चन्द्रकला पन्त, लक्ष्मीप्रसाद पौडेल समेतका साहित्यकारहरूको उपस्थितिमा विमोचन गरिएको गजल सङ्ग्रहमा साहित्यकार कविराज भट्ट तथा अग्रज स्रष्टा कृष्णसिंह पेलाले समीक्षा गरेका थिए।
प्रलेस सुदूरपश्चिम समितिका सचिवालय सदस्य लोक बिक्रम मल्लले स्वागत तथा कोपिला शर्माले लेखकीय राखेको कार्यक्रममा चन्द्रकला पन्त, हरिकृष्ण कडायत, बाबुराम आचार्य, तिलक सिंह, लिला बाँस्कोटाले शुभकामना सहित रचना वाचन गरेका थिए।
त्यसै गरी गोमती चौहान, कृति घिमिरे, मिना बराल, सत्या उपाध्याय, नवराज भट्ट, शान्तिप्रसाद जोशी लगायत रचना वाचन गरेको कार्यक्रममा प्रमुख अतिथिले संविधान दिवसको शुभकामना दिँदै साहित्यिक विकासका लागि सुदूरपश्चिम प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन्।
विमोचित गजल कृति सन्दुसमा गजलकार कल्पका १०२ वटा गजलहरूमा जम्मा ५१९ वटाहरू सेरहरूमा समाजका विविध पाटाहरूका विषयवस्तु समावेश गरिएकोमा अधिकांश गजलहरूमा प्रगतिशीलताको भाव अभिव्यक्त भएको र स्वतन्त्र एवम् बहरबद्ध गजलहरू रहेको समक्षको कविराज भट्ट र कृष्ण सिंह पेलाले बताएका छन्।
कार्यक्रममा साहित्यकार मधु हमाल, हिरा जोशी भट्ट, तुलसी शर्मा, प्रबिन चन्द, कमला भट्टराई, दानसिंह बिष्ट, कृष्ण घिमिरे, तारा पल्लवी, यज्ञराज भट्ट, लक्ष्मीकान्त ढकाल, दिव्यराज लम्साल, तेजराज कपाडी, शान्ति अधिकारी, डिल्लिराज ओझा समर्पण मिडिया धनगढी तथा स्कुलका छात्रछात्रा गरी ७० जना भन्दा बढीको उपस्थिति रहेको