सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मानव धर्म सेवा समितिको आयोजनामा कञ्चनपुरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न

कञ्चनपुर: कञ्चनपुरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संविधान दिवस तथा मानव धर्मका प्रणेता श्री सतपाल जि महाराजको जन्मोत्सवको अवसरमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो। 


कसैले पनि रगतको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने पवित्र उद्देश्यले कार्यक्रमको आयोजना गरिएको मानव धर्म सेवा समितिका युवा संयोजक जगदिश भट्टले बताए।

World Link Ads
Sana Kishan


मानव धर्म सेवा समितिले आयोजना गरेको उक्त रक्तदान कार्यक्रमबाट २४ जनाले रक्तदान गरेका छन्। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कञ्चनपुरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको युवा संयोजक भट्टले जानकारी दिएका छन्। 


कार्यक्रममा मानव धर्म सेवा समितिका सदस्यहरू लगायत अन्य युवाहरूले समेत रक्तदान गरेका छन्। 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close