सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

होटल व्यवसायी संघ र लियो क्लबको संयुक्त आयोजनामा खुल्लामञ्चमा सरसफाई

प्रकाश भट्ट/कञ्चनपुर : होटल व्यवसायी संघ कञ्चनपुर र लियाे क्लब अफ लिटिल बुद्धको संयुक्त आयोजनामा कञ्चनपुरको महेन्द्रनगर स्थित खुल्लामञ्चमा सरसफाई गरिएको छ। बिहीबार सरसफाई कार्यक्रमको आयोजना गरी होटल व्यवसायी संघ कञ्चनपुर र लियो क्लब संयुक्त आयोजनामा खुल्लामञ्चमा सरसफाई गरिएको होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदीश चन्द्र भट्टले बताए। सार्वजनिक स्थलहरू सफा राख्नुपर्छ भन्ने उद्देश्यले उक्त सरसफाई कार्यक्रमको आयोजना गरिएको उनको भनाइ रहेको छ।

उनले भने ‘खुल्लामञ्चमा गौरा पर्वको अवसरमा विभिन्न कार्यक्रमहरू भए, ती कार्यक्रमहरूको बेला जम्मा भएको फोहोर आज हामीले सफाई गरेका छौं।’ सार्वजनिक स्थलहरूमा सबैले मिलेर सफाई गरिराख्नुपर्नेमा सबैले जोड दिनुपर्ने उनको भनाई रहेको छ।

World Link Ads
Mahakali Polytechnic

Dirghayu Ads

लियो जिल्ला परिषद ३२५ एन का उपाध्यक्ष मदन गिरीले लियो क्लब अफ लिटिल बुद्धले जिल्लाका विभिन्न ठाउँहरूमा सरसफाई तथा जनचेतनामूलक कार्यक्रमहरू गर्दै आइरहेको बताए। सोही अनुरूप बिहीबार महेन्द्रनगर स्थित खुल्लामञ्चमा सरसफाई गरिएको उनले जानकारी दिए।

Sana Kishan

ब्रिक्सटन कलेजका प्रिन्सिपल एवम् लायन्स निसा भट्टले होटल व्यवसायी संघ कञ्चनपुर र लियो क्लबले गरेको सरसफाई कार्यक्रमले समुदायमा सकारात्मक सूचना प्रवाह गर्ने विश्वास लिएको बताइन् साथै सम्पूर्ण स्थानियहरूले आफ्नो वरपर संगसंगै सार्वजिक स्थानहरूमा सरसफाई गरीराख्नुपर्ने बताइन्।

कार्यक्रममा होटल व्यवसायी संघ कञ्चनपुरका पदाधिकारीहरु, लियो क्लबका सदस्य, पत्रकार तथा खेलाडीको भाइबहिनीहरूको समेत उपस्थिति रहेको थियो।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.