सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रेविज खोपको अभाव, सेवाग्राहीलाई सास्ती

भाष्कर के.सी/कञ्चनपुर : महाकाली प्रादेशिक अस्पतालमा रेविज खोपको अभावका कारण सेवाग्राहीले सास्ती खेप्नु परेको छ । असार २० गते खोप सकियो र साउन पहिलो साता केही मात्रामा खोप आए पनि, सेवाग्राहीको बड्दो चापका कारण रेविज खोपको अभाव भएको हो । जसले गर्दा रेविज खोपका लागि अस्पताल आएका सेवाग्राहीले महँगोमा खोप किन्नु पर्ने बाध्यताका भएको हो । एउटा खोपले दुई पटक लगाउन मिल्ने भएकोले लगाएर बचेको खोपलाई स्टोर गर्ने समस्या परेको एक जना सेवाग्राही बताउछन् ।

भाद्र पहिलो साता सकिएको खोप भाद्र २० गते मात्र आउने महाकाली प्रादेशिक अस्पतालका जनस्वास्थ्य निरीक्षक गौरी दत्त जोशीले बताए । ‘दैनिक २० देखि ३० जना सम्म र मासिक ५०० देखि ६०० जना सम्म कुकुरले टोकेर रेविजको खोप लगाउन सेवाग्राही आउने गर्दछन् । खोपको अभावले सेवाग्राहीले बजारमा रहेका प्राइभेट मेडिकल बाट किनरे ल्याउने र आफुले खोप लगाई दिने गरेको जोशीले बताए ।’

Sana Kishan

महाकाली प्रदेशिक अस्पतालमा निःशुल्क पाईने खोप बजारमा रु.६३६ पर्ने गर्दछ । बजारमा बाट किनेर ल्याएको रेविजको खोप दुई पटक वा दुई जना लाई लगाउन मिल्छ । दुई जना मिलेर रेविजको खोप किन्नु प¥यो वा एक पटक लगाएर अर्को पटक लगाउनको लागि फ्रिजमा राख्नु प¥यो, सेवाग्राहीलाई झन्झन्टिलो भएको छ । सबैको घरमा फ्रिजको सेवा हुदैन भने भनेको बेला कुकुरले टोकेको मान्छे पाईन पनि गाह्रो हुन्छ, जसले गर्दा आधा खोप खेर जाने प्रबल सम्भावना रहेको छ ।

World Link Ads
Mahakali Polytechnic

‘केहि दिन पहिले रेविज खोप सुदूरपश्चिम प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले पठाए पनि अहिले फेरी खोपका अभाव भएको छ । किन अभाव भएको हो र कहिले सम्म पठाउने हो ? त्यसको बारेमा आफुले बुझने महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्ण भट्ट(किरण)ले बताए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.