सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

उच्च जोखिममा रहेका एक नवजात शिशुको मन्त्र अस्पतालमा सफल उपचार

कञ्चनपुर: उच्च जोखिममा रहेका एक नवजात शिशुको मन्त्र अस्पतालमा सफल उपचार भएको छ ।

उल्टाखामकी सुमित्रा पन्त(भट्ट)को नवजात शिशुको मन्त्र अस्पतालले सफल उपचार गरेको मन्त्र अस्पतालका नवजात तथा बाल रोग विशेषज्ञ डा.रामेश जोशीले बताएका छन्।

World Link Ads

साउन ११ गते महाकाली प्रादेशिक अस्पतालमा जन्मिएका भीमदत्त नगरपालिका २ उल्टाखामका नवजात शिशुको मन्त्र अस्पताल महेन्द्रनगरमा सफल उपचार भएको उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो ‘अस्पतालमा ल्याउँदा शिशुले दिशा खाएर फोक्सोमा समस्या देखियो, श्वाँस प्रश्वासमा समेत समस्या देखिएको थियो, यस्ता केस कमै मात्रामा सफल हुन्छन, यो त अति नै जटिल थियो, तैपनि हाम्रो टिमले उच्च साहसका साथ उपचार अघि बढाए ।’ २४ घण्टाभित्रै काठमाण्डौँमा औषधी मगाएर शिशुको सातदिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरेपछि (बिहीबार) २२औँ दिनमा अस्पतालले डिस्चार्ज गरेको बताए ।

Sana Kishan

सल्यकृया गरेर जन्मिएका सुमित्राका छोराको मुखभित्र दिसा पसेकाले फोक्सोमा समस्या देखिएको थियो । महाकाली अस्पताल पोषणपुर्नस्थापना गृहमै कार्यरत स्वास्थ्यकर्मी समेत रहेकी सुमित्राले जन्माएको शिशुलाई अस्पतालले रिर्फर गरेपछि परिवारले मन्त्र अस्पतालमा उपचार गर्न ल्याएका थिए ।

मन्त्र अस्पताल एनआईसियूमा कार्यरत नर्स ममता चन्दले डा. रमेश जोशी नेतृत्वमा अस्पतालको टिम, घर परिवारको साथले उपचारमा सहज वातावरण भएकाले समेत शिशुलाई बचाउन सफल भएको अनुभव व्यक्त गरिन् । जन्मिदै उच्च जोखिममा परेका शिशुको आसै मारेको भट्ट परिवार अहिले हर्षित भएको छ ।

सुमित्रा पन्त(भट्ट)ले डा. रमेश जोशीको टिम सहित अस्पतालले उपचारमा उच्च मेहनत गरेपछि छोराले पुर्नजन्म दिएको बताईन । ‘जन्मिदै शुरुमै शिशुको अवस्था जटिल थियो, ‘उनले भने, ‘अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मीको नियमित अथक प्रयासबाट बाबुको सफल उपचार भयो, म र मेरो परिवार खुसी छौँ ।’

मन्त्र अस्पतालका निर्देशक डा.गोबिन्द रोकायाले अति जटिल रुपमा आएका नवराज शिशु बिरामीको डा. रमेश जोशी नेतृत्वको स्वास्थ्यकर्मी सहित अस्पताल टिमले बचाउन सफल भएको बताए । ‘प्रायजसो यस्ता केश कमै मात्रामा सफल हुन्छन, ‘डा. रोकायाले भने, ‘हामीले अन्य शिशु भर्ना नगरेरै पनि उसै शिशुमा ध्यान दिएर उपचार केन्द्रीत गरेका थियौँ ।’ अस्पतालले सहुलियमा उपचार गरिदिएको उनले बताए । जोखिममा रहेका शिशुको सफल उपचार भएपछि मन्त्र अस्पतालप्रति बिरामीको जनविश्वास समेत बढ्दै गएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close