Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

उच्च जोखिममा रहेका एक नवजात शिशुको मन्त्र अस्पतालमा सफल उपचार

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर: उच्च जोखिममा रहेका एक नवजात शिशुको मन्त्र अस्पतालमा सफल उपचार भएको छ ।

उल्टाखामकी सुमित्रा पन्त(भट्ट)को नवजात शिशुको मन्त्र अस्पतालले सफल उपचार गरेको मन्त्र अस्पतालका नवजात तथा बाल रोग विशेषज्ञ डा.रामेश जोशीले बताएका छन्।

साउन ११ गते महाकाली प्रादेशिक अस्पतालमा जन्मिएका भीमदत्त नगरपालिका २ उल्टाखामका नवजात शिशुको मन्त्र अस्पताल महेन्द्रनगरमा सफल उपचार भएको उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो ‘अस्पतालमा ल्याउँदा शिशुले दिशा खाएर फोक्सोमा समस्या देखियो, श्वाँस प्रश्वासमा समेत समस्या देखिएको थियो, यस्ता केस कमै मात्रामा सफल हुन्छन, यो त अति नै जटिल थियो, तैपनि हाम्रो टिमले उच्च साहसका साथ उपचार अघि बढाए ।’ २४ घण्टाभित्रै काठमाण्डौँमा औषधी मगाएर शिशुको सातदिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरेपछि (बिहीबार) २२औँ दिनमा अस्पतालले डिस्चार्ज गरेको बताए ।

सल्यकृया गरेर जन्मिएका सुमित्राका छोराको मुखभित्र दिसा पसेकाले फोक्सोमा समस्या देखिएको थियो । महाकाली अस्पताल पोषणपुर्नस्थापना गृहमै कार्यरत स्वास्थ्यकर्मी समेत रहेकी सुमित्राले जन्माएको शिशुलाई अस्पतालले रिर्फर गरेपछि परिवारले मन्त्र अस्पतालमा उपचार गर्न ल्याएका थिए ।

मन्त्र अस्पताल एनआईसियूमा कार्यरत नर्स ममता चन्दले डा. रमेश जोशी नेतृत्वमा अस्पतालको टिम, घर परिवारको साथले उपचारमा सहज वातावरण भएकाले समेत शिशुलाई बचाउन सफल भएको अनुभव व्यक्त गरिन् । जन्मिदै उच्च जोखिममा परेका शिशुको आसै मारेको भट्ट परिवार अहिले हर्षित भएको छ ।

सुमित्रा पन्त(भट्ट)ले डा. रमेश जोशीको टिम सहित अस्पतालले उपचारमा उच्च मेहनत गरेपछि छोराले पुर्नजन्म दिएको बताईन । ‘जन्मिदै शुरुमै शिशुको अवस्था जटिल थियो, ‘उनले भने, ‘अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मीको नियमित अथक प्रयासबाट बाबुको सफल उपचार भयो, म र मेरो परिवार खुसी छौँ ।’

मन्त्र अस्पतालका निर्देशक डा.गोबिन्द रोकायाले अति जटिल रुपमा आएका नवराज शिशु बिरामीको डा. रमेश जोशी नेतृत्वको स्वास्थ्यकर्मी सहित अस्पताल टिमले बचाउन सफल भएको बताए । ‘प्रायजसो यस्ता केश कमै मात्रामा सफल हुन्छन, ‘डा. रोकायाले भने, ‘हामीले अन्य शिशु भर्ना नगरेरै पनि उसै शिशुमा ध्यान दिएर उपचार केन्द्रीत गरेका थियौँ ।’ अस्पतालले सहुलियमा उपचार गरिदिएको उनले बताए । जोखिममा रहेका शिशुको सफल उपचार भएपछि मन्त्र अस्पतालप्रति बिरामीको जनविश्वास समेत बढ्दै गएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट
कन्चनपुर

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित
स्थानीय सरकार

लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

असार ११, २०८३
बेलौरी नगरपालिकाले ९४ करोड ५५ लाख बजेट प्रस्तुत, कृषि र पूर्वाधार प्राथमिकता
स्थानीय सरकार

बेलौरी नगरपालिकाले ९४ करोड ५५ लाख बजेट प्रस्तुत, कृषि र पूर्वाधार प्राथमिकता

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व