सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आँखा पाक्ने रोग कस्तो रोग हो र यसबाट बच्च के गर्ने ?

पछिल्लो समय भारतमा फैलिएको आँखा पाक्ने रोग नेपालमा पनि भाइरल बनेको छ । यो रोग अर्थात भाइरसले आँखामा संक्रमण गर्ने गर्दछ । नेपाल र भारतका सिमावर्ती जिल्लामा फैलिएको यो रोग अहिले देशभरी नै फैलिसकेको छ । यो रोगलाई अंग्रेजीमा कन्जुटिभाइटिस Conjunctivitis भन्ने गरिन्छ । जुन आँखाको नानीको वरिपरि रहेको सेता भागको आकृति जसलाई हामि कन्जुक्टिभा Conjunctiva भन्ने गर्दछौँ । यो भाग सुन्निएको अवस्थालाई हामि कन्जुटिभाइटिस भनेर भन्ने गरिन्छ ।

आँखा पाक्ने रोग धेरै किसिमको हुन्छ तर अहिले फैलिरहेको संक्रमण भनेको भाइरल कन्जुटिभाइटिस हो । यो भाइरसको संक्रमणबाट हुने गर्दछ । यो एडिनो भाइरस Adenovirus बाट संक्रमण हुने गर्दछ । यो एक किसिमको सरुवा रोग हो । यो एउटा आँखाबाट अर्काे आँखामा पनि सर्न सक्दछ भने एउटा व्यक्तिबाट अर्काे व्यक्तिमा पनि सर्न सक्दछ । यो आँखा पाक्ने समस्या १५ दिनसम्म रहन सक्दछ भने छिटो पनि निको हुन सक्दछ । यो संक्रमण भएको बेला औषधि प्रयोग गर्ने भनेको अन्य संक्रमण नहोस र केहि सितलता प्रदान होस भनेर मात्रै हो तर औषधिले भाइरस मार्ने भने हुदैन ।

हामिले प्राय आँखा पाकेको मान्छेको आँखामा हेर्दा पनि यो रोग सर्दछ भनि सोचेका हुन्छौँ तर यसमा कुनै सत्यता छैन । यो संक्रमित व्यक्तिको आँखामा हेर्दैमा सर्दैन । संक्रमित व्यक्तिको आँखामा छुदा, तावल, रुमाल, लुगाकपडा प्रयोग गर्दा मात्रै सर्ने गर्दछ । संक्रमित व्यक्तिको आँखामा छुएको हातलाई सफा नगरी आफ्नो आँखामा छुदा भने यो सर्ने गर्दछ । तसर्थ आँखा पाकेको व्यक्तिलाई छुदा वा उसले प्रयोग गरेको कपडा छुदा साबुन पानीले राम्रोसँग हात धुनु पर्दछ ।

World Link Ads

आँखा पाक्ने रोगका लक्ष्यणहरु

 आँखा रातो हुने

 आँखा चिलाउने

 आँखा पोल्ने

 आँखाबाट आँसु बगिरहने

 आँखामा सुन्निने, दुख्ने र केहि पसे जस्तै बिझाउने

 विहान उठ्दा कचेरा लागेर आँखा टालिने

 घाम तथा उज्यालोमा हेर्न समस्या हुने

Sana Kishan

आँखा पाकेमा के गर्ने

 बाहिर डिद्दा सनग्लास चस्मा प्रयोग गर्ने र हिड्न सजिलो हुन्छ ।

 आँखा छोइसकेपछि राम्रोसँग साबुनपानीले हात धुने

 आँखा पोल्ने बिझाउने भएपछि आँखा पानीले छ्याप्न मन लाग्छ तर यस्तो गर्नुहुदैन तर आँखामा निस्केको कचेरा तथा परेला सफा गर्न सफा कपडालाई भिजाएर आँखा बन्द गरि बिस्तारै सफा गर्नुपर्दछ ।

 सकेसम्म बेलुका प्रगोग गरेको सिरानीको खोल, तन्ना सफा गर्ने ।

 यो एउटा आँखाबाट अर्काे आँखामा समेत सर्ने भएकाले पाकेको आँखा छोएको हातले अर्काे आँखा नछुने ।

 व्यक्तिगत सरसफाईमा ध्यान दिने

आँखा पाकेमा कुन औषधी प्रयोग गर्ने

 आँखा पाकेको खण्डमा एन्टिवाइटिक आइड्रप अर्थात मलमहरु प्रगोग गर्ने

 आँखा शितल बनाउन लुब्रिकेट्रि आइड्रप प्रयोग गर्ने

 समस्या धेरै जटिल छ भने नेसाइड्स अर्थात कोर्टीकोस्टेरोइड समेत प्रयोग गर्न सकिन्छ ।

कुनै बच्चालाई संक्रमण भएको छ भने अरु बच्चा सर्न नसकोस भनेर केहि दिन घरमै आइसोलेट गरेर राख्ने र स्कुल नपठाउने । यदि ठुलो व्यक्तिलाई संक्रमण भएको छ भने अरुलाई सर्नबाट रोक्न अफिस वा काममा नगई घरमै आराम गरेर बस्ने ।" उपहार खबर बाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close