Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

किन खाने सलाद ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ३, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रकृतिले यस्ता खानेकुरा पनि दिएको छ, जुन काँचै खानु निकै लाभदायक हुन्छ । यसमा पर्छ सलाद । सलाद काँचो, उसिनेर, बफ्याएर तयार खान सकिन्छ । पहिला होटलको मेन्युमा राखिने सलाद अहिले हरेक घरघरमै हुन्छ । चिकित्सकहरूले स्वस्थ रहन सलाद दैनिक रुपमा खान सुझाउँछन् ।

सलाद के हो ?

प्राकृतिक रुपमा पाइने पोषण र फाइबरयुक्त विभिन्न तरकारी र फलफूललाई स–सानो टुक्रा बनाएर काँचै खाइने परिकारलाई सलाद भनेर चिनिन्छ । जसबाट शरीरलाई चाहिने मुख्य भिटामिन र खनिज प्राप्त हुन्छ । यसलाई हामीले नपकाई खान सक्छौं । सलाद खानु स्वस्थकर मानिए पनि के सलादले शरीरलाई फाइदा गर्छ ? यसको जवाफ खाने तरिका र खाने समयमा भर पर्छ ।

कसरी सुरु भये सलाद खाने चलन ?

संसारमा कम्तीमा ५०० प्रकारका सलाद बनाइन्छ । अंग्रेजीमा ’सलाद’ शब्द मूल रूपमा फ्रान्सेली शब्द ‘सलाडे’बाट आएको हो। जुन बोलीचालीको भाषामा सलाद भयो। यो शब्द पहिलो पटक १४ औं शताब्दीमा अंग्रेजीमा प्रयोग भएको थियो । अहिले विश्वव्यापी रुपमै सलाद खाने चलन छ, कसैले त दिउँसो खाजाकै रुपमा पनि खाने गर्छन् ।

सलादमा के के खान सकिन्छ ?

सलाद विश्वव्यापी रुपमै खाने चलन छ । तर भूगोल, खानेकुराको उपलब्धता अनुसार फरक हुन जान्छ । प्रायः नेपाली भान्सामा सलादमा प्रयोग हुने भनेको कागती, गाँजर, चुकन्दर, मुला, काँक्रो, प्याज, गोलभेंडा, फलफूल हुन्छ ।

काँक्रो

गर्मीमा सबैभन्दा रुचाइने र डिहाइड्रेसनलाई कम गर्ने मौसमी तरकारी काँक्रो हो । काँक्रोको रसिलो स्वाद मन नपराउने सायद होलान् । यसमा प्रशस्त मात्रामा पानी हुन्छ, जसले शरीरमा पानीको कमीलाई परिपूर्ति गर्छ । प्रशस्त मात्रामा पौष्टिक तत्व हुनुका साथै यसमा एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यसले धेरै रोगबाट बचाउन मद्दत गर्छ । कम क्यालोरी, अध्याधिक पानीको मात्रा र घुलनशील फाइबर धेरै हुन्छ, जसले यसलाई वजन घटाउने प्रभावकारी माध्यम बनाउँछ ।

चुकन्दर

सलादमा चुकन्दर समावेश गर्नु निकै फाइदाजनक हुन्छ । चुकन्दर एन्टिअक्सिडेन्टको राम्रो स्रोत मानिन्छ । यसले रक्तचाप नियन्त्रण गर्न, स्टामिना बढाउन, मांसपेशी बलियो बनाउन र धेरै रोग निको पार्न प्रयोग गरिन्छ । यसमा भिटामिन बी १, बी २ र भिटामिन सी पाइन्छ । चुकन्दरले मांसपेशीहरूलाई लामो समयसम्म ऊर्जा प्रदान गर्छ । त्यसैले सलादमा चुकन्दर खानुपर्छ ।

प्याज

प्याजबिना सलाद अधुरो मानिन्छ । काँचो प्याज औषधीय गुणले भरिपूर्ण हुन्छ, यसमा भिटामिन सी उच्च हुन्छ, जसले प्रतिरक्षा स्वास्थ्य, तन्तुलाई बनाउने स्वस्थ राख्ने र आइरनलाई ग्रहण गर्न मद्दत गर्छ । प्याजमा पाइने भिटामिन सीले शरीरमा शक्तिशाली एन्टिअक्सिडेन्टको रूपमा काम गर्छ । त्यस्तै यसमा प्रोबायोटिक पनि हुने कारणले पेटमा कीरा परेमा र प्रतिरक्षा शक्ति बढाउन यसको मुख्य भूमिका हुन्छ, शरीरमा त्यसैले यसलाई सलादको रुपमा सेवन गर्नुपर्छ ।

गाँजर

गाँजर हेर्दा पनि आकर्षक देखिने र छुटाउन नहुने सलादको एक खानेकुरा हो । गाँजरमा उच्च भिटामिन ए, सी, के, पोटासियम, आइरन, तामा, खनिज पाइन्छ । पौष्टिक गुणले भरिपूर्ण गाँजरको पाइने भिटामिन एले आँखालाई स्वस्थ राख्छ, त्यसैले सलादमा गाँजर समावेश गर्नु उपयुक्त हुन्छ ।

मुला

मुला माटोमुनि फल्ने फल हो । त्यसैले यसमा खनिज तत्व पनि प्रशस्त्र मात्रा पाइन्छ । यसले पेट र आन्द्राको विकार, पित्तनलीको समस्या, भोक नलाग्ने, मुख र घाँटीको समस्या, संक्रमण, ज्वरो, चिसो र खोकीको समस्यामा फाइदा गर्छ । मूलाले पाचन रस र पित्तको रसको प्रवाहलाई उत्तेजित गर्छ । जसले भोक जोगाउँछ ।

गेडागुडी

सलादमा टुसा उम्रिएको वा एक रात भिजाएको गेडागुडी खान सकिन्छ । सलादमा चना, केराउ, मुगी, दाल, जस्ता अन्न समावेश गर्न सकिन्छ । यी खानेकुरामा भिटामिन ए, बी, सी र ई, प्रोटिन, फाइबर र फोलिक एसिड पाइन्छ ।

फलफूल

फलफूलमा सबै प्रकारका भिटामिन र पोषक तत्व पाइन्छ, त्यसैले यसको सेवन गर्नु निकै फाइदाजनक हुन्छ । सलादका लागि अंगुर, अनार, सुन्तला, मेवा, खर्बुजा, एभोकाडो, ड्रागन समावेश गर्न सकिन्छ ।

यस्तै पालुंगो, चाइनिज साग, बन्दा, स्ट्रबेरी, लिची, खर्बुजा, ड्रागनफ्रुट्स, स्याउ, केरा लगायत फलफूललाई पनि सलादको रुपमा खान सकिन्छ ।

सलाद खाने सही समय

सलाद खाना खानुअघि, खाना खाँदा र खाएपछि तीनै चरणमा खान सकिन्छ । खाना खाएपछि केही समयपछि र बेलुका गरेर दिनको दुईपटक खाने बानी भएमा शरीरलाई पर्याप्त पोषण मिल्छ । सलाद खाने सबैभन्दा राम्रो समय यो खाना खानुअघि हो । यसो गर्नाले तौल घटाउन मद्दत पुग्छ । किनकि अगाडि सलाद खाँदा धेरै खाना खाने समस्या पनि हुँदैन र पाचन प्रणालीले पनि राम्रोसँग काम गर्छ ।

सलाद खाने सही तरिका

सकेसम्म काँचो र विभिन्न रङका तरकारी, फलफूल सलादमा समावेश गर्नुपर्छ । धेरैको सलादमा अत्यधिक चीज मिसाउने बानी हुन्छ । यसले पचाउनमा समस्या ल्याउनुका साथै क्यालोरी पनि बढी खाइन्छ, जसले वजन बढ्न सक्छ ।

मिसाएर खानु फाइदाजनक

सलादमा धेरै कुरा मिसाएर खान सकिन्छ । एकैथरी काँचो तरकारी राखेर वा दुई थरी मिसाएर वा विभिन्न तरकारी र फलफूलको मिश्रण गरेर सलाद बनाइन्छ । यद्यपि एकै किसिमको सलाद खानुभन्दा मिश्रण गरेर खाँदा शरीरलाई चाहिने भिटामिन, खनिज पर्याप्त मात्रामा शरीरलाई पुग्छ । अनलाइनखबर बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व