Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वर्षायाममा कस्तो खानेकुरा खाने ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ४, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वर्षायाममा अघिपछिभन्दा रोगले बढी सताउँछ । चर्को गर्मीले पसिना आउने, डिहाइड्रेसनको समस्या, उकुसमुकुस, अल्छीपन, आलस्यताको समस्या धेरै देखिन्छ । वर्षायाममा रुखाखोकी, झाडापखाला, टाइफाइड, फ्लुजस्ता रोगले बढी सताउँछ ।

त्यसैले यस मौसममा खानपानमा विशेष ध्यान पु¥याउनुपर्छ । सकेसम्म ताजा खानेकुरा खानुपर्छ, बासी खानेकुराबाट टाढै रहेको उत्तम हुन्छ । रोगप्रतिरोधात्मक क्षमता बढाउन उच्च प्रोटिन, भिटामिन, मिनरल्सयुक्त खानेकुरामा जोड दिनुपर्छ ।

तरकारी

वर्षायाममा काउली, भन्टा, केराउ, गोलभेंडा, हरियो सागपात, बोडी, फर्सी, फर्सीको मुन्टा खानु राम्रो हुन्छ । यी तरकारीमा भिटामिन, मिनरल्स प्रशस्त मात्रामा पाइन्छ । यस मौसममा मसालेदार खानेकुरालाई कम गर्नुपर्छ । किनिक बढी मसला खाँदा शरीरको तापक्रम र रक्तसञ्चार बढ्न सक्छ ।

त्यस्तै नुन पनि यो मौसममा कम खानु राम्रो हुन्छ । बढी नुनिलो खाँदा शरीरको पानी सुक्ने भएकाले यसको सेवन कम गर्नुपर्छ । तरकारी पकाउँदा राम्ररी पखाल्ने र पाकेको केही समयमै खाँदा लाभदायक हुन्छ ।

तरकारी किन्ने बेलामा सावधानी अपनाउनुपर्छ । सकेसम्म ताजा तरकारी किन्दा त्यसमा भएको मिनरल्स नष्ट हुन पाउँदैन । जसले शरीरलाई तन्दुरुस्त र रोगसँग लड्ने क्षमतामा पनि बढाउँछ ।

फलफूल

वर्षायाममा सन्तुलित रुपमा फलफूल खानुपर्छ । सिजनल फलफूलहरु आँप, स्याउ, अनार, अम्बा, नासपाती यस मौसममा खानु उत्तम हुन्छ । फलफूल खाँदा राम्रोसँग पखालेर मात्र खाने गर्नुपर्छ । साथै फलफूलको जुस बनाएर पनि खान सकिन्छ तर धेरै खानु भने हुँदैन । धेरै फलफूलको जुस पिउँदा पखाला लाग्ने सम्भावना हुन्छ ।

उच्च प्रोटिन

वर्षायाममा शरीरमा प्रोटिनको मात्रा पूरा गर्नु पनि उत्तिकै जरुरी छ । त्यसैले दूध, दही, गेडागुडी, च्याउ, मासुजस्ता खानेकुरा प्रशस्त मात्रा खानुपर्छ । यी खानेकुराले शरीरलाई स्वस्थ र रोगसँग लड्ने क्षमता बढाउँछ । दूध, दहीबाहेक सबै खानेकुरा फ्राइ गरेर नभई झोल वा ग्रेभी बनाएर खानु स्वास्थका लागि फाइदाजनक हुन्छ ।

फाइबरयुक्त खाना

उच्च प्रोटिनयुक्त खानेकुरा पचाउनका लागि फाइबरको पनि जरुरी हुन्छ । त्यसका लागि सलाद, एभोकाडो, स्याउ, काफल, केरा, सुन्तला, बदाम, ओखर, पेस्टा, बाबरी, सौफ, राजमा, सोयाबिन, दाल खान सकिन्छ । फाइबरयुक्त खानेकुराले पेट सफा राखेर मलद्वारको समस्याबाट पनि छुटकारा दिन्छ

राम्रो फ्याट दिने घिउ, चीज, बटर पनि सन्तुलन मिलाएर वर्षायाममा खान सकिन्छ ।

पानी

वर्षायाम गर्मीको पनि समय भएकाले पानी प्रशस्त पिउनुपर्छ । यसबेला सादा पानी मात्र सेवन गर्न मन नलागे जीवनजल मिसाएर पनि खान सकिन्छ । पानीलाई सकेसम्म यत्तिकै चिसो नखाने किनकि ढल फुट्ने समस्या, खानेपानीको पाइप फुटेर त्यही ढलको पानी मिसिने जोखिम हुन्छ । जसको सिधा असर पिउने पानीमा पर्छ । त्यसैले पानी उमालेर सेलाएर पिउने, फिल्टर गरेर मात्र पिउने गर्नुपर्छ । बाहिर निस्कँदा झोलामा आफैं पानी बोकेर हिंडे अझ राम्रो हुन्छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व