Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

लामो समय बाडुली लाग्दा के गर्ने ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १३, २०८०
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

‘कस्तो बाडुली लाग्यो, कसैले सम्झियो कि क्या हो ।’ यसको भनाइ हरकोहीको सुनिन्छ । बाडुली लागेपछि रोक्नका लागि धेरै जुक्ति लगाइन्छ । कोही पानी पिएर ठीक पार्न खोज्छन् त कोही अन्य उपाय अपनाउन थाल्छन् ।

कसैलाई बाडुली लागेपछि केही छिनमा रोकिन्छ भने कसैलाई अलि लामै समय लागिरहन्छ । बाडुली नरोकिंदा कतिपय ठाउँमा असहज महसुस पनि हुन्छ ।

बाडुली किन आउँछ ?

हाम्रो पाचन वा श्वासप्रश्वास प्रणालीमा गडबडी र अत्यधिक हलचल भएमा बाडुली लाग्न थाल्छ । पेट र फोक्सोको बीचमा रहेको डायाफ्राम अर्थात् करङको मांसपेशी खुम्चिएर फोक्सोले छिटो हावा तान्न थाल्छ, जसकारण व्यक्तिलाई बाडुली लाग्न थाल्छ । त्यस्तै, घाँटीमा खसखस जस्ता कारणले पनि डायाफ्रामको नसा प्रभावित हुँदा बाडुली आउँछ ।

डायाफ्रामले श्वासप्रश्वास गराउन सहज गराउने भूमिका खेल्छ ।

सामान्य अवस्था

वास्तवमा बाडुली लाग्नुका पछाडि धेरै कारण छन् । खाना घाँटीमा अड्किएर, मसालेदार खानेकुरा खाँदा वा पिरो खाँदा बाडुली आउँछ । यति मात्र होइन कुनै काम उत्सुक भएर गर्दा र नर्भस हुँदा पनि बाडुली लाग्न सक्छ । छिटाछिटो पानी पिउँदा, मदिरा पिउँदा, स्टेरोइड र ट्रयाक्विलाइजरजस्ता औषधिको कारण पनि बाडुली लाग्छ । यस्तो कारणले आउने बाडुली एकछिन लागेपछि आफैं ठीक हुन्छ ।

असामान्य अवस्था

बाडुली विभिन्न रोगको लक्षण पनि हुन सक्छ । डायाफ्रामको पारालाइसिस हुँदा बाडुली लाग्छ । त्यस्तै ग्यास्ट्रिक, मेटाबोलिक डिसअर्डर, दिमागको कुनै भागको नसा सुक्दा, मिर्गौला खराब भएका व्यक्ति, मस्तिष्कमा ट्युमर, निमोनिया, फोक्सो नजिक हुने ट्युमरलगायत समस्या हुँदा बारम्बार बाडुली लाग्न सक्छ । कहिलेकाहीं मानसिक समस्याले पनि बाडुली आइरहने हुन सक्छ । यस्तो अवस्थामा तत्काल उपचार गराउनु जरुरी हुन्छ ।

बच्चामा बाडुली लाग्ने कारण

बच्चाहरुलाई पनि धेरै बाडुली लाग्ने गरेको हामी पाउँछौ । शिशुमा पेट भरिएमा बाडुली लाग्न सक्छ । त्यस्तै अत्यधिक खानेकुरा खाँदा, छिटो निल्दा, खानासँगै हावा पनि निल्दा बाडुली आउन सक्छ । यस्तोमा केही मिनेट वा घण्टाभित्र आफैं हट्छन् र कुनै उपचारको आवश्यकता पर्दैन । तर ४८ घण्टाभन्दा बढी समय बाडुली आएमा भने स्वास्थ्य परीक्षण गराउनु उचित हुन्छ ।

कसरी रोक्ने ?

एकैछिन आएको बाडुलीलाई पानी, दही, कागतीको रस, केही थोपा भेनेगर, मोटो दाना भएको चिनी खाएर निको पार्न सकिन्छ । सासलाई एकैछिन रोकेर राखेमा पनि आउन बन्द हुन सक्छ ।

त्यस्तै पेपर ब्याग मुखमा केही समय च्यापेर तान्ने र छाड्ने गर्दा पनि जान सक्छ । आँखीभौंलाई मसाज गर्नेजस्ता उपायले कम गर्न सकिन्छ । यसरी पनि नरोकिएमा भने अस्पताल जानु उपयक्त हुन्छ ।

यसरी एक दिनभन्दा बढी पटकपटक बाडुली आएमा स्वास्थ्य परीक्षण गराउनुपर्ने अवस्था हुन्छ । बाडुलीसँग अन्य देखिएको लक्षणको आधारमा स्वास्थ्य परीक्षण गरिन्छ । किनकि बारम्बार बाडुली आउनु धेरै रोगका लक्षण हुन सक्छन् । त्यसको कारण पत्ता लगाई रोगको उपचार गरिन्छ । जस्तै, मिर्गौला खराब, एन्जाइटी, ग्यास्ट्रिक, दिमागमा ट्युमरजस्ता रोग भएमा रोगअनुसारको उपचार हुँदा बाडुली आउन छाड्छ । कतिपय केसमा बिरामीको अवस्था हेरेर बाडुकी रोक्ने औषधि पनि दिइन्छ । औषधि भने जथाभावी खान मिल्दैन । चिकित्सकको सुझावमा विभिन्न परीक्षणपछि पनि बाडुली नियन्त्रण नहुँदा दिइने गरिन्छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व