सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दिक्क लागिरहन्छ ? यस्तो उपाय अपनाउनुहोस्

Far weast coaching ad
58
Sana Kishan

‘मलाई यो काम गर्दा गर्दा दिक्क लागिसक्यो ।’ धेरैको मुखबाट यो शब्द निस्किरहेको हुन्छ । हरेक दिन एउटै प्रकृतिको काम गर्दा प्रायः मानिसलाई दिक्क लाग्छ । बिहान उठ्ने, खाना खाने, अफिस जाने, घर फर्किने र भोलिपल्ट फेरि उही तालिका । जसले मानिसलाई दिक्क बनाउनु स्वभाविक नै हो ।

तर कतिपय व्यक्तिलाई जे काम गर्दा पनि दिक्क लाग्छ । मनोविद् डा. गृष्मा पनेरु भन्छिन्, ‘सधैं एउटै काम गर्नुपर्छ, नयाँपन छैन भने पनि मान्छेलाई दिक्क लाग्छ त्यो स्वभाविक भयो । तर जे काम गर्दा पनि दिक्क लाग्छ र लामो समयसम्म दिक्क लाग्छ भने त्यो चाहिं समस्या हो, त्यसको कारण पत्ता लगाउन जरुरी छ ।’

Arus

दिक्क लाग्ने कारण

मानिसमा सधैं नयाँ कुरा सिक्ने चाह हुन्छ । जब हामी केही नयाँ सिक्छौं, शरीरमा डोपामिन नामक रसायनको उत्पादन हुन्छ । यो रसायन सानो उमेरमा बढी उत्पादन हुन्छ । त्यसैले बच्चाहरू सधैं उत्सुक हुन्छन्, नयाँ कुरा सिक्न खोज्छन् । ‘तर यदि कुनै काम हामीले मन नलागी नलागी गर्छौं, त्यो काम गर्दा खुसी हुँदैनौ भने डोपामाइनको उत्पादन कम हुन्छ र त्यो काममा दिक्क लाग्न थाल्छ,’ मनोविद् पनेरु भन्छिन् ।

शारीरिक सत्यतथ्यको बारेमा त हामी सचेत हुन्छौं तर मानसिक स्वास्थ्यको विषयमा खासै ख्याल गर्दैनौं । कसैलाई जे काम गर्दा पनि दिक्क लाग्छ वा लामो समयसम्म दिक्क लागिरहन्छ भने त्यो मानसिक समस्याको संकेत हुने पनेरु बताउँछिन् ।

Karnali Traders

दिक्क लाग्नु एन्जाइटीको लक्षण

मनोविद् पनेरुका अनुसार दिक्क लाग्नु यही मानसिक समस्याको लक्षण हो भनेर भन्न मिल्दैन । किनकि एउटा मात्र कारणले मानसिक समस्या देखा पर्दैन । ‘धेरै मानसिक समस्यामा दिक्क लाग्ने, झर्को लाग्ने लक्षण देखिन्छ । तर मानसिक रोगको सुरुवात हुने भनेको एन्जाइटीबाट हो,’ पनेरु भन्छिन्, ‘त्यसैले पटक–पटक दिक्क लाग्छ, झर्को लाग्छ भने त्यो एन्जाइटीको लक्षण हुन सक्छ ।’

समाधान के ?

दिक्क लाग्ने समस्याबाट छुटकारा पाउन सबैभन्दा पहिले त यसको कारण पत्ता लगाउनुपर्ने मनोविद् पनेरु बताउँछिन् । ‘कहिले अल्छी लागेर, भावनात्मक कारणले र कहिले शारीरिक कारणले दिक्क लाग्छ । अल्छी लाग्नुको शारीरिक र भावनात्मक अवस्था हट्ने बित्तिकै दिक्क पनि लाग्न छोड्छ । त्यसैले सबैभन्दा पहिले कारण पत्ता लगाउनुपर्छ,’ उनी भन्छिन् ।

‘मलाई कति लामो समयदेखि दिक्क लागिरहेको छ ? यसले मेरो दैनिक जीवनलाई कति असर गरेको छ ?’ भन्ने कुरामा ध्यान दिएमा समाधान निस्किने पनेरु बताउँछिन् ।

‘कुनै काम तपाईंलाई मन नलागी नलागी गर्नुभएको थियो, पछि त्यो काम छोडेर अर्को काम गर्न थाल्नुभयो भने दिक्क लाग्न छोड्छ,’ उनी भन्छिन्, ‘त्यसैले दिक्क लाग्नुको सही समाधान समय–समयमा आफ्नो जीवनशैलीमा थोरै परिवर्तन ल्याउनु नै हो ।’ अनलाइनखबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.