सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न

Far weast coaching ad
58
Sana Kishan

प्रकाश भट्ट, महेन्द्रनगर –  कञ्चनपुरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय युवा संघ नेपालको ३४ औं र अनेरास्ववियुको ५९ औं स्थापनमा दिवसको अवसरमा कञ्चनपुरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

Arus

राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुर तथा अनेरास्ववियु कञ्चनपुरको संयुक्त आयोजना एवम् नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कञ्चनपुरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको राष्ट्रिय युवा संघ केन्द्रीय लेखा आयोग सचिव प्रबिन बोगटीले बताउनुभयो ।

कसैले पनि रगतको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने पवित्र उद्देश्यले कार्यक्रम आयोजना गरिएको राष्ट्रिय युवा संघ केन्द्रीय लेखा आयोग सचिव बोगटीले बताउनु भयो ।

Karnali Traders

बोगटीका अनुसार उक्त रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन्।

उनले भने ‘२० जनाको मात्र स्टोर क्षमता भएको कारण उक्त कार्यक्रमबाट २० जनाको रक्तदान गरिएको र अरू साथीहरूले आवश्यकता परेको बेला रक्तदान गर्ने निर्णय गरेका छौँ।’

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष सुरेन्द्र बिष्ट, वेदकोटका निवर्तमान नगर प्रमुख अशोक कुमार चन्द, अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोकाया, राष्ट्रिय युवा संघ कञ्चनपुरका सदस्यहरू तथा अनेरास्ववियु कञ्चनपुरका सदस्यहरू लगायतको भव्य उपस्थिति रहेको थियो।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.