Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

छाला किन चिलाउँछ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख २९, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

छाला शरीरको बाहिरी तह हो, जसले शरीरलाई विभिन्न संक्रमणबाट जोगाउँछ । छाला चिलाउने धेरैले भोगिरहेको समस्या हो । तर प्रायःले यसलाई सामान्य रुपमा लिइरहेको देखिन्छ ।

छाला मुख्यतः दुई कारणले चिलाउने गर्छ, बाहिर र भित्र । कलेजोसम्बन्धी रोग, मिर्गौला फेल हुँदा, रक्तअल्पता, गलगाँडको समस्या, क्यान्सर, मधुमेह, थाइराइडलगायत भित्री समस्या कारण छाला चिलाउँछ ।

छाला चिलाउने बाहिरी कारणमा फुस्रो सुख्खा छाला हुँदा, छालासम्बन्धी रोग, परजीवीले टोक्दा, संक्रमण, गर्भधारण पर्छन् ।

साबुनले जीउ नुहाउँदा पनि छाला सुख्खा हुन्छ । पाको उमेरमा धेरै नुहाउनु र आगो धेरै ताप्दा छाला सुख्खा हुन्छ । जसकारण छाला चिलाउँछ । एक्जिमा, लुतो, दाद, चाया, धमौरा आउँदा छाला चिलाउँछ । कस्मेटिक्सका सामान, रबर, गरगहना, ऊन, औषधि, चर्को घाम र धुलोधुवाँका कारण एलर्जी हुँदा छाला चिलाउँछ ।

यसैगरी लुतो, जुम्रा, उपियाँ, उडुस, जुकाजस्ता परजीवीको टोकाइ छाला चिलाउने एक कारण हो । कीरा, फट्यांग्रा, लामखुट्टे, मौरीको टोकाइले पनि छाला चिलाउँछ । ठेउला, जनैखटिरा, अन्य भाइरस, फंगसजन्य रोग, दाद, हिलोले पनि छाला चिलाउँछ । गर्भावस्थामा शरीरमा हुने हार्मोनल परिवर्तन पनि छाला चिलाउने एउटा कारण हो ।

उपचार

सामान्य रुपमा चिलाएको छ र कन्याएपछि आराम मिलेको छ भने चिकित्सकलाई देखाउन जरुरी हुँदैन । तर जीउ चिलाउने, डाबर देखिने, ज्वरो आउने, दुब्लाउने जस्ता लक्षण देखिएमा भने चिकित्सकलाई जाँच गराइहाल्नुपर्छ ।

विभिन्न कारणले छाला चिलाउने भएकाले यसको उपचारको प्रकृति पनि फरक नै हुन्छ । कुनै औषधि लगाउँदा मात्रै पनि ठीक हुन्छ भने कुनैमा खाने औषधि पनि दिइन्छ । कतिपय छालासम्बन्धी समस्या मलम वा क्रिम लगाउँदा पनि ठीक हुन्छ । अलि गम्भीर प्रकृतिको चिलाउने समस्या छ भने चाहिं अस्पताल नै भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ ।

छाला चिलाउने समस्याबाट कसरी बच्ने ?

कडाखालको साबुनको प्रयोग कम गर्ने, ऊनको कपडा प्रयोग नगर्ने, हिटर र एसीको लामो समयसम्म प्रयोग नगर्ने गर्नुपर्छ । पर्याप्त मात्रामा पानी, फलफूल, सागसब्जी खाने, घाममा निस्किंदा सनस्क्रिम वा मोस्चराइजिङ क्रिमको प्रयोग गर्ने गरे छालामा सुख्खा आउँदैन र चिलाउने समस्याबाट पनि बच्न सकिन्छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व