सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलामा हिमपहिरोमा बेपत्ता भएका एक जनाको शव भेटियो, तीन जनाको अवस्था अझै थाहा हुन सकेन

दार्चुलाको हिमपहिरोमा ८ दिनदेखि बेपत्ता भएका एक जनाको शव भेटिएको छ ।

डोटीको जोरायल गाउँपालिका–२ की १५ वर्षीया छिमी सोमो थापाको शव हिजो भेटिएको दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो ।

दार्चुलाको ब्याँस गाउँपालिका–१ भोलुममा गएको १९ गते गएको हिम पहिरोमा परेर ५ जना बेपत्ता भएका थिए । बेपत्ता भएकामध्ये चार जनाको शव यस अघि नै भेटिएको थियो ।

World Link Ads
Mahakali Polytechnic

त्यस्तै मुगुमा हिमपहिरोमा परेर हराइरहेकाहरुको अवस्था थाहा हुन सकेको छैन ।

Dirghayu Ads

गएको २२ गतेदेखि मुगुम कार्मारोङ गाउँपालिका–१ र २ मा पर्ने च्याँखुलेकमा हिमपहिरोमा परि हराइरहेका तीन जनाको अवस्था अहिलेसम्म थाहा हुन नसकेको हो ।

हिमपहिरोमा जुम्लाको पातारासी गाउँपालिका–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय बीर बोहोरा बेपत्ता भएका हुन् ।

Sana Kishan

हिजो र अस्ति खोजी गरिए पनि लगातारको हिमपात र बाक्लो हिउँ जमेकाले कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले जानकारी दिनुभयो ।

उनीहरुको खोजीका लागि उद्दारकर्मी र सुरक्षाकर्मीले बेपत्ता भएकाकहरुसँग यार्सा संकलनमा गएकाहरुलाई पनि लिएर गएको थियो ।

तर, भौगोलिक अवस्था र ९ फिटसम्म हिउँ जमेकाले खोजी गर्न कठिनाइ भएको थापाले बताउनुभयो।

खोजी अभियानमा जुटेको टोली नै बिरामी पर्न थालेपछि टोलीमा रहेकाहरु फर्किन थालेका छन् ।

अब हिउँ पग्लिएपछि मात्रै हराइरहेकाहरुको खोजी गरिने मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले जानकारी दिनुभयो ।

यार्सा संकलनका लागि गएको २२ गते च्याँखुलेकमा गएका १५ जनामध्ये तीन जना हिमपहिरोमा परेका हुन् । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.