Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आलु कसरी बन्यो सर्वप्रिय ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख १६, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आलु संसारमै सबैभन्दा लोकप्रिय र धेरै उपभाृग हुने खाद्यपदार्थ हो । नेपाली भान्सामा पनि आलुले महत्वपूर्ण हिस्सा ओगट्छ । धेरै तरकारी आलु बिना अधुरो हुन्छन् ।

अर्को कुरा आलु मन नपराउने मानिस पनि सायदै हुन्छन् । विश्वको जुनसुकै भेगमा पनि पाइने र अरू तरकारीभन्दा तुलनात्मक रुपमा सस्तो पनि पर्ने भएकाले आलु धेरैको रोजाइमा पर्ने पोषणविद् आरेम कार्की बताउँछन् ।

आलुको उत्पत्ति

आलुको उत्पत्ति दुई हजार वर्षभन्दा पहिला सर्वप्रथम दक्षिण अमेरिकाको पेरुमा भएको वैज्ञानिक मान्यता छ । सन् १५३६ मा स्पेनका नाविकले पेरुलाई जितेपछि आलुलाई स्पेनमा ल्याएको देखिन्छ भने सन् १५८० मा कोलम्बसले स्पेनबाट युरोपका अन्य देशमा आलु फैलाएको बताइन्छ । युरोपका जर्मनी, अस्ट्रिया, फ्रान्स, पोर्चुगल लगायत देशमा फैलिन करिब दुई सय वर्ष लागेको आलुलाई पोर्चुगलले भारतीय उपमहाद्वीपमा प्रवेश गराएको तथ्यहरू भेटिन्छन् ।

फ्रान्समा आलुको विस्तार गर्न लुई चौधौंले सन् १७६७ मा आलुको परिकार मात्र बनाइएको भोज आयोजना गरेको तथा उक्त भोजमा तत्कालीन अमेरिकी राजदूत बेन्जामिन फ्रर्यांलिन समेत सहभागी भएको उल्लेख छ । पोर्चुगलले भित्र्याएको आलु भारतको पश्चिम तटीय क्षेत्रमा खेती हुने गरेको विवरण सन् १६७५ मा तत्कालीन बेलायती दूतावासका कर्मचारी एडवार्ड टेरीले आफ्नो भ्रमण डायरीमा लेखेका छन् । भारतको पश्चिम बंगालमा भने बेलायती व्यापारीहरूले लगेको पाइन्छ । पश्चिम बंगालबाट नेपालको पूर्वी भाग हुँदै आलु नेपाल तथा तिब्बत प्रवेश गरेको अनुमान गर्न सकिन्छ ।

नेपालमा प्रचलित आलुको प्रजाति

कुफ्री ज्योति : यो आलु मध्यम जातअन्तर्गत पर्छ । यो आलु ठूलो, हल्का, गोलाकार अनि बोक्रा सेतो रङको हुन्छ ।

कुफ्री सिन्धुरी ः यो पछौटे जात अन्तर्गत पर्छ । यसको फल मध्यम खालको अनि गोलाकार हुनुका साथै बोक्रा रातो रङको हुन्छ ।

डेजिरे ः यो अगौटे जात अन्तर्गत पर्छ । यसको पनि मध्यम खालको गोलाकार फल हुनुको साथै बोक्रा रातो हुन्छ ।

जनकदेव ः यो तराई, पहाड र हिमालमा खेती गरिने मध्यम जातको हो । यसको फल ठूलो सानो दुवै हुने र बोक्रा रातो हुन्छ ।

खुमल सेतो ः यो मध्यम खालको आलु हो । यसको फल गोलो, ठूलो, सानो अनि बोक्रा सेतो हुन्छ ।

खुमल रातो ः यो पनि मध्यम जातकै आलु हो । यसको फल मध्यम खालको हुन्छ, जसमा हल्का रातो बोक्रा हुन्छ ।

कुफ्री बाहार ः यो मध्यम जातको, ठूलो, गोलो अनि हल्का सेतो बोक्रा भएको आलु हो ।

आलुको पौष्टिक महत्त्व

आलुलाई बहुउपयोगी कन्दमूल मानिन्छ । तरकारीको प्रमुख नै मानिने आलु विश्वभरि सबैभन्दा बढी उपभोग हुने कृषिउपजमध्येमा पर्छ । आलु सदाबहार तरकारी मात्रै नभई औषधीय गुणले भरिएको खाद्यपदार्थ समेत हो ।

मध्यमखाले १०० ग्राम आलुमा ११२ क्यालोरी ऊर्जा हुने पोषणविद् कार्की बताउँछन् । ‘आलुमा २० प्रतिशत स्टार्च, दुई प्रतिशत प्रोटिन, एक प्रतिशत खनिज र ८० प्रतिशत पानी हुन्छ,’ उनी भन्छन् ।

१०० ग्राम आलुको खानयोग्य भागमा २० देखि २३ प्रतिशत कार्बोहाइड्रेट, १.६ प्रतिशत प्रोटिन, ७४.७ प्रतिशत पानी, ०.०१ ग्राम बोसो, ०.६–१ ग्राम मिनरल्स, ०.०१ प्रतिशत क्याल्सियम, ०.०३ प्रतिशत फस्फोरस हुन्छ । यस्तै प्रति १०० ग्राम आलुमा भिटामिन ‘ए’ ४० आईयू र फलाम ०.७ मिलिग्राम समेत पाइने पोषणविद् कार्की बताउँछन् ।

आलुको परिकार

आलुलाई तरकारीको राजा भनिन्छ । आलुबाट बनेको हरेक परिकार स्वादिष्ट हुन्छ । आलुबाट २०० भन्दा बढी परिकार बनाउन सकिन्छ । नेपालमा लोकप्रिय आलुका परिकारमा आलुको तरकारी, अचार, आलुदम, फ्रेन्च फ्राइ, आलु परौठा, समोसा, चिप्स, भुजिया, आलुचप, पकौडा, आलु निम्की, आलु जिरा, आलु चाट, दही आलु, पोलेको आलु, आलुको सलाद, आलु तन्दुरी, आलुको सुप, शेर्पाको रैथाने परिकार रेल्दोक लगायतका परिकार रहेको सेफ आरबी बुढाथोकी बताउँछन् ।

आलुसँग जोडिएका अन्य तथ्य

–आलुको सबैभन्दा पौष्टिक भाग बोक्राको तल मात्र हुन्छ । त्यसैले आलुमा भएको पौष्टिक तत्त्व प्राप्त गर्न बोक्रासहित पकाउनुपर्छ ।

–आलुको कुनै भाग हरियो छ भने त्यसलाई काटेर फाल्नुपर्छ । किनभने यसमा सोलानिन नामक विषाक्त पदार्थ हुन्छ । यसबाहेक आलुमा अंकुर आएको छ भने त्यो भाग काटेर हटाउनुपर्छ ।

–आलुमा अथाह औषधीय गुण हुन्छ । यसले आन्द्रामा फोहोर हुने प्रक्रियालाई रोक्छ र पाचन प्रक्रियामा सहयोगी ब्याक्टेरिया वृद्धिमा सहयोग गर्छ ।

–काँचो आलुको रस छालाको दाग हटाउन उपयोगी हुन्छ । आलुमा पाइने पोटासियम सल्फर, फस्फोरस र क्याल्सियमको मात्राले छालालाई सफा राख्न मद्दत गर्छ । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व