Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

घाँटी र गर्दनमा किन आउँछ मुसा ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख ४, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मानिसको छालामा अनेक खालका समस्या आउने गर्छन् । त्यसमध्ये धेरैले भोगेको समस्या मुसा पनि हो । हात, खुट्टा, गाला, आँखीभौं, परेली, नाकको टुप्पो, निधारलगायत शरीरका अन्य अंगमा मुसा आउँदा सौन्दर्यमा पनि असर पारिरहेको हुन्छ ।

शरीरमा कडा खालको तर दुखाइ नहुने स–साना मासुको डल्ला छालामा पलाउँछ, त्यसलाई मुसा भनिन्छ । अंग्रजीमा वार्ट भनिने यो ह्युमन पेपिलोमा (एचपीभी) भाइरसको संक्रमणका कारण हुने गर्छ । हरेक उमेर समूहका व्यक्तिमा आउन सक्ने मुसाले कुनै गम्भीर समस्या भने ल्याउँदैन ।

मानवमा पाइने पेपिलोमा भाइरसले छालाको सतहलाई माथि उठाइदिन्छ । यो भाइरस सयौं प्रकारको हुने भएकाले यो कुन ठाउँमा आउँछ, त्यसको आधारमा प्रकार निर्धारण हुन्छ ।

यो खटिरा शरीरमा आउँदा दुख्ने पोल्ने नभएको कारण पनि यसलाई सामान्य रुपमा लिइन्छ । यो शरीरको एउटा अंगबाट अर्को भागमा सजिलै फैलिनै भएकाले शरीरको सौन्दर्यमा भने असर पार्छ ।

छालामा आउने मुसा कति प्रकारको हुन्छ ?

शरीरमा झण्डै १०–१२ प्रकारका मुसाहरु देखिन्छन् । त्यो शरीरको कुन भागमा आएको त्यसमा भर पर्छ । घाँटीमा आउने दाना मुसाजस्तै देखिन्छ तर त्यो मुसा होइन, त्यसलाई स्किन ट्याग भनिन्छ । मानिसको तौलमा घटबढ भयो भने त्यस्तो आउँछ । यो विशेषगरी २५ वर्षदेखि ५० वर्षसम्मको उमेरका व्यक्तिमा बढी देखिन्छ । घाँटी, काखी, काछमा आउने यो सर्दैन । घाँटीमा खैरो खस्रो र गाढा कालो रंगको मुसा आउने गर्छ । यसबाहेक सेतो र रातो रंगको पनि मुसा आउने गर्छ ।

कसलाई बढी आउने सम्भावना हुन्छ मुसा ?

रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिसमा मुसा आउने सम्भावना धेरै हुन्छ । त्यस्तै मोटोपन, मधुमेह, हाइपो थाइराइड भएका बिरामीमा मुसा आउने जोखिम बढी देखिन्छ । त्यस्तै वंशाणुगत रुपमा पनि मुसा आउँछ । घरमा कोही सदस्यलाई मुसा आएको छ भने त्यस परिवारका अरु सदस्यमा मुसा देखिने सम्भावना अधिक हुन्छ ।

उपचार

शरीरमा भएको कुनै मुसाबाट रगत आएमा, चिलाएमा यसलाई हलुका ढंगले लिनु हुँदैन । तुरुन्तै चिकित्सकलाई देखाउनुपर्छ । सामान्यतया मुसा ६ महिनादेखि वर्ष दिनभित्र आफैं हराएर जान थाल्छन् । त्यसको लागि कुनै विशेष उपचार गरिरहनुपर्दैन । त्यस्तै रगत परीक्षण गरेर खाने औषधि पनि दिन्छौं । कुनै कुनै मुसा काटेर फाल्नु नै राम्रो हुन्छ । योबाहेक यसलाई चिकित्सकको सल्लाहअनुसार कायोसर्जरी र लेजर प्रविधिबाट हटाउन सकिन्छ ।मुसालाई दाग नै नहुने गरी हटाउन सकिन्छ ।

रोकथाम

यदि कसैको आफ्नो नङ टोक्ने बानी छ भने त्यो छुटाउनुपर्छ । किनकि नङ टोक्दा छालामा घाउ भई त्यसबाट विषालु प्रवेश गर्न सक्छन् । सरसफाइमा विशेष ध्यान दिने, मुसा भएको ठाउँमा ब्रस गर्ने तथा सेभ गर्ने नगर्ने, मुसा छोइसकेपछि हात धुने गर्नुपर्छ । शरीरमा मोटोपन, मधुमेह, हाइपोथाइराइडलाई नियन्त्रणमा राख्नुपर्छ । साथै कुनै हार्मोनको समस्या छ भने त्यसको उपचार गर्नुपर्छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व