Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बजारका कोल्ड ड्रिंक होइन, घरमै बनाउन सकिन्छ यी पेय !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख ४, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गर्मी महिना सुरु भएसँगै चिसो पेय पदार्थको खपत बढ्छ । गर्मीमा शरीरको तापक्रम बढ्ने भएकाले पानीको मात्रा कम हुन्छ, जसकारण प्यास बढी लाग्छ । प्यास मेटाउने सजिलो उपायको रुपमा हामी कोकाकोला, पेप्सी, फ्यान्टाजस्ता पेय पदार्थलाई रोज्छौं । यति मात्र होइन, घरमा आउने पाहुनालाई पनि हामी यिनै पेय पदार्थबाट सत्कार गर्छौं ।

तर बजारमा पाइने यी पेय पदार्थ पूर्णतः स्वास्थ्यवर्द्धक हुँदैनन् । आकर्षक देखाउनका लागि त्यसमा मिसाइएका रंग रासायनिक पदार्थले हाम्रो स्वास्थ्यमा हानि पु¥याउन सक्छ ।

हामीले घरमै पनि यस्ता पेय पदार्थ बनाउन सक्छौं, जसले स्वास्थ्यलाई त लाभ पु¥याउँछ नै हाम्रो खर्च पनि बचाउँछ ।

लस्सी

गर्मीयामको चर्को घाम र बढ्दो तापक्रमबाट बच्न चिसो पेय पदार्थमा लस्सी राम्रो विकल्प हुन सक्छ । दहीमा मौसमी फलफूल, काजु, बदाम, दालचिनी मिसाएर पनि लस्सी बनाउन सकिन्छ । तर याद गर्नुपर्ने कुरा दही धेरै अमिलो र पानी दूषित भने हुनुहुँदैन ।

त्यस्तै, दहीमा जीराको धुलो र नुन हालेर मिक्सचरमा पिसेर पनि लस्सी बनाउन सकिन्छ । यसरी बनाएको लस्सीले शरीरमा शीतलता कायम रहनुका साथै खाना पचाउन मद्दत गर्छ ।

लस्सीमा दहीका सबै पोषक तत्वहरू क्याल्सियम, प्रोटिन, भिटामिन सी, म्याग्नेसियम र पोटासियम पाइन्छ । लस्सीको नियमित सेवनले स्वस्थ जीवाणुको वृद्धिलाई बढावा दिन्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

मोही

गर्मीमा घरमै बनाएर पिउन सकिने अर्को पेय पदार्थ भनेको मोही पनि एक हो । दहीलाई पातलो बनाएर मोही बनाइन्छ । दूध र दहीको तुलनामा मोहीमा कम फ्याट र क्यालोरी हुन्छ । र, स्वादिलो पनि हुन्छ । यसमा खनिज र भिटामिनले भरपूर हुने भएकाले पाचन प्रणालीका लागि फाइदाजनक हुने भएकाले खानाअघि पिउनु लाभदायक हुन्छ ।

कागती पानीको सर्बत

गर्मीमा घरमै बनाउँदा छिटो र खाँदा मीठो हुने पेय पदार्थ हो, कागती पानीको सर्बत । कागतीको रस, स्वादअनुसार वीरेनुन पानीमा मिसाएर बनाउन सकिन्छ । कागतीमा पाउने भिटामिन सीले शरीरलाई फाइदा गर्छ । यो सर्बत दिनहुँ पिउँदा शरीरलाई शीतलता त प्रदान गर्छ नै, अनुहारको चमक बढाउने, कब्जियतको समस्या कम गर्ने, शरीरमा भएको विषाक्त तत्व हटाउन पनि मद्दत गर्छ ।

सख्खरको सर्बत

वैशाख अक्षय तृतीयाका दिन सर्बत खाने र दान गर्ने चलन छ । विशेषतः त्यस दिन सख्खर, पानी, बदाम, दालचिनीको धुलो हालेर बनाइन्छ ।

यद्यपि, भान्छामा उपलब्ध भएका मह, कागती, पुदिना आदि मिश्रण गरेर पनि सर्बत बनाउन सकिन्छ । सर्बतले शीतलता प्रदान गर्नुका साथै ऊर्जा मिल्ने, शरीरलाई हाइड्रेट गराउने लगायत फाइदा गर्छ ।

पुदिना पानी

पुदिना पाउडरलाई पनि पानीमा मिसाएर सर्बतको रुपमा पिउन सकिन्छ । यसलाई बार्ली पाउडर पनि भनिन्छ । पाउडर पाँच चम्चा चार गिलास पानीमा हालेर पकाउन सकिन्छ । त्यो सेलाइसकेपछि पारदर्शी झोल बन्छ । त्यसमा कागती, दालचिनी, नुन वा चिनी स्वाद अनुसार हालेर त्यसलाई बोतलमा भण्डारण गरेर चाहेको बेलामा खान सकिन्छ । यसले भित्री गर्मी हटाउने, मनतातो बनाएर खाँदा ज्वरो शान्त पार्ने र शरीरलाई शीतलता प्रदान गर्छ ।

मौसमी फलफूलको जुस

गर्मी महिनामा पाउने फलफूल जस्तै, आँप, केरा, खर्बुजा, बेलको जुस बनाएर खान सकिन्छ । यी फलफूललाई मिक्सचरमा पिसेर यसको रस निकाली स्वाद अनुसार चिनी हालेर वा नमिसाई पनि तयार गर्न सकिन्छ । यी सर्बतमा आइरन, फाइबर, प्रोटिन, भिटामिन सी जस्ता स्वस्थ तत्व पाइन्छ । सरबतले शरीरबाट गर्मी हटाउने, शरीरलाई हाइड्रेट राख्नुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

ध्यान दिनुपर्ने कुरा

गर्मीमा सर्बत बनाउन होस् वा सादा पानीको लागि, त्यसलाई चिस्याउन फ्रिजमा राख्ने गरिन्छ । जबकि फ्रिजको पानी पिउन स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । अर्कोतिर सर्बत बनाउन आवश्यक पानी चिसो हुनुपर्छ । चिसो पानीकै सर्बत बनाएर पिउँदा बढी स्वाद हुने भएकाले पानीलाई प्राकृतिक रुपमा चिसो बनाउन माटो, तामा र पित्तलको भाँडो वा गाग्रीमा पानी राख्न सकिन्छ । माटो, तामा र पित्तलका भाँडामा राखिएको पानी स्वास्थ्यवर्द्धक पनि हुन्छ ।

सर्बतमा आइस राखेर पिउने कतिपयको बानी हुन्छ । यसले घाँटीमा समस्या गराउनेदेखि अन्य स्वास्थ्य समस्या गराउन सक्छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व