Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

काठमाण्डौ उपत्यका, बुटवल र हेटौँडाको हावा स्वास्थ्यका लागि हानिकारक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र ३०, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

डढेलोका कारण काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा वायु प्रदूषण उच्च छ । उपत्यका आसपासका क्षेत्र र तराईका जिल्लामा डढेलोका घटना बढ्दा प्रदूषण बढेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार अन्य क्षेत्रमा भन्दा काठमाण्डौ उपत्यकामा प्रदूषण धेरै छ ।

उपत्यकाको वायुमण्डलमा दूषित हावा थुप्रिएको छ । पश्चिमी क्षेत्रबाट प्रदूषित हावा उपत्यका आउँदा मौसम खुल्न सकेको छैन । दिउँसोको समयमा केहीबेर हावा चले पनि डाँडाकाँडाका कारण प्रदूषण हट्न सकेको छैन । अहिले बुटवल, ललितपुरको पाटन, भक्तपुर, मध्यपुर थिमि, काठमाण्डौको रत्नपार्क, कीर्तिपुर र हेटौँडाको हावा निकै अस्वस्थकर छ ।

वायुको गुणस्तरको मात्रा एयर क्वालिटी इन्डेक्सका अनुसार यी क्षेत्रमा वायुको गुणस्तरले जोखिम तह नाघेको छ । शून्यदेखि ५० सम्मको मानलाई सामान्य अवस्था मानिन्छ । तर, बुटवलको २९२, पाटनको २३२, भक्तपुरको २२२, कीर्तिपुरको १९१, मध्यपुर थिमिको १८७, रत्नपार्कको १८६ र हेटौँडाको १७४ छ ।

वायुको गुणस्तरको मात्रा १५१ देखि दुई सयसम्म पुग्दा मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यो मात्रा १०१ देखि १५० सम्म पुगे ज्येष्ठ नागरिक र बालबालिकालाई खोकी लाग्ने वा श्वास फेर्न गाह्रो हुने हुन्छ ।

यस्तै, संवेदनशील प्रकृति जस्तै मुटु र फोक्सो सम्बन्धी समस्या भएका बिरामीलाई पनि घातक हुन्छ ।

प्रदूषण बढेकाले विज्ञले काम नपरिसकेसम्म घरबाट बाहिर ननिस्कन सुझाव दिएका छन् । निस्कनै परे पनि मास्क र चश्मा लगाउन उनीहरुको सल्लाह छ । प्रदूषणको मात्रा उच्च पुगेको भन्दै वातावरण विभागले पनि सावधानी अपनाउन आग्रह गरेको छ ।

बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वासका बिरामी र मुटुका बिरामीलाई बढी असर पर्न सम्ने भएकाले उनीहरुलाई सकेसम्म घरबाहिर ननिस्कन विभागका महानिर्देशक शिवलाल तिवारीको आग्रह छ ।

यस्तै, अन्य व्यक्तिले पनि घर बाहिर निस्कँदा सचेत अपनाउनु पर्ने उहाँको भनाइ छ ।

यस्तै, अवस्थामा डढेलो लागिरहे प्रदूषण अझै बढ्ने भएकाले डढेलो नियन्त्रणमा ध्यान दिन विभागले आग्रह समेत गरेको छ । मौसमविद्ले तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्न सक्ने बताएका छन् । उज्यालो अनलाइन बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व