Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मिर्गौला खराब हुनुअघि कस्तो लक्षण देखिन्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २७, २०७९
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

मिर्गौलाले शरीरका विकारयुक्त कुरा फाल्ने काम गर्छ । रगतमा हुने विषाक्त पदार्थलाई फिल्टर गर्ने, पानीको सन्तुलन मिलाउने, रातो रक्तकोष बनाउन चाहिने हर्मन उत्पादन गर्ने, ग्लुकोजको व्यवस्थापन गर्नेलगायत काम मिर्गौलाले गर्छ ।

तर जब मिर्गौलाले यो काम राम्रोसँग गर्न सक्दैन, तब शरीरमा धेरै किसिमका समस्या आउन थाल्छन् । मिर्गौला कमजोर भएका लक्षण धेरै कडा नहुने भएकाले धेरै जना मिर्गौला खराब भएपछि मात्र अस्पताल पुग्छन् ।

मिर्गौला कमजोर हुँदै गएको लक्षण

मिर्गौलामा समस्या हुँदा शरीरमा विषाक्त पदार्थ र फोहोरको सञ्चयले खानमा रुचि नहुने हुन्छ । मिर्गौलाले शरीरबाट फोहोर र अतिरिक्त सोडियम फिल्टर गर्न मद्दत गर्छ । जब मिर्गौलाले राम्रोसँग काम गर्न छोड्छ । जसले सोडियम शरीरमा जम्मा हुन थाल्छ र खुट्टा तथा शरीर सुन्निने हुन्छ । मिर्गौला कमजोर भएका व्यक्तिमा देखिने अर्को लक्षण शरीर कमजोर र आलस्य हुने हो ।

 

कमजोरी र थकान महसुस हुनु मिर्गौला समस्याको प्रारम्भिक लक्षण हो । मिर्गौला रोग बढ्दै जाँदा, पहिले भन्दा कमजोर र धेरै थकित महसुस हुन थाल्छ । मिर्गौलामा विषाक्त पदार्थ सञ्चयका कारण कमजोर र थकान महसुस हुने हुन्छ ।

सामान्य व्यक्तिलाई दैनिक ६ देखि १० पटक पिसाब लाग्छ । यो भन्दा धेरै पटक पिसाब गर्नु मिर्गौलामा समस्या भएको संकेत हो । मिर्गौलाको समस्या भएमा, व्यक्तिलाई धेरै कम वा धेरै पटक पिसाब लाग्छ । पिसाबमा धेरै फिंज आउने र रगत देखा पर्ने पनि हुन्छ ।

मिर्गौला खराब हुँदा देखिने अन्य लक्षणमा वाकवाक लाग्ने, सास फेर्न असहज हुने, पेट दुख्ने, निद्रा नलाग्ने, हातगोडा सुन्निने र झम्झमाउने, सास गन्हाउने, रगतको कमी, जिब्रोको स्वाद बदलिने शरीरको ऊर्जा नभएको महसुस हुने, ढाड दुख्ने, मुख सुन्निने हुन् । बिरामीको देखा परेको शारीरिक परिवर्तन हेरेर तथा बिरामीसँग कुरा गरेर यीमाथिका लक्षण देखिएको छ भने मिर्गौलाको समस्या हो कि होइन भनेर थाहा पाउन सकिन्छ । मधुमेह तथा उच्च रक्तचाप भएको व्यक्तिमा मिर्गौलाको समस्या बढी देखिने भएकाले उनीहरूले विशेष ध्यान दिनुपर्छ ।

मिर्गौला खराब भएको थाहा पाउने तरिका

ब्लड प्रेसर बढेको छ, खुट्टा सुन्निएको छ, पिसाबमा फिंज आएको छ, पिसाबको रंग परिवर्तन भएको छ, रगत देखा परेको छ भने मिर्गौला खराब भएको छ कि भनेर शंका गर्नुपर्ने हुन्छ ।

पिसाबमा प्रोटिन गएको छैन भने मिर्गौलासम्बन्धी रोग लागेको हुन सक्छ । त्यसैले पिसाबसम्बन्धी समस्या छ भने मिर्गौलारोग विशेषज्ञसँग परामर्श लिनुपर्छ । मिर्गौलामा खराबी छ कि छैन भनेर रगतमा क्रियाटिनिनको मात्रा परीक्षण गर्न सकिन्छ ।

यदि रगतमा क्रियाटिनिनको मात्रा बढेको छ भने मिर्गौला बिग्रिन सुरु भएको संकेत हुन सक्छ । यस्तै अल्ट्रासाउन्ड तथा पिसाबको जाँच गरेर पनि मिर्गौला बिग्रिएको छ कि छैन पत्ता लगाउन सकिन्छ ।

मिर्गौला कमजोर भएमा उपचार

केही व्यक्तिमा विभिन्न कारणले दीर्घकालीन रूपमा मिर्गौला खराब हुन्छ भने कसैमा भने एक्कासि मिर्गौला खराब हुन सक्छ ।

मिर्गौलाको समस्या देखा परेमा सुरुमा त अस्पताल गएर कुन अवस्थामा छ भनेर जाँच गर्नुपर्छ । मिर्गौलाको समस्या सुरुकै अवस्थामा पत्ता लाग्यो भने औषधि खाएर नै ठीक हुन्छ । खराब हुँदै गएको मिर्गौलालाई पहिचान गरेर उपचार गरिएन भने हरेक वर्ष १० प्रतिशतले बिग्रिंदै जान्छ । तर उपचार गरियो भने बिग्रिने क्रमलाई घटाएर दुईदेखि तीन प्रतिशतमा झार्न सकिन्छ ।

मिर्गौला खराब हुँदा पाँच चरण हुन्छन् । चौथो चरणसम्मका बिरामीलाई औषधिले नै ठीक हुन्छ । पहिलो चरणमा छ भने दोस्रोमा जान नदिने दोस्रोमा भए तेस्रोमा जान नदिने गर्दै औषधिले रोक्दै रोक्दै जान्छ । त्यसपछि औषधि नियमित खानुपर्छ । तर अन्तिम अर्थात् पाँचौं चरणमा भने डायलाइसिस र मिर्गौला प्रत्यारोपण मात्र विकल्प हुन्छ ।

मिर्गौला स्वस्थ राख्न के गर्ने ?

मिर्गौलाको समस्या प्रायः मधुमेह र उच्च रक्तचापका कारण देखिन्छ । त्यसैले यस्तो दीर्घकालीन स्वास्थ्य समस्यालाई नियन्त्रणमा राखेर मिर्गौलालाई स्वस्थ राख्न सकिन्छ । जथाभावी पेनकिलर तथा औषधि खाँदा मिर्गौलामा समस्या आउन सक्छ । त्यसैले जथाभावी औषधि नखाएर पनि मिर्गौला स्वास्थ राख्न सकिन्छ ।

कुनै वंशाणुगत रोगको जोखिम छ भने त्यसलाई पहिचान गर्ने मिर्गौलामा हुने नेफ्राइटिस, मिर्गौला संक्रमण र पत्थरी भएमा, प्रोस्टेटको समस्या भएर पिसाब रोकिने समस्या भएमा तुरुन्त उपचार गर्नुपर्छ ।

मिर्गौला स्वस्थ राख्न स्वस्थ जीवनयापन जरुरी हुन्छ । यसको लागि सही खानपान, सही दिनचर्या, सही मानसिक स्थिति हुनुपर्छ । ताजा, पोषिलो र सन्तुलित खाना खाने, नियमित व्यायाम गर्ने, योग गर्ने गर्नुपर्छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व