Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अनौठो आवाज सुन्नुहुन्छ ? हुन सक्छ जटिल मानसिक समस्या

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २६, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

केही यस्तो आवाज सुनिन्छ, जुन वास्तवमा कसैले बोलेकै हुँदैन । केही यस्तो देखिन्छ, जुन वास्तवमा हुँदै हुँदैन । केही यस्तो महसुस गरिन्छ, जुन वास्तवमा भइरहेकै हुँदैन ।

यी भ्रम हुन् । तर व्यक्तिमा हुने यी भ्रम सामान्य मानिंदैन । यो एक गम्भीर प्रकृतिको मानसिक समस्या हो । यसलाई चिकित्सकीय भाषामा सिजोफ्रेनिया भनिन्छ ।

 

मानसिक रोग भन्नासाथ डिप्रेसन, एन्जाइटीको मात्र चर्चा हुन्छ । तर धेरैलाई भित्रभित्रै तर्सारहेको सिजोफ्रेनियाबारे सामान्य जानकारी पनि हुँदैन । यो समस्याको लक्षण, असर, जटिलताबारे बुझ्नैपर्छ ।

के हो सिजोफ्रेनिया ?

 

यो गम्भीर प्रकारको मानसिक रोग हो । मस्तिष्कमा केही रासायनिक सन्तुलनहरू छन् । कतिपय अवस्थामा दिमागमा हुने डोपामाइन र ग्लुटामेट जस्ता न्युरोट्रान्स मिटरसहित केही प्राकृतिक रूपमा हुने मस्तिष्क रसायनमा समस्या आउँदा स्किजोफ्रेनिया हुन सक्छ ।

कसलाई देखिन्छ यो रोग ?

सामान्यतया १० वर्षका बालबालिकादेखि वृद्धा उमेरका व्यक्तिसम्ममा यो रोग देखिन सक्छ । जसमध्ये पनि २० देखि ४० वर्षसम्मको उमेर समूहलाई यो बढी देखिएको विभिन्न तथ्यांकमा उल्लेख छ ।

किन हुन्छ ?

सिजोफ्रेनिया कुनै किसिमको स्वास्थ्य परीक्षणबाट पत्ता नलाग्ने भएकाले हालसम्म यसको ठोस कारण प्रमाणित भइसकेको छैन । तसर्थ, यसको लागि बिरामीको व्यवहारलाई नै अध्ययन गर्नुपर्ने हुन्छ ।

तर पनि केही कारण जिम्मेवार मानिन्छ । यद्यपि, लागूपदार्थ सेवन तथा वंशाणुगत रोगको जोखिमलाई बढावा दिन्छ । यसबाहेक जन्मजात जटिलताहरू कुपोषण वा अन्य भाइरसको जोखिमले मस्तिष्कको विकासलाई असर पार्दा पनि यो रोग लाग्न सक्छ ।

बाल्यकालमा कुनै न कुनै मानसिक पीडाको सिकार हुँदा पनि यो रोग विकास हुन सक्छ । उदाहरणका लागि सानै उमेरमा आमाबाबुमध्ये एकको मृत्युले पनि बच्चालाई सिजोफ्रेनिया जस्ता गम्भीर समस्याबाट ग्रस्त बनाउन सक्छ ।

कसरी थाहा हुन्छ ?

सिजोफ्रेनिया भएका व्यक्तिमा लक्षणहरू फरक–फरक देखिन सक्छन् । लक्षण आफैं आउने जाने पनि हुन सक्छ । यसबाहेक यी लक्षण सम्पूर्ण जीवनकालमा दुई वा तीन पटक मात्र देखा पर्न सक्छन्् ।

भ्रम

सिजोफ्रेनिया हुँदा केही यस्ता आशंका र भ्रम पनि मनमा पर्छन्, जुन वास्तवमा सत्य हुँदैनन् । मनमनै कोही छ, कसैको आवाज सुनेको जस्तो लाग्न सक्छ । त्यसले उनीहरुलाई त्रसित गराउने वा कल्पना गरिएको व्यक्ति वा आवाजले उसलाई हानि पु¥याउन सक्छ । परिवारलाई नै सखाप पार्न आयो भन्ने जस्तो भ्रम पैदा हुन सक्छ ।

सोच्ने र व्यवहार गर्ने तरिका असामान्य

सिजोफ्रेनियाबाट पीडित व्यक्तिको सोच्ने र बोल्ने तरिकामा फरक आउन थाल्छ । विशेषगरी यदि उनीहरूलाई कुनै प्रकारको प्रश्न सोधियो भने उनीहरुको जवाफ सामान्य व्यक्तिको जवाफभन्दा पूर्ण रूपमा फरक दिन सक्छन् ।

साथै केही अर्थहीन शब्दहरू प्रयोग गर्ने जुन सामान्य मानिसले बुझ्न सक्ने क्षमतामा पनि नहुन सक्छ ।

अव्यवस्थित रहनु

यी लक्षण धेरै रूपमा देखा पर्न सक्छन्, कहिले उग्र हुने, कहिले शान्त हुने, कहिले एकोहोरो भएर एकै ठाउँमा बसिरहने, कसैको कुरा नसुन्ने, अनुपयुक्त वा अनौठो आसनमा बस्ने र सुत्ने, कसैले बोलाएमा प्रतिक्रिया नदेखाउने जस्ता लक्षण देखिन्छन् ।

त्रासमा रहनु

सिजोफ्रेनियाभएका प्रायः व्यक्ति एक्लै बस्ने, ढोका थुन्ने, ढोका वा झ्याल कसैसँग नबोल्ने, बत्ती निभाउने, बोल्न झर्को मान्ने जस्ता समस्या देखिन्छ ।

नेपालमा बिरामीको अवस्था

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वमा २० लाख मानिस सिजोफ्रेनियाबाट पीडित छन् । अन्य रोगको तुलनामा यसका घटना कम भए पनि सिजोफ्रेनिया अप्रत्यासित रुपमा बढी छ ।

नेपालमा पनि यसबाट युवादेखि वृद्धसम्मलाई पिरोलेको छ । व्यक्तिले सामान्यभन्दा बढी असामान्य व्यहार गर्न थालेमा पागल बन्ने डरले पनि घरमै थुनेर राख्ने गरिन्छ, जसले पहिचान हुन नसकी अवस्था जटिल बन्न सक्छ ।

पहिचान र उपचार

विश्व स्वास्थ्य संगठनको नियमनमा रहेर तालिमप्राप्त र अनुभवी मनोचिकित्सकले बिरामीको भावना, मनोदशा, उसले दिने प्रतिक्रिया, शरीरको हाउभाउ र पारिवारिक इतिहास हेरेर मात्र सिजोफेर्निया भएको पत्ता लगाइन्छ ।

त्यसपछि औषधिको सहायताले उनीहरुको व्यवहारलाई नियन्त्रण गर्न सकिन्छ । बिरामीको प्रकृतिअनुसार औषधि चलाइन्छ । थोरै मात्र असर गरेको छ भने थोरै डोजको औषधि चलाइन्छ । गम्भीर अवस्थाका बिरामीलाई हाई डोजको औषधि पनि चलाउनुपर्ने हुन्छ । उनीहरुलाई दिने औषधि लामो समय वा आजीवन पनि खानुपर्ने अवस्था हुन्छ । पटक–पटक फलोअप गराउँदै उनीहरुको अवस्थालाई सुदृढ गर्दै लगिन्छ । औषधि उपचारसँगै उनीहरुलाई माया, प्रेम र स्नेहको पनि उत्तिकै आवश्यकता हुने हुँदा परिवारले यी पक्षमा विशेष ध्यान दिनुपर्छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व