सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बझाङमा भिरबाट लडेर एक पुरुषको ज्यान गयो

भिरबाट लडेर बझाङमा एक पुरुषको ज्यान गएको छ । बुङ्गल नगरपालिका वडा नम्बर ४ कुस्मलाका अन्दाजी ४५ वर्षीय बिर्ख गुर्धामीको शनिबार भिरबाट लडेर मृत्यु भएको हो।

शनिबार साँझ ५ बजे तिर घर नजिकै रहेको पानी घट्ट जाने बेलामा भिरबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख , प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोदावरी न्युज बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.