बेसार हाम्रो भान्छामा नभई नहुने वस्तु हो। हामी सबैलाई यसको फाइदा थाहा छ। यसले हाम्रो छालालाई फाइदा पु¥याउँछ।
त्यसैले बेसार धेरै सौन्दर्य उत्पादनमा पनि प्रयोग गरिन्छ। बेसारलाई आयुर्वेदिक औषधिभन्दा कम मानिदैन, चोटपटक लागेका वेला बेसारको लेदो लगाउनाले एन्टिबायोटिकको काम गर्छ भन्ने विश्वास छ। बढी भयो भने सजाय पनि बन्न सक्छ। बेसारमा एन्टी–इन्फ्लेमेटरी र एन्टी–अक्सिडेन्ट गुण पर्याप्त मात्रामा पाइन्छ।
जसका कारण हामीलाई धेरै रोगबाट जोगाउँछ। यसको अत्यधिक सेवनले भने तपाईंलाई पेट वा चक्कर लाग्ने समस्या हुन सक्छ। स्वस्थ वयस्कले दैनिक एक चम्चाभन्दा बढी बेसार खानु हुँदैन।
धेरै बेसार खानुका बेफाइदा
बेसारको अत्यधिक सेवनले हाम्रो मृगौलामा समस्या निम्त्याउन सक्छ, किनभने यो मसलामा अक्सालेट नामक तत्त्व पाइन्छ। जसले शरीरमा क्याल्सियम घुलनमा बाधा पु¥याउँछ र त्यसपछि कडा भएर मिर्गौलामा पत्थरीको समस्या बढाउँछ।
यसका साथै धेरै मात्रामा बेसारको सेवन गर्नाले बान्ता हुनुका साथै पखाला समेत लाग्ने गर्छ। बेसारमा कर्क्युमिन नामक तत्त्व पाइन्छ जसले पाचन प्रक्रियामा समस्या निम्त्याउँछ। पेट गडबडीका कारण बान्ता र पखालाको समस्या हुन सक्छ। त्यसैले उचित मात्रामा बेसार नियमित सेवन गर्नु राम्रो हुन्छ। थाहा खबर बाट सभार









Discussion about this post