सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मास्क र कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक

कोरोना संक्रमणको जोखिम बढेसंगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकाहरूमा मास्क र कोराना परीक्षणबिना नेपाल भित्रिन रोक लगाइएको छ। भारतबाट नेपाल भित्रिरहेकाहरूमा दैनिक रुपमा संक्रमण देखिरहेकोले मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको हो।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकाहरूमा कडाइ गरेर मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले जानकारी दिए। भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना संक्रमण देखा पर्न थालेको छ । उनले भने, ‘संक्रमित दैनिक रुपमा देखा पर्न थालेपछि सीमाबाट भित्रिनेलाई अनिवार्य मास्क र कोरोना परीक्षण कार्य जारी राखेका छौं।’

भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट,पुलघाट,जौलजिवी, गड्डाचौकी र त्रिनगर नाकाहरूमा हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण जारी रहेको निर्देशनालयले जनाएको छ।

World Link Ads
Mahakali Polytechnic

संक्रमण समुदायस्तरसम्म नपुगोस भन्ने उद्देश्यले सीमा नाकाहरूमा स्वदेश फर्किएकाहरूको स्वास्थ्य परीक्षणमा कडाई गरिएको हो। भारतमा संक्रमण तिव्र रुपमा फैलिरहेकोले त्यसको प्रभाव यहाँ पनि पर्न थालेकाले यहाँका सबै नाकाहरूमा कडाई गरिएको जोशीको भनाइ छ। उनले भने, ‘भारतबाट फर्किने अधिकांशमा संक्रमण देखिन थालेपछि त्यसको रोकथाम र नियन्त्रणका नाकामा थप कडाई गरेका हौं।’ चैत महिना शुरु भएयता मात्रै यस प्रदेशमा भारतबाट फर्किएका ६२ जनामा संक्रमण पुष्टि भइसकेको छ।

Dirghayu Ads

सीमानाकाहरूमा परीक्षण गर्दा दैनिक रुपमा कोरोना संक्रमण देखिरहेको समुदायस्तरमा पनि यसको जोखिम बढेको छ। भारतमा संक्रमण देखिएका शहरहरूसित दूरीका हिसाबले यो प्रदेश नजिक भएकाले उच्च जोखिम रहेको र सर्तकता अपनाउन आवश्यक रहेको छ।

नयाँ वर्ष नजिक आइरहेका बेला यहाँका सबै नाकाहरूमा स्वदेश फर्किनेको क्रम पनि बढेको छ। स्वदेश फर्किनेको संख्या बढिरहेकाले जोखिम बढेकोले सीमामै परीक्षणपछि मात्रै आउन दिइएको र संक्रमितलाई सम्बन्धित पालिकाको समन्वयमा होम आइसोलेसनमा बस्न भन्ने गरिएको जोशीले बताए।

Sana Kishan

जोखिम बढेसँगै सीमा नाकामा स्वास्थ्य चेकजाँचमा कडाई गर्नुका साथै खोप अभियानलाई पनि निरन्तरता दिइएको जोशीको भनाइ छ। प्रदेशभरी नै हाल ५५ वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउने क्रम जारी रहेको निर्देशनालयले जनाएको छ।

पछिल्लो समयमा कोरोना संक्रमणदर बढ्दै गएपछि स्वास्थ्यका मापदण्ड अपनाउन समेत आग्रह गरिएको छ। कोरोनाबाट बच्नका लागि जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको निर्देशनालयले जनाएको छ।

संक्रमित भेट्टिएका भारतीय नागरिकलाई फिर्ता पठाइयो

सीमानाका झुलाघाटबाट नेपाल प्रवेश गर्न लागेका एक भारतीय नागरिकमा कोरोना संक्रमणको पुष्टि भएपछि उनलाई भारत फिर्ता पठाएको छ। नेपाल आउन लागेका भारतको पिथौरागढका ५८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि उनलाई नाकाबाटै भारत फिर्ता पठाएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।

दशरथचन्द नगरपालिका ८ मा रहेको त्रिपुरासुन्दरी जात्रामा सहभागी हुन आइरहेका ती पुरुषमा कोरोना देखिएपछि उनलाई नेपाल आउन नदिइएको प्रमुख भट्टको भनाइ छ। उनले भने, ‘संक्रमित मान्छे जात्रा सहभागी भएपछि त्यसले अन्य मानिसलाई पनि संक्रमण सार्न सक्ने भएकोले नेपाल आउन नदिइएको हो।’

भारतीय नागरिकमा कोरोना संक्रमण देखिएपछि झुलाघाट नाकामा पनि थप कडाई गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। कोरोना संक्रमण देखनि थालेपछि झुलाघाट नाकाबाट स्वदेश फर्कनेहरूको कोरोना परीक्षण र अनिवार्य मास्क लगाएर मात्रै फर्कने नियम बनाइएको छ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ लाख ४५ हजार ६३४ जनाको कोरोना परीक्षण गरिएकोमा ६१ हजार ९४६ जनामा संक्रमण भइसकेको छ। संक्रमणकै कारण यस प्रदेशमा ६३५ जनाको ज्यान गइसकेको छ। थाहा खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.