Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

उच्च रक्तचापमा कस्तो खानपान गर्ने ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र १५, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खानपान र रक्तचापबीच खास साइनो छ । रक्तचाप बढाउने वा सन्तुलित राख्ने भन्ने कुरा हामी के खान्छौं भन्ने प्रश्नले पनि निर्धारण गर्छ ।

हामीले खाने कतिपय खानेकुरा यस्ता छन्, जसले रक्तचाप बढाउँछ । यसको अर्थ यो होइन कि उच्च रक्तचाप भएकाले यी खानेकुरा मुखमा हाल्नै हुन्न । तर मात्रा र सन्तुलन मिलाएर खान सकिन्छ । यसरी खानुपर्छ, जसले पोषण प्राप्त होस्, विकार होइन ।

रक्तचाप बढाउने खानेकुरा

अत्यधिक चिल्लो, तारेको–भुटेको, नुनको मात्रा धेरै भएको खानेकुरा उच्च रक्तचापको कारण बन्न सक्छ । नुन त धेरै खानासाथ रक्तचाप बढिहाल्छ । तपाईं रक्सी पिउनुहुन्छ, चुरोटको धुवाँ तान्नुहुन्छ, बजारमा राखिएका प्याकेटबन्द खानेकुरा खानुहुन्छ भने उच्च रक्तचापको जोखिममा हुनुहुन्छ ।

 

माछामासु अनियन्त्रित खानुहुन्छ, जंकफुडको सौखिन हुनुहुन्छ भने पनि रक्तचापले च्याप्न सक्छ । साथै हामीले अन्धाधुन्ध खाने कतिपय औषधिले पनि रक्तचाप बढाउन सक्छ । जस्तो, दुखाइ कम गर्ने औषधि, परिवार नियोजनको चक्की ।

नुन धेरै खाँदा के हुन्छ ?

नुन धेरै खाएमा शरीरको रक्तनली खुम्च्याउने गर्छ, जसकारण रगतको प्रवाहमा अवरोध हुन्छ । यसले गर्दा पक्षघात (स्ट्रोक) हुने, रक्तचाप बढ्ने र मुटुरोग हुन सक्ने जोखिम हुन सक्छ । हाम्रो शरीरलाई दैनिक पाँच ग्राम नुन खाए पुग्छ ।

तीतो खानेकुराले फाइदा गर्छ ?

करेला जस्ता तीतो खानेकुरा खाँदा रक्तचाप नियन्त्रण हुन्छ भन्ने आम बुझाइ छ । यही कारण उनीहरु छाकैपिच्छे करेला वा तीतो खानेकुरा खाइरहेका हुन्छन् ।

यस्ता खानेकुराले कहिलेकाहीं क्षणभरका लागि रक्तचाप घटाउन सक्छ । तर यसो भन्दैमा जथाभावी वा अत्यधिक मात्रामा खानु उचित होइन ।

कसरी नियन्त्रण हुन्छ रक्तचाप ?

उच्च रक्तचाप हुने अनेक कारण हुन्छन् । त्यो दीर्घकालीन हो वा अल्पकालीन ? यसबारे पनि विश्लेषण गर्नुपर्ने हुन्छ । रक्तचाप के कारणले भएको छ भन्ने कुरा थाहा पाएपछि सोही बमोजिम उपचार खोज्ने गरिन्छ ।

अनिद्रा, खानपानले पनि रक्तचाप बढ्न सक्छ । यस्तो अवस्थामा आफ्नो यी आनीबानी परिवर्तन गर्नुपर्ने हुन्छ ।

सामान्यतः उच्च रक्तचाप नियमित बढिरहेको छ भने औषधि खाने सल्लाह दिइन्छ । औषधि चिकित्सकको सुझावअनुसार नियमित रुपमा खानुपर्ने हुन्छ । तर औषधिले मात्र रक्तचाप नियन्त्रण हुन्छ भनेर ढुक्क भएर बस्नु राम्रो होइन । त्यससँगै आफ्नो दिनचर्या, आनीबानी परिवर्तन गर्नु प्रभावकारी हुन्छ ।

जस्तो, ताजा, सुपाच्य, सन्तुलित खानेकुरा खाने, नुन, चिल्लो कुरा घटाउने, मौसमी सागपात खाने, व्यायाम गर्ने, हिंडडुल गरिरहने, शारीरिक रुपमा सक्रिय रहने गर्नुपर्छ । त्यससँगै निद्रा पर्याप्त लिने, तनाव व्यवस्थापन गर्ने, सकारात्मक सोच राख्ने, खुसी र उत्साहित हुन प्रयास गर्नुपर्छ । खानपान र जीवनशैलीलाई अनुशासित बनाउनुपर्छ । यस्ता विधि अपनाइयो भने उच्च रक्तचाप नियन्त्रणमा ठूलो सहयोग पुग्छ ।

मोटोपन र उच्च रक्तचापको नाता

उच्च रक्तचाप बढ्नुमा मोटोपन पनि एउटा कारण हुन सक्छ । मोटोपन भनेको शरीरमा बोसो बढ्नु हो । जब शरीरमा बोसो बढ्छ, त्यसले रक्त प्रवाह गर्ने नसा साँघुरो बनाइदिन्छ । यसरी नसा साँघुरो भएपछि मुटुको कार्य सञ्चालन कठिन हुन्छ । नतिजा, रक्तचाप बढ्न सक्छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व