सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

३० वर्ष पुग्नु भयो?, अब दैनिक खाने गर्नुस् यी खानेकुरा

स्वस्थ रहनका लागि पौष्टिक आहार महत्त्वपूर्ण हुन्छ। हिजोआज मानिसलाई कम उमेरमै अनेक रोग लाग्न थालेको छ। यसको प्रमुख कारण गलत खानपान र गलत जीवनशैली हो।

पोषण अभावका कारण कम उमेरमै कमजोर रोग प्रतिरोधात्मक क्षमता, जोर्नी दुख्ने, हड्डी कमजोर हुने, मुटुरोग जस्ता समस्या देखिन्छ। स्वस्थ रहनका लागि हरेक उमेरमा पौष्टिक खानेकुरा प्रयोग गर्न आवश्यक छ। त्यसकारण ३० वर्ष उमेर कटिसकेपछि खानपानमा विशेष ध्यान दिनुपर्छ।

भटमास : भटमासमा प्रोटिन प्रशस्त हुन्छ। मेटाबोलिक प्रणालीलाई स्वस्थ राख्न यो सेवन गर्नुपर्छ। भटमासमा पाइने पोषक तत्त्व हड्डी बलियो बनाउनका लागि उपयोगी हुन्छ। १०० ग्राम सोयाबिनमा ३६.५ ग्राम प्रोटिन पाइन्छ। प्रोटिनको कमी भएका व्यक्तिले भटमासको सेवन गर्नुपर्छ। दैनिक एकपटक भटमास सेवन गर्नु शरीरको लागि फाइदाजनक हुन्छ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

ब्रोकाउली : ब्रोकाउली स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ। ब्रोकाउलीमा भिटामिन र मिनरल्स प्रचुर मात्रामा पाइन्छ। ब्रोकाउलीले प्रोटिनको कमीलाई पनि पूरा गर्छ। यसमा ४.५ ग्राम प्रोटिन पाइन्छ। ब्रोकाउली खाँदा हड्डी बलियो हुन्छ। यसका साथै ब्रोकाउलीले रोग प्रतिरोधात्मक क्षमतालाई पनि बलियो बनाउँछ। नियमितरूपमा ब्रोकाउलीको सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता बढ्छ।

Dirghayu Ads

हरियो केराउ : पातदार तरकारीमा प्रशस्त मात्रामा प्रोटिन, आइरन र मिनरल्स पाइन्छ। तर पालुंगो, मेथी आदि भन्दा बढी प्रोटिन केराउमा पाइन्छ। यति मात्र होइन, हरियो केराउले क्याल्सियम, म्याग्नेसियम, पोटासियम, जिंक, कपर, फस्फोरस आदिको कमीलाई पनि पूरा गर्छ। हरियो मटर फाइबरयुक्त खाना हो, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

माछा : मांसाहारी व्यक्तिले माछा सेवन गर्नु पनि फाइदाजनक हुन्छ। माछामा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ। १०० ग्राम माछामा २२ ग्राम प्रोटिन हुन्छ, जसले शरीरमा आवश्यक हर्मोन बनाउँछ। मुटु र मस्तिष्कलाई बलियो बनाउन पनि माछा खानु लाभदायक हुन्छ। थाहा खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.