
चिसो मौसममा भन्दा गर्मी मौसममा पानीको आवश्यकता धेरै हुन्छ। जाडो मौसममा भन्दा गर्मी मौसममा शरीरमा पानीको धेरै आवश्यकता पर्छ।
गर्मीमा कडा घाम र पसिना आउनुका कारण शरीरमा पानीको मात्रा घट्दै जान्छ जसका कारण डिहाइड्रेसन हुन सक्छ। डिहाइड्रेसनबाट बच्न शरीरलाई पर्याप्त मात्रामा पानी चाहिन्छ। तर बिहानको समयमा खाइएको पानीले हाम्रो शरीरलाई धेरै फाइदा पुर्याउँछ।

बिहान पानी पिउनुको फाइदा
मृगौलाको पत्थरीको जोखिम कम हुन्छ : बिहान सबभन्दा पहिले पानी पिउनाले मिर्गौलाको पत्थरी हुने खतरा कम हुन्छ । बिहान पानी पिउनाले पेटको एसिडलाई शान्त पार्न र पत्थरीको विकास हुनबाट रोक्न मद्दत गर्छ।

डिहाइड्रेस: रातभर सुत्दा हामी धेरै घण्टा पानीबाट वञ्चित हुन्छौं। गर्मी मौसममा सुत्दा धेरैलाई पसिना आउँछ । यसले शरीरमा पानीको कमी हुन सक्छ, जसले गर्दा डिहाइड्रेसन हुन्छ। यो कारणले गर्दा सबैले बिहान उठ्नेबित्तिकै पानी पिउनुपर्छ, विशेषगरी गर्मी मौसममा।
मस्तिष्कको स्वास्थ्यमा राम्रो: डिहाइड्रेसनका कारण धेरै पटक चक्कर आउन सक्छ। त्यसकारण प्रशस्त मात्रामा पानी खानाले शरिरमा डिहाइड्रेशन हुँन पाउँदैन र मस्तिष्कको स्वास्थ्य पनि राम्रो हुन्छ। अझै बिहान सबैभन्दा पहिले प्रशस्त पानी खानु झनै फाइदाजनक हुन्छ।
सुक्का छालालाइ फाइदा: यदि तपाईको छाला सुक्का भइरहेको छ भने, उठ्ने बित्तिकै सबैभन्दा पहिले पानी पिउनु पर्छ। किनभने यसले रक्तसञ्चारलाई बढावा दिन्छ। यसले नयाँ कोशिकाको उत्पादन बढाएर छालालाई चम्किलो बनाउन सहयोग गर्छ।
राम्रो इम्युनिटी: बिहान पानी पिउनाले पेटबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ, जसले गर्दा लिम्फेटिक प्रणाली सन्तुलित हुन्छ र समयसँगै रोग प्रतिरोधात्मक क्षमतामा सुधार हुन्छ। यसले व्यक्तिलाई बारम्बार बिरामी पर्ने समस्याबाट पनि बचाउन सक्छ।
तौल घटाउने: बिहान उठ्ने बित्तिकै पानी पिउनाले मेटाबोलिजम र पाचन क्रियालाई बढाउँछ र तौल घटाउन मद्दत गर्छ। थाहा खबर बाट साभार
