सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बिहान उठ्ने बित्तिकै चिसो पानीले अनुहार धुँदा यस्ता फाइदा !!

26
Sana Kishan

बिहान उठ्दा हामी अनुहार अलि भारी भएको महशुस गर्छौँ। यसको कारण के होला?

सुत्ने क्रममा छालामा नयाँ कोशिका बन्छन्। त्यस वेला ‘पोर्स’हरू अलिकति ठूलो हुन्छन्। यसका कारण अनुहार सुन्निएको जस्तो देखिन्छ। त्यसैले बिहान चिसोपानीले मुख धुनु पर्छ।

Arus

बिहानै चिसो पानीले मुख धुँदा देखिन्छन् यस्ता फाइदा– ​

चाउरीपना कम हुन्छ– चिसो पानीले उत्कृष्ट एन्टी–रिङ्कल क्रिम जस्तै काम गर्दछ। यसले तपाईँको छालालाई ताजा र जवान बनाउँछ र यसले चाउरीपना पनि कम गर्छ। बिहान उठेपछि चिसो पानीले अनुहार धुँदा छालामा फरक किसिमको ‘टाइटनेस’ आउँछ।

Karnali Traders

बुढ्यौली प्रक्रियालाई ढिलो गर्न– चिसो पानीले अनुहार धुँदा छालामा चमक ल्याउँछ किनभने यसले छालाको छिद्र कम गर्छ। साथै, यसले रक्तसञ्चार बढाएर बुढ्यौली प्रक्रियालाई सुस्त बनाउँछ। जसका कारण तपाईँको अनुहारको चमक कायम रहन्छ। किनभने यसले अनुहारबाट अतिरिक्त तेल सफा गर्छ र भित्रको नरमपना बन्द गर्छ।

अनुहारको सुन्नाई कम गर्न– बिहान उठेपछि आफ्नो अनुहारमा धेरै ‘पफिल’ महशुस गर्नुहुन्छ भने, बिहान चिसो पानीले अनुहार धुनु अनुहारको लागि रामबाण हो। यसले सबै ‘पफिनेस’ कम गर्छ र चम्किलो ‘लुक’ दिनेछ।

ट्यानिङ घटाउन– छालालाई सूर्यको हानिकारक किरणबाट जोगाउन अनुहार चिसो पानीले धुनुपर्छ। यसले छालाको लागि कवचको रूपमा काम गर्छ र छालालाई सूर्यको हानिकारक किरणबाट बचाउँछ। चिसो पानीले घाममा पोलेको छालालाई बिस्तारै मृत कक्षमा परिणत गर्छ, जुन स्क्रब गर्दा अनुहारबाट अलग हुन्छ र चमक रहन्छ।

मेकअप टिकाउन–यदि तपाईँ आफ्नो मेकअप लामो समयसम्म टिकाउन चाहनुहुन्छ भने मेकअप गर्नु अघि आफ्नो मुख चिसो पानीले धुनुपर्छ। यसले पोर्सलाई कडा बनाउँछ र मेकअप लामो समयसम्म टिक्छ। थाहा खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.