
शरीरमा आइरनको कमीले एनिमिया (रगतको कमी) हुन्छ। रगतको कमी धेरैजसो महिलामा हुन्छ।
हेमोग्लोबिन उत्पादन गर्न आइरन आवश्यक पर्छ। हेमोग्लोबिन रातो रक्त कोशिकामा रहेको प्रोटिन हो‚ जसले शरीरभरि नै अक्सिजन पु¥याउँछ। तसर्थ यसको अभावमा मांसपेशी र तन्तुले काम गर्न सक्दैनन्। आइरनको कमी भएमा शरीरमा पर्याप्त मात्रामा हेमोग्लोबिन उत्पादन हुँदैन।

शरीरमा यस्ता लक्षण देखिए आइरनको कमी भयो भनेर थाहा पाउन सकिन्छ।
अत्यधिक थकान– आइरनको कमी हुँदा देखिने मुख्य लक्षण हो अत्यधिक थकान। आइरनको कमी हुँदा रगतमा हेमोग्लोबिनको मात्रा थोरै हुन्छ।र हेमोग्लोबिन थोरै भएपछि शरीरभरिका मांसपेशी र तन्तुहरूमा पर्याप्त अक्सिजन आपूर्ति हुँदैन।
पर्याप्त अक्सिजन नपाएपछि मांसपेशी चाँडै थकित हुन्छ। सामान्य काम गरेपछि पनि थकाइ लाग्न थाल्छ। यस्तो भएपछि शरीरमा कमजोरी, ऊर्जाको कमी, एकाग्र हुनु कठिनाइ र काम गर्नसमेत कठिन हुन्छ।
मुटुको धड्कन अनियमित हुने– अनियमित मुटुको धड्कन पनि शरीरमा आइरनको कमीको अर्को लक्षण हुन सक्छ। हेमोग्लोबिनको मात्रा घट्दा मुटुले बढी काम गर्नुपर्ने हुन्छ। यसबाट मुटुको धड्कन अनियमित हुन्छ वा मुटु एकदमै छिटो धड्किरहेको महशुस हुन्छ।

यस्तो अवस्था लामो समयसम्म रहे मुटुले काम नगर्ने जोखिम पनि बढ्छ। त्यसैले शरीरमा आइरनको स्तर जाँच गराउनु पर्छ। किनभने यसको कमीले मुटुसम्बन्धी समस्या अझै बढ्न सक्छ।
टाउको दुख्ने– आइरनको कमीले टाउको दुख्ने समस्या पनि हुन्छ। यसको कारण मस्तिष्कमा पर्याप्त मात्रामा अक्सिजन पुग्न नसक्नु हो। आइरनको कमीबाट पीडित व्यक्तिलाई पनि टाउको दुख्ने वा चक्कर लाग्ने हुन सक्छ। यसको मुख्य कारण हेमोग्लोबिनको मात्रा घट्नु हो।
मुख र जिब्रो सुन्निने– जिब्रोले पनि शरीरमा आइरनको कमी भएको थाहा पाउन मद्दत गर्छ। जिब्रोमा घाउ भए वा सुन्निए वा रातो नभएर अर्कै रंगको भएको छ भने यो शरीरमा आइरन कम भएको संकेत हो।
आइरन कमीका कारण रातो रक्तकणमा प्रोटिन मायोग्लोबिनको स्तर कम उत्पादन हुन्छ। मायोग्लोबिनले जिब्रो बनाउने मांसपेशीहरूको स्वास्थ्यलाई समर्थन गर्दछ। आइरनको कमीका कारण यसको सतह प्रभावित हुन्छ, जसका कारण मानिसमा जिब्रो सुन्निने र दुख्ने समस्या हुन्छ ।
कति आइरन चाहिन्छ– सामान्यतया १९ वर्षदेखि ५० वर्षसम्मका महिलालाई दैनिक १८ मिलीग्राम आइरन चाहिन्छ। यद्यपि, गर्भवती महिलाहरूले यसको मात्रा २७ मिलीग्राम बढाउनु पर्छ। स्तनपान गराउने महिलाका लागि केवल ९ मिलीग्राम चाहिन्छ। ५० वर्षभन्दा माथिका महिलालाई दैनिक ८ मिलीग्राम आइरन आवश्यक पर्छ।
आइरनका उत्तम स्रोत दाल, चना, पालुंगो, ड्राई फुड्स आदि हुन्। थाहा खबर बाट सभार
