सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

श्वासप्रश्वासको समस्या छ? गर्नुहोस् दैनिक यी योग आसन

57
Sana Kishan

श्वासप्रश्वासको समस्या हुनेहरूको श्वासनली साँघुरो हुन्छ जसका कारण सास फेर्न गाह्रो हुन्छ । यस्ता समस्या समाधनको लागि चिकित्सकको निगरानीमा औषधी सेवन गर्न सल्लाह दिइन्छ। तर श्वासप्रश्वासको समस्या हुनेहरूले औषधीबाहेक योग गरेर पनि फइदा लिन सक्छन्।

श्वासप्रश्वासको समस्या हुनेहरूलाई यी चार आसनले फाइदा गर्छ–

Arus

शवासन

यो सबैभन्दा सजिलो आसन मध्ये एक मानिन्छ । सबैभन्दा पहिले म्याटमा सिधा सुत्नुहोस्। दुवै हत्केला सिधा राख्नुहोस् र तिनीहरूलाई पूर्ण रूपमा छाड्नुहोस् । दुवै गोडाको बिचमा करिब एक फिटको दूरी राख्नुहोस्। आँखा बन्द गर्नुहोस् र श्वास फेर्नमा पूर्ण ध्यान केन्द्रित गर्नुहोस्। यो आसनले श्वासप्रश्वासको समस्या मात्रै होइन तनाव समेत कम गर्न समेत सहयोग गर्छ।

अनुलोम–विलोम

Karnali Traders

यो आसनको लागि सुरुमा पद्मासनमा बस्नु पर्छ। सुरुमा दाहिने हातले दायाँ नाकको प्वाल बन्द गर्नुहोस्। त्यसपछि देब्रे नाकबाट सास फेर्नुहोस्। दुई औँलाले देब्रे नाकको प्वाललाई थिच्नुहोस् र दायाँबाट श्वास छोड्नुहोस्। सुरुमा यो गतिविधि तीन मिनेटको लागि सुरु गर्नुहोस् र बानी पढेपछि १० मिनेटसम्म गर्नुहोस्।

उत्तानासन

यसमा झुकेर उभिनुपर्छ। तर ध्यान राख्नुहोस्, तपाईंको कम्मर एकदम सिधा हुनुपर्छ। यसले दममा मात्र राहत प्रदान गर्दैन, कब्जियत आदिको समस्या पनि हटाउँछ।

अर्ध मत्स्येन्द्रसन

सबैभन्दा पहिले, बायाँ गोडा झुकाउनुहोस् र देब्रे हिललाई दाहिने हिपमुनि राख्नुहोस् । अब दाहिने खुट्टालाई घुँडाबाट झुकाएर दाहिने गोडाको पैताला ल्याउनुहोस् र घुँडाको देब्रे भाग भुईँमा राख्नुहोस्। यसपछि देब्रे हातलाई दाहिने घुँडाको दाहिनेतर्फ लैजानुहोस् र कम्मर घुमाउँदा दाहिने गोडाको पैताला समात्नुहोस् र दाहिने हात कम्मरमा राख्नुहोस्।

अब टाउकोदेखि कम्मरसम्मको भागलाई दायाँतिर फोल्ड गर्नुहोस्। अब अर्को तर्फबाट पनि त्यस्तै गर्नुहोस्। यसो गर्नाले ढाड, घाँटी, कम्मर, नाभिको तल्लो भाग र छातीको नसाहरू तानिन्छन्। यसले फोक्सोमा सजिलैसँग अक्सिजन प्रवेश हुन्छ। दमका बिरामीका लागि यो आसन निकै फाइदाजनक हुन्छ। थाहा खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.