सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कोलेस्ट्रोलको समस्या छ? दैनिक खानुस् यी खानेकुरा

91
Sana Kishan

शरीरमा कोलेस्ट्रोलको मात्रा बढेपछि हृदयाघात, स्ट्रोक जस्ता समस्याको सामना गर्नुपर्छ। जब शरीरमा खराब कोलेस्ट्रोलको मात्रा धेरै बढ्छ मुटुको धमनीमा समस्या देखिन थाल्छ।

अस्वस्थ जीवनशैली, मोटोपन, धूमपान, मधुमेह र धेरै मात्रामा जंक फूडको सेवन जस्ता रगतमा कोलेस्ट्रोल प्रमूख कारण हुन्। यस्तो अवस्थामा राम्रो जीवनशैली र खानपानमा ध्यान दिन सके शरीरमा खराब कोलेस्ट्रोलको स्तर घटाउन सकिन्छ। दैनिक खानामा

Arus

यी खानेकुरा समावेश गर्न सकियो भने कोलेस्ट्रोल कम गर्न सहयोग पुग्छ–

Karnali Traders

ओट्स– ओट्समा घुलनशील फाइबर पाइन्छ। घुलनशील फाइबरले शरीरमा कोलेस्ट्रोलको स्तर घटाउने काम गर्छ। जसले गर्दा दैनिक पाँचदेखि १० ग्राम घुलनशील फाइबरको सेवनले शरीरमा खराब कोलेस्ट्रोलको स्तर घटाउन सक्छ। ओट्समा तीनदेखि चार ग्राम फाइबर पाइन्छ। त्यसैले कोलेस्ट्रोलको समस्या भएकाहरूले दैनिकरूपमा ओट्स खानु राम्रो मानिन्छ।

सिमी– सिमीलाई घुलनशील फाइबरको धेरै राम्रो स्रोत मानिन्छ। सिमीको सेवनले पेट लामो समयसम्म भरिपूर्ण रहन्छ। किनभने यसलाई पचाउन शरीरले धेरै समय लिन्छ। मुटुलाई स्वस्थ राख्न र कोलेस्ट्रोल घटाउन आहारमा सिमी समावेश गर्नुपर्छ।

ओमेगा–३ फ्याटी एसिड– ओमेगा–३ फ्याटी एसिडले भरपूर खानेकुरा सेवन गर्नाले रक्तचाप कम हुन्छ र रगत जम्ने खतरा पनि कम हुन्छ। फ्याटी माछामा ओमेगा ३ फ्याटी एसिड प्रचुर मात्रामा पाइन्छ। यदि तपाईँ शाकाहारी हुनुहुन्छ भने, चिया सीड, फ्ल्याक्स सीड, अखरोट, सोयाबिन, एभोकाडो यसमा ओमेगा–३ फ्याटी एसिड पनि पाइन्छ। त्यसैले ओमेगा ३ भएका खानेकुरा दैनिक खाएमा कोलेस्ट्रोलको समस्या भएकाहरूलाई धेरै फाइदाजनक हुन्छ।

फलफूल– फलफूलमा घुलनशील फाइबर पनि पाइन्छ जसले कोलेस्ट्रोलको मात्रा घटाउन मद्दत गर्छ। स्याउ, अंगूर, सिट्रस फलफूल स्ट्रबेरीमा पेक्टिन नामक घुलनशील फाइबर पाइन्छ। यी फलफूलको सेवनले खतरनाक कोलेस्ट्रोलको स्तर घटाउन सकिन्छ। थाहा खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.