Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एकअर्काको जुठो खाँदा के हुन्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ फाल्गुन २४, बुधबार १९:११
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

सामान्यतः हामी मन मिल्ने हितैषी खानेकुरा खाँदा एकअर्काको जुठोको पर्वाह गर्दैनौं । एउटै थाल वा भागको खानेकुरा सराबरी खाइदिन्छौं ।

प्रेमी–प्रेमिका हुन् वा श्रीमान्–श्रीमती, एकअर्काको जुठो खानमा असहज होइन अरु बढी आत्मीय अनुभव गर्छन् । साथी–साथी, आमाबुवा र छोराछोरी प्रायः एकअर्काको जुठो खाइरहेका हुन्छन् ।

एकअर्काको जुठो खान मिल्छ ?

एक जनाले खाएको खानेकुरा अर्कोले पनि सोही भागबाट खाँदा त्यो खानामा थुक धेरैथोरै मिसिएको हुन्छ । साथै सँगै खाएका साथीसँग गिजाको समस्या वा गिजामा रगत देखिने समस्या छ भने खानामा पनि त्यो रगत मिसिन जान्छ ।

 

त्यसकारण हामीले थाहा नपाई अरुको थुक र रगत खान सक्छौं । त्यसबाट हामीलाई पनि रोग सर्न सक्छ ।

खानेकुरा कसरी जुठो हुन्छ ?

यसरी खायो भने जुठो हुन्छ भन्ने हुदैन । एकै प्लेटमा राखेर धेरै व्यक्तिले खाएका छन् भने त्यो जुठो हुन्छ । त्यसमा चम्चा प्रयोग गरेको होस् वा हात । किनभने हामीले चम्चाले वा हातले खाँदा पनि खानामा मुखको थुक टाँसिएको हुन्छ ।

यसलाई धेरै जुठो कम जुठो भन्ने चाहिं हुदैन । यदि सिभियर रोग अर्थात् सरुवा रोग जस्तै, हेपाटाइटिस बी कुनै एक व्यक्तिमा छ भने थोरै थुकले पनि त्यो रोग सर्न सक्छ । चिप्स, नपकाएका चाउचाउ एउटै थालमा खाँदा भने रोग सर्ने सम्भावना अलि कम नै हुन्छ ।

श्रीमान–श्रीमतीबीचको जुठो

जब श्रीमान् र श्रीमतीले जुठो खान्छन्, यसमा चाहिं दुवै जनाको ओरल हेल्थ कस्तो छ त्यसमा भर पर्छ । पहिले हाम्रो समाजमा श्रीमानले खाएको थालमा नै हालेर श्रीमतीले खाने चलन थियो । त्यसले आत्मीयता दर्शाउँछ, अनि एक किसिमले दुई जनाबीच इम्युनिटी बनडिङ (रोगसँग लड्ने क्षमता) विकास भइसकेको हुन्छ । अर्थात् त्यो प्रक्रिया सधैं भइरहने भए प्रतिरोधात्मक क्षमता पनि विकास भइसकेको हुन्छ भन्ने हो । तर रुघाखोकी लगायतका संक्रामक रोग लागिरहेको छ भने जुठो नखाएकै बेस हुन्छ ।

कस्तो रोग लाग्दा जुठो खानुहुँदैन ?

मुखसम्बन्धी रोग लागेको बेला एकअर्काको जुठो नखानु नै उचित हुन्छ । हेपाटाइटिस बी, रुघाखोकी, मुखमा घाउ, मुखको छेउछाउमा बिमिरा जस्तो घाउ र सास गन्हाउने समस्या छ भएका व्यक्तिको जुठो खानुहुँदैन । ज्वरो आएको बेलामा पनि जुठो नखुवाउँदा वा नखाँदा राम्रो हुन्छ ।

मुखमा धेरै क्याभिटी भएका व्यक्तिहरुको जुठो खानु भनेको चाहिं हामीले रोग निम्त्याएको जस्तो हो । आमाबुवाले बालबच्चालाई आफ्नो जुठो खुवाउने गर्छन्, जुन ठीक होइन । आमाबुवाको मुखमा समस्या छ भने त्यो छोराछोरीमा सजिलै सर्छ ।

जुठो खानै हुन्न त ?

जुठो खाँदै नखानु भन्ने पनि होइन कतिपय अवस्थामा परिवारका सदस्यबीच जुठो खाँदा शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउन पनि भूमिका खेल्छ । तर आमाबुवामध्ये कसैलाई दाँतमा प्वाल पर्ने अर्थात् क्याभिटीको समस्या छ भने जुठो खाँदा छोराछोरीमा पनि सर्न सक्छ । जसकारण दाँतमा कीरा लाग्ने, गिजाको समस्या हुन सक्छ । सामान्य अवस्थामा परिवारका सदस्यको जुठो खाएपनि अन्य व्यक्तिको भने नखाएकै राम्रो हुन्छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ फाल्गुन २४, बुधबार १९:११
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७९ फाल्गुन २४, बुधबार १९:११
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ फाल्गुन २४, बुधबार १९:११

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ फाल्गुन २४, बुधबार १९:११
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ फाल्गुन २४, बुधबार १९:११
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ फाल्गुन २४, बुधबार १९:११
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७९ फाल्गुन २४, बुधबार १९:११
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७९ फाल्गुन २४, बुधबार १९:११
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७९ फाल्गुन २४, बुधबार १९:११

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व