Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मधुमेह भएकालाई घाउ–चोटपटक लागे चाँडो निको हुँदैन ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन २२, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मधुमेह अर्थात् डाइबिटिजको समस्या अहिले धेरैमा देखिन्छ । अव्यवस्थित जीवनशैली र खानपानका पछिल्लो समय हरेक घरमा जस्तै मधुमेहका बिरामी देखिन थालेका छन् ।

तर कतिपय कुरामा मधुमेहबारे केही भ्रम पनि पाइन्छ । चिनी धेरै खाँदा मधुमेह हुन्छ ? मधुमेहका बिरामीलाई घाउ–चोटपटक लाग्दा चाँडै निको हुँदैन ? लगायत विषयमा केन्द्रित रहेर भक्तपुर अस्पतालका मधुमेह विशेषज्ञ डा. सुनिल ढुंगेलसँग गरिएको कुराकानीको सम्पादित अंश ः

कुनैपनि रोगको कारण मधुमेह भएका बिरामीको शल्यक्रिया गर्नुपरेमा समस्या हुन्छ ?

यो भ्रम हो । किनभने मधुमेह भएका बिरामीको शल्यक्रिया गर्न सकिन्छ, । त्यसका लागि ध्यान दिनुपर्ने भनेको शल्यक्रियाको लागि चाहिने सुगरको मात्र मिलाउनुपर्ने हुन्छ । सुगरको मात्रा मिलाइसकेपछि बिरामीलाई कुनै किसिमको समस्या आउँदैन ।

 

मधुमेह भएकालाई घाउ भए वा चोटपटक लागे चाँडै निको हुँदैन भनिन्छ, यसमा सत्यता कति छ ?

यसमा केही हदसम्म सत्यता छ । तर यो कसमा लागु हुन्छ भने मधुमेहको बिरामी भएपनि सुगर नियन्त्रणमा राखेको छैन भने चाहिं घाउ वा चोटपटक लाग्दा निको हुन समय लाग्छ । मधुमेहको बिरामीले सुगर नियन्त्रणमा राखेको छ भने जुनसुकै घाउ पनि समयमै निको हुन्छ । त्यसैले यसलाई पूर्ण सत्य मान्न सकिन्न ।

चिनी धेरै खाँदा मधुमेह हुन्छ ?

चिनी खाएर मधुमेह लाग्ने होइन । तर मधुमेह लागेकाहरुले चिनी तथा गुलियो चीज खानुहुँदैन । यस्ता खानेकुराले रगतमा सुगरको मात्र बढाउने तत्व हुन्छ । त्यो तत्व हुने भएका कारण नखाँदा राम्रो भनिएको हो । किनकि मधुमेहका बिरामीलाई यी चीन खाँदा झन् धेरै सुगरको मात्रा बढ्ने भएकाले चिनी तथा गुलियो खानेकुराबाट टाढा रहनु राम्रो हुन्छ ।

मधुमेहका बिरामीले आलु खान हुँदैन भन्ने पनि छ, यस्तो हो ?

मधुमेह भएपछि आलु खान छोड्नै पर्छ भन्ने छैन । किनभने मधुमेहका बिरामीमा खानेकुरा खाने मात्राको भूमिका धेरै महत्वपूर्ण हुन्छ । आलु वा अरु खानेकुरा धेरै खायो भने त्यसले निश्चित रुपमा सुगर बढाउँछ । तर सकेसम्म निश्चित मात्रामा डाक्टरको सुझावअनुसार खानेकुरा वा आलु खाएमा कुनै असर पर्दैन ।

मधुमेह भएकाले चामल खान हुन्न ?

मधुमेह भएकाले चामल खान हुन्न भन्ने पनि सत्यता होइन त्यो पनि भ्रम नै हो । मधुमेह भएकाले अन पोलिस राइस अर्थात् रेसादार खानेकुरा पनि खान मिल्छ । तर चामलमा कार्बोहाइड्रेट हुने र यसमा सुगरको मात्रा बढाउने तत्व अलि बढी हुने भएर त्यसलाई निश्चित मात्रामा मात्रै खाने गर्नुपर्छ । पूरै खान नहुने भन्ने चाहिं होइन ।

मधुमेह भएकाले कुनैपनि खानेकुरा भरपेट खान हुन्न ?

यो सत्य हो । मधुमेह भएकाहरुले भरपेट खाना खानु हुन्न । तर आफूलाई भोक लागेको बेलामा आवश्यकता अनुसार खान मिल्छ तर भरपेट चाहिं खानु हुन्न । बरु समय–समयमा थोरै थोरै खाँदा राम्रो हुन्छ । पेट अटसमटस हुनेगरी वा अघाउनेगरी खाना खानु भएन ।

चाहिनेभन्दा बढी खाना खाएमा शक्तिको रुपमा परिवर्तन हुन सक्दैन । त्यो खाना पचाउन नसकेपछि शक्तिको रुपमा परिवर्तन नभई भण्डारण हुन्छ शरीरमा । त्यो बोसो वा अरु केही भएर शरीरमा बस्छ । जसले गर्दा रगतमा सुगरको मात्रा बढ्न सक्छ । त्यसैले शरीरको ऊर्जाका लागि निश्चित खानेकुरा मात्रै खानुपर्छ, अघाउने गरी खानुहुँदैन ।

अर्को कुरा हाम्रो समाजमा खाना खाइसकेपछि आराम गर्नुपर्छ भन्ने छ । तर मधुमेह भएका बिरामीले भने सकेसम्म खाना खाइसकेपछि बिहान वा बेलुकी २० देखि ३० मिनेट हिंडडुल गरेको खण्डमा खानापछि बढ्ने सुगरको मात्र कम गर्न मद्दत गर्छ । साथै खानाको समय तालिका मिलाउन सके झन् मधुमेहलाई नियन्त्रण गर्न मद्दत गर्छ । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व