सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

के पाइन्छ गाईभैंसीको दूधमा ?

स्वाद र पोषणका लागि मान्छेले आँखा चिम्लेर खाने पेय हो दूध । खासगरी गाईवस्तुको दूध मान्छेको सर्वप्रिय पेय हो ।

मान्छेबाहेक अरू कुनै पनि जनावरले अर्को प्राणीको दूध खाँदैन । तर मानिस भने लामो समयदेखि गाईवस्तुको दूध खाँदै आएका छन् । गाईभैंसीको दूध त हाम्रो स्वास्थ्यको लागि असाध्यै राम्रो भनेको हामीले धेरै सुन्दै छौं । सुनेकै भरमा हामी गाईभैंसीको दूध ढुक्क भएर खान्छौं पनि । तर के साँच्चै गाईभैंसीको दूध हाम्रो लागि अमृतसरह छ त ?

यसमा के कस्तो पोषक तत्त्व पाइन्छ ? गाईवस्तुको दूध कुन समयमा कति खानेलगायत विषयमा पोषणविद् आरेम कार्कीसँग गरिएको कुराकानी :

World Link Ads
Mahakali Polytechnic

स्वस्थ रहनका लागि गाईवस्तुको दूध खान सुझाइन्छ । खासमा गाईवस्तुको दूधमा कस्तो पोषक तत्त्व पाइन्छ ?

स्तनधारी जनावरले खाने सबैभन्दा पहिलो खानेकुरा दूध हो । बच्चाको विकासको लागि चाहिने हरेक पोषक तत्त्व दूधमा पाइन्छ । भिटामिन, मिनरल्स, क्याल्सियम, आइरन, फ्याट, प्रोटिनलगायत पौष्टिक तत्वले शरीरको रोगसँग लड्ने क्षमता बढाउँछ । शारीरिक विकासका लागि दूध निकै महत्वपूर्ण छ ।

दूधमा पनि बिगौती दूध अझै पोषिलो हुन्छ । प्रकृतिले नै बच्चालाई दिनको लागि त्यो बिगौती दूध बनाएको हुन्छ । त्यसैले आमाको बिगौती दूध बच्चालाई र गाईवस्तुको बिगौती दूध उनीहरूको बच्चाको लागि महत्त्वपूर्ण हुन्छ ।

यस्तो पोषक तत्त्व कुन जातको वा कसरी पालेको गाईवस्तुको दूधबाट पाइन्छ ?

दूधमा कस्तो गुणस्तरको पोषक तत्व गाईवस्तु पाल्ने तरिकामा पनि भर पर्छ । हरियो घाँस खाँएका, चरेका र विभिन्न जडीबुटी खाएर हुर्किएका गाईवस्तु स्वस्थ हुन्छन् । यस्ता गाईवस्तुको दूध तुलनात्मक रुपमा बढी स्वस्थकर हुन्छ ।

फार्ममा पालेका गाईवस्तुले खोले र भूसा बढी खाएका हुन्छन् । दूध बढाउन अतिरिक्त ग्रोथ हर्मन, भिटामिन, एन्टिबायोटिक, स्टेरोइड दिइन्छ । जुन दूधमार्फत आउँछ र हामीले त्यसलाई खाँदा दूधसँगै स्टेरोइड विभिन्न रसायन पनि खाइरहेका हुन्छौं ।

अहिले हरेक खानेकुरामा मिसावट हुन्छ । दूध पनि यसबाट अछुतो छैन । जसले गर्दा दूधको गुणस्तर खस्केको छ । प्राकृतिक दूधभन्दा अहिले हामीले प्रशोधन गरेको दूध खाइरहेका छौं ।

गाईवस्तुको दूध खाँदा शरीरमा के फाइदा हुन्छ ?

Sana Kishan

दूधले शरीरलाई शक्ति दिन्छ र शरीरका अंग तथा कोषको वृद्धि विकासका लागि मद्दत गर्छ । शरीरमा पानीको मात्रा बढाउँछ भने क्याल्सियमले हड्डीको विकास गर्छ । आइरनले हेमोग्लोबिन अर्थात् शरीरलाई चाहिने रातो पदार्थको काम गर्छ । फस्फोरसले हड्डीलाई चाहिने वस्तुको काम गर्छ । सोडियम पोटासियमले पानीको मात्रा मिलाउने काम गर्छ । त्यस्तै प्रत्येक कोषका लागि चाहिने लवणहरू पाइन्छ ।

गाईवस्तुको दूध शुद्ध हो भनेर कसरी थाहा पाउने ?

दूधमा पानी मिसाएको कुरा त हामी सजिलै थाहा पाउँछौ, त्यसको पातलोपन देखेर । गाईवस्तुको दूध छिटो बिग्रिने भएकाले त्यसलाई बिग्रिन नदिन सोडा मिसाइन्छ । त्यो त दूधलाई बिग्रिनबाट बचाउन मिसाउनै प¥यो ।

बजारमा पाइने पाउडर दूधमा पनि कृत्रिम रूपमा दूधमा पाइने सबै पोषक तत्त्व पाइन्छ । त्यसैले गाईवस्तुको दूध कुन शुद्ध हो भनेर आम मानिसलाई थाहा पाउन गाह्रो छ ।

गाईवस्तुको दूध कुन समयमा कति खानु उपयुक्त हुन्छ ?

हामी प्रायः दूध, दहीलाई खानाको साथमा खाइरहेका हुन्छौं । तर दूध, दहीलाई खानाको साथमा भन्दा पनि खाजाको रूपमा खानु उचित हुन्छ । बिहान ब्रेकफास्टको रूपमा दूध र सातु खाने, दिउँसो खाजामा दूध चिउरा खाने गर्नु राम्रो हुन्छ ।

राति सुत्ने बेलामा दूध खाने बानी धेरैको हुन्छ । तर रातिको समयमा हामी आराम गर्ने भएकाले हामीलाई एलर्जीको आवश्यकता हुँदैन । त्यसैले रातिभन्दा पनि बिहानको नास्ता र खाजाको रूपमा एक गिलास दूध खानु राम्रो हो ।

कस्तो समस्या भएकाले दूध खान हुँदैन ?

कसैले मोटोपन कम गर्न सोच्दैछन् भने उनीहरूले दूध नखानु नै राम्रो हुन्छ । साथै मधुमेह, कोलेस्टेरोल र एसिडिटीको समस्या भएकाले पनि दूधको कम प्रयोग गर्नु उपयुक्त हुन्छ ।

गाईवस्तुको दूध साना बालबालिकालाई खुवाउनु हुन्छ कि हुँदैन ?

गाईवस्तुको दूधमा प्रोटिन धेरै हुन्छ, त्यसैले साना बालबालिकालाई खुवाउनु हुँदैन उनीहरूले यसलाई पचाउन सक्दैनन् । त्यसैले गाईवस्तुको दूधको साटो ल्याक्टोजिन खुवाउनु भनेको पनि हामी सुन्छौं । तर यो एकदमै गलत कुरा हो ल्याक्टोजिनभन्दा त गाईवस्तुको दूध कैयौं गुणा राम्रो हो । ६ महिना पूरा भइसकेपछि बच्चाको पाचन प्रणाली राम्ररी विकास भएको हुन्छ । उसले अण्डा मासु पचाउन सक्छ भने दूध पनि पचाउन सक्छ । ६ महिनापछि सामान्य बच्चालाई गाईवस्तुको दूध खान दिन सकिन्छ ।

गाईवस्तुको दूधमा प्रोटिन उच्च हुन्छ । यसको सेवन गर्ने बच्चामा पछि मिर्गौलाको समस्या हुन्छ भन्ने कुरालाई कुनै पनि अध्ययनले प्रमाणित गरेको छैन । पहिले हरेक घरमा गाईभैंसी पालेको हुन्थ्यो त्यही खाएर बच्चाहरू हुर्किएका हुन्थे । उनीहरूमा मिर्गौलाको समस्या भएको हामी पाउँदैनौं । मिर्गौला खराब हुनेको संख्या त पछिल्लो समय बढेको हो । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.