Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

के पाइन्छ गाईभैंसीको दूधमा ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन ४, २०७९
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

स्वाद र पोषणका लागि मान्छेले आँखा चिम्लेर खाने पेय हो दूध । खासगरी गाईवस्तुको दूध मान्छेको सर्वप्रिय पेय हो ।

मान्छेबाहेक अरू कुनै पनि जनावरले अर्को प्राणीको दूध खाँदैन । तर मानिस भने लामो समयदेखि गाईवस्तुको दूध खाँदै आएका छन् । गाईभैंसीको दूध त हाम्रो स्वास्थ्यको लागि असाध्यै राम्रो भनेको हामीले धेरै सुन्दै छौं । सुनेकै भरमा हामी गाईभैंसीको दूध ढुक्क भएर खान्छौं पनि । तर के साँच्चै गाईभैंसीको दूध हाम्रो लागि अमृतसरह छ त ?

यसमा के कस्तो पोषक तत्त्व पाइन्छ ? गाईवस्तुको दूध कुन समयमा कति खानेलगायत विषयमा पोषणविद् आरेम कार्कीसँग गरिएको कुराकानी :

स्वस्थ रहनका लागि गाईवस्तुको दूध खान सुझाइन्छ । खासमा गाईवस्तुको दूधमा कस्तो पोषक तत्त्व पाइन्छ ?

स्तनधारी जनावरले खाने सबैभन्दा पहिलो खानेकुरा दूध हो । बच्चाको विकासको लागि चाहिने हरेक पोषक तत्त्व दूधमा पाइन्छ । भिटामिन, मिनरल्स, क्याल्सियम, आइरन, फ्याट, प्रोटिनलगायत पौष्टिक तत्वले शरीरको रोगसँग लड्ने क्षमता बढाउँछ । शारीरिक विकासका लागि दूध निकै महत्वपूर्ण छ ।

दूधमा पनि बिगौती दूध अझै पोषिलो हुन्छ । प्रकृतिले नै बच्चालाई दिनको लागि त्यो बिगौती दूध बनाएको हुन्छ । त्यसैले आमाको बिगौती दूध बच्चालाई र गाईवस्तुको बिगौती दूध उनीहरूको बच्चाको लागि महत्त्वपूर्ण हुन्छ ।

यस्तो पोषक तत्त्व कुन जातको वा कसरी पालेको गाईवस्तुको दूधबाट पाइन्छ ?

दूधमा कस्तो गुणस्तरको पोषक तत्व गाईवस्तु पाल्ने तरिकामा पनि भर पर्छ । हरियो घाँस खाँएका, चरेका र विभिन्न जडीबुटी खाएर हुर्किएका गाईवस्तु स्वस्थ हुन्छन् । यस्ता गाईवस्तुको दूध तुलनात्मक रुपमा बढी स्वस्थकर हुन्छ ।

फार्ममा पालेका गाईवस्तुले खोले र भूसा बढी खाएका हुन्छन् । दूध बढाउन अतिरिक्त ग्रोथ हर्मन, भिटामिन, एन्टिबायोटिक, स्टेरोइड दिइन्छ । जुन दूधमार्फत आउँछ र हामीले त्यसलाई खाँदा दूधसँगै स्टेरोइड विभिन्न रसायन पनि खाइरहेका हुन्छौं ।

अहिले हरेक खानेकुरामा मिसावट हुन्छ । दूध पनि यसबाट अछुतो छैन । जसले गर्दा दूधको गुणस्तर खस्केको छ । प्राकृतिक दूधभन्दा अहिले हामीले प्रशोधन गरेको दूध खाइरहेका छौं ।

गाईवस्तुको दूध खाँदा शरीरमा के फाइदा हुन्छ ?

दूधले शरीरलाई शक्ति दिन्छ र शरीरका अंग तथा कोषको वृद्धि विकासका लागि मद्दत गर्छ । शरीरमा पानीको मात्रा बढाउँछ भने क्याल्सियमले हड्डीको विकास गर्छ । आइरनले हेमोग्लोबिन अर्थात् शरीरलाई चाहिने रातो पदार्थको काम गर्छ । फस्फोरसले हड्डीलाई चाहिने वस्तुको काम गर्छ । सोडियम पोटासियमले पानीको मात्रा मिलाउने काम गर्छ । त्यस्तै प्रत्येक कोषका लागि चाहिने लवणहरू पाइन्छ ।

गाईवस्तुको दूध शुद्ध हो भनेर कसरी थाहा पाउने ?

दूधमा पानी मिसाएको कुरा त हामी सजिलै थाहा पाउँछौ, त्यसको पातलोपन देखेर । गाईवस्तुको दूध छिटो बिग्रिने भएकाले त्यसलाई बिग्रिन नदिन सोडा मिसाइन्छ । त्यो त दूधलाई बिग्रिनबाट बचाउन मिसाउनै प¥यो ।

बजारमा पाइने पाउडर दूधमा पनि कृत्रिम रूपमा दूधमा पाइने सबै पोषक तत्त्व पाइन्छ । त्यसैले गाईवस्तुको दूध कुन शुद्ध हो भनेर आम मानिसलाई थाहा पाउन गाह्रो छ ।

गाईवस्तुको दूध कुन समयमा कति खानु उपयुक्त हुन्छ ?

हामी प्रायः दूध, दहीलाई खानाको साथमा खाइरहेका हुन्छौं । तर दूध, दहीलाई खानाको साथमा भन्दा पनि खाजाको रूपमा खानु उचित हुन्छ । बिहान ब्रेकफास्टको रूपमा दूध र सातु खाने, दिउँसो खाजामा दूध चिउरा खाने गर्नु राम्रो हुन्छ ।

राति सुत्ने बेलामा दूध खाने बानी धेरैको हुन्छ । तर रातिको समयमा हामी आराम गर्ने भएकाले हामीलाई एलर्जीको आवश्यकता हुँदैन । त्यसैले रातिभन्दा पनि बिहानको नास्ता र खाजाको रूपमा एक गिलास दूध खानु राम्रो हो ।

कस्तो समस्या भएकाले दूध खान हुँदैन ?

कसैले मोटोपन कम गर्न सोच्दैछन् भने उनीहरूले दूध नखानु नै राम्रो हुन्छ । साथै मधुमेह, कोलेस्टेरोल र एसिडिटीको समस्या भएकाले पनि दूधको कम प्रयोग गर्नु उपयुक्त हुन्छ ।

गाईवस्तुको दूध साना बालबालिकालाई खुवाउनु हुन्छ कि हुँदैन ?

गाईवस्तुको दूधमा प्रोटिन धेरै हुन्छ, त्यसैले साना बालबालिकालाई खुवाउनु हुँदैन उनीहरूले यसलाई पचाउन सक्दैनन् । त्यसैले गाईवस्तुको दूधको साटो ल्याक्टोजिन खुवाउनु भनेको पनि हामी सुन्छौं । तर यो एकदमै गलत कुरा हो ल्याक्टोजिनभन्दा त गाईवस्तुको दूध कैयौं गुणा राम्रो हो । ६ महिना पूरा भइसकेपछि बच्चाको पाचन प्रणाली राम्ररी विकास भएको हुन्छ । उसले अण्डा मासु पचाउन सक्छ भने दूध पनि पचाउन सक्छ । ६ महिनापछि सामान्य बच्चालाई गाईवस्तुको दूध खान दिन सकिन्छ ।

गाईवस्तुको दूधमा प्रोटिन उच्च हुन्छ । यसको सेवन गर्ने बच्चामा पछि मिर्गौलाको समस्या हुन्छ भन्ने कुरालाई कुनै पनि अध्ययनले प्रमाणित गरेको छैन । पहिले हरेक घरमा गाईभैंसी पालेको हुन्थ्यो त्यही खाएर बच्चाहरू हुर्किएका हुन्थे । उनीहरूमा मिर्गौलाको समस्या भएको हामी पाउँदैनौं । मिर्गौला खराब हुनेको संख्या त पछिल्लो समय बढेको हो । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

असार १४, २०८३
पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

असार १४, २०८३
विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

असार १४, २०८३
शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व