Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सात कुरा : कसरी आफ्नो दिनचर्या राम्रो बनाउने ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २७, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

घरबाट निस्कनुअघि हामी के–कति काम गर्छु भनेर सोचिरहेका हुन्छौं । तर, साँझ घर फर्कदा थाहा हुन्छ हाम्रो मूख्य मूख्य काम नै बाँकी रहेछ । किनभने हामी सही काममा केन्द्रित हुने भन्दा पनि अनावश्यक कुरामा अलमल गरिरहेका हुन्छौं ।।

बिहान चाँडै उठ्ने

बिहान चाँडै उठ्दा शरीरमा विभिन्न हार्मोनहरु रिलिज हुन्छन्, जसले शरीरलाई ऊर्जा दिन्छ । बिहान चाँडो उठ्दा हाम्रो दैनिक कामको लागि पर्याप्त समय हुन्छ । बिहान ५ देखि १० बजेसम्म तपाईंले जति काम गरेर भ्याउनुहुन्छ त्यो दिनभरिको काम बराबर नै हुन्छ । बिहानको त्यो महत्वपूर्ण समयलाई गुमाउनुभयो भने त्यो समय परिपूर्ति गर्न कहिल्यै सकिंदैन ।

दिनभरिको कामको सूची बनाउने

घरबाट निस्कँदा हामी दिनभरि यो यो काम गर्छु भनेर निस्कन्छौ । तर धेरै पटक बिहान हतारको कारण हामी आफ्नो काम सही समयमा र सही तरिकाले गर्न सकिरहेका हुँदैनौं । यसको मुख्य कारण आफ्नो कामको योजना बनाउन नसक्नु हो । त्यसैले दिनभरि के गर्ने ? कुन कामलाई बढी प्राथमिकता दिने ? समय छुट्याउनुपर्छ । कामको प्राथमिकतालाई छुट्याएर सूची बनाउनुपर्छ र त्यो सूचीअनुसार काम गरियो भने महत्वपूर्ण काम बिर्सिंदैन र समयको पनि बचत हुन्छ ।

कसलाई भेट्ने पनि तय गर्ने

दिनभरि हामीले धेरै व्यक्तिलाई भेटिरहेका हुन्छौं । कतिलाई भेट्ने योजना हुन्छ भने कसैलाई बिनायोजना पनि भेटिन्छ । यदि तपाईंलाई आज धेरै भेटघाट गर्नुछ भने दिनभरमा कस–कसलाई भेट्नैपर्ने छ, कुन समयमा भेट्ने भनेर समय पनि तय गर्नुस् । यसो गर्दा तपाईंले भेट्नुपर्ने व्यक्तिलाई समयमा भेट्न सक्नुहुन्छ ।

आफूलाई खुसी बनाउने काम पनि गर्ने

आज कुनै एक यस्तो काम गर्ने योजना बनाउनुहोस्, जसले तपाईंलाई खुसी बनाउँछ । तपाईंलाई केही कुनै खेल खेल्न मन पर्छ वा हेर्न मन पर्छ भने त्यसको लागि पनि केही समय छुटाउनुहोस् । जुन काम गर्दा तपाईंलाई राम्रो लाग्छ, त्यस्ता कामले तपाईंलाई खुसी दिन्छ । सधैं केही नयाँ र फरक काम गर्नुपर्छ, जसले आफूलाई खुसी मिलोस् । त्यो खुसी दिने कामलाई आफ्नो दैनिक सूचीमा समावेश गर्नुहोस् ।

अनावश्यक भेटघाट र खर्च कटाउने

बिहान घरबाट बाहिर निस्कनुअघि अनावश्यक भेटघाट, अनावश्यक खर्च गर्दिन भनेर अठोट गर्नुस् । हामी दैनिक धेरै अनावश्यक भेटघाट गरिरहेका हुन्छौं । कसैले तपाईंलाई भेटघाटको लागि बोलायो भने त्यो भेट कत्ति महत्वपूर्ण छ, त्यो सोच विचार गरेर मात्र भेट गर्नुस् यसो गर्दा तपाईंको समयको बचत हुन्छ । अन्य महत्वपूर्ण काममा त्यो समयलाई तपाईं खर्चिन सक्नुहुन्छ ।

दैनिक हुने खर्चलाई पनि कटौती गर्न सकियो भने महिनाको अन्त्यमा हुने खर्च अभावलाई त्यसले परिपूर्ति गर्न सकिन्छ । केही महत्वपूर्ण कुरामा त्यो पैसालाई खर्च गर्न सकिन्छ ।

साँझ कुन समयमा घर फर्किने तय गर्ने

साँझ कुन समयमा घर फर्कने हो, टुंगो गर्नुहोस् । तपाईंको दैनिक तालिका एकदमै राम्ररी बित्यो भने तपाईं ठीक समयमा नै घर पुग्नुहुन्छ । तपाईं समयमा घर पुग्नुभयो भने परिवारका सदस्य पनि खुसी हुन्छन् । मानौं, तपाईं ७ बजे घर पुग्नुभयो भने ८ बजे खाना खानुहुन्छ अनि १० बजे सुत्नुहुन्छ । तर यदि तपाईं १० बजे घर पुग्नुभयो भने खाना ढिलो हुन्छ र सुत्ने समय १२ बजे पुग्छ । त्यसैले घरबाट निस्कने भन्दाअघि म आज यति बजे घर फर्कन्छु भनेर टुंगो गर्नुपर्छ । यसो हुँदा तपाईंको भोलिको दैनिकी पनि राम्रो हुन्छ ।

आजको दिन सर्वोत्तम हुनेछ भन्ने प्रण गर्ने

घरबाट निस्कनुअघि एउटा मात्रै प्रण गर्नुहोस्, आजको दिन मेरो लागि सर्वोत्तम छ । यस्तो प्रण गरेर तपाईं बाहिर निस्कनुभयो भने दिन साँच्चै सर्वोत्तम हुन्छ । भोलि परीक्षा छ, मलाई छिटो उठ्नु छ भनेर प्रण गरेर सुत्नुभयो भने तपाईं समयमा नै उठ्नु हुन्छ । त्यस्तै कुनै कुरामा तपाईंले प्रण गर्नुभयो भने त्यो काम राम्ररी सही समयमा हुन्छ । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

भदौ १२, २०८३
रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

भदौ १२, २०८३
रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

भदौ १२, २०८३
छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

भदौ ११, २०८३
रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

भदौ ११, २०८३
कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व