सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

समाजवादी ट्रेड युनियन महासंघ प्रदेश नं १ को अन्तरक्रिया सम्पन्न

जनता समाजवादी पार्टी, नेपाल सम्वद्ध समाजवादी ट्रेड युनियन महासंघ प्रदेश नं १ को अन्तरक्रिया तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।  श्रमिकहरुका समस्याहरु र समाधानका उपायबारे बिराटनगरमा शनिबार अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।


कार्यक्रमको प्रमुख अतिथि जनता समाजवादी पार्टी, नेपालको राजनीतिक समिति सदस्य एवम् प्रदेश १ को स्वास्थ्यमन्त्री निर्मला लिम्बुले श्रमिकको अधिकारका लागि सदन र सरकारमा यथासक्य पहल गर्ने बताइन् ।
कार्यक्रमको विशिष्ट अतिथि रहेका अर्जुन लम्सालले देशब्यापी संगठन बिस्तारमा जोड दिएको र मातहत समितिलाई थप सशक्त ढंगले अगाडि बढाउदै श्रमिकहरुलाई बताए ।
कार्यक्रममा महासंघका उपाध्यक्ष सोनाम लामा, सचिव कुबेर तिमिल्सीना अतिथि रहेका थिए ।
महासंघले समाजवादी ट्रेड युनियन महासंघका संरक्षक जोगीलाल यादव लगायत महासंघ र पार्टीलाई सहयोग पुर्याउने महानुभावहरुलाई प्रमाणपत्र दिएर सम्मान गरेको थियो ।
अन्तरक्रिया पश्चात महासंघले बनभोज कार्यक्रमको आयोजना गरेको थियो ।

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.