सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको पाटनमा आज सार्वजनिक बिदा, वनारसी धाममा जात्रा

बैतडीको पाटन नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । नगरपालिकाको वडा नं ३ स्थित प्रसिद्ध वनारसी धाममा लाग्ने जात्राको अवसरमा आज सार्वजनिक बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

वनारसी धाममा लाग्ने जात्राको अवसरमा नगर क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा सार्वजनिक बिदा दिइएको हो ।

Sana Kishan

वनारसी धाममा हरेक बर्ष माघ शुक्ल दशमीका दिन जात्रा लाग्ने गर्दछ । यो जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत पुग्ने गरेका छन् । दलित समुदाय मूल पूजारी रहेको सो मन्दिरमा लाग्ने जात्रामा सबै जातजातीका मानिसहरुले प्रसाद ग्रहण गर्ने गरेका छन् ।

World Link Ads
Mahakali Polytechnic

परापूर्वकालमा वनारसी देवताले खपरे दैत्यको वध गरेको किम्वदन्ती रही आएको छ । वनारसी धामलाई भगवान शिवको विश्वनाथ ज्योतिर्लिङ्गको रुपमा लिनुपर्ने नेपालका ऐतिहासिक प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले बताए । उनकै अगुवाईमा सो क्षेत्रमा विश्वनाथ मन्दिर समेत निर्माण भइरहेको छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.