सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको पुर्चौंडीले शहीद परिवारलाई नगद सहित सम्मान गर्यो

बैतडीको पुर्चाैडी नगरपालिकाले शहीद परिवारलाई नगद सहित सम्मान गरेको छ । शहीद दिवसको अवसर पारेर सोमबार नगरपालिकाभरीका ३१ शहीद परिवारका सदस्यहरुलाई नगद सहित सम्मान गरिएको नगर प्रमुख दिपकबहादुर बमले बताए ।

लोकतन्त्र स्थापनाका लागि विभिन्न समयमा आफ्नो प्राणको आहूति दिएका शहीद परिवारलाई निर्वाह भत्ता सहित सम्मान गरिएको हो । नगरपालिकाभरी रहेका ३१ परिवारलाई २५ हजारका दरले निर्वाह भत्ता सहित सम्मान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिरबहादुर नेपालीले बताए ।

Sana Kishan

नगरपालिकाको बार्षिक कार्यक्रम अनुसार शहीद परिवारलाई निर्वाह भत्ता र सम्मान गरिएको हो । यसैगरी जनआन्दोलन तथा जयुद्धका क्रममा घाइते भएकाहरुको बीमा गरी निशुल्क उपचारको व्यवस्था गर्ने निर्णय समेत भएको नगर प्रमुख बमले बताए ।

World Link Ads
Mahakali Polytechnic

सोमबार नगर प्रमुख दिपकबहादुर बमको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी प्रमुख अतिथी रहेका थिए । यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दमनबहादुर कुँवर, पुर्चौंडी नगरपालिकाका उपप्रमुख मीना धानुक लगायतको सहभागिता रहेको थियो । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.