सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा महिला टि–२० क्रिकेट : सेमीफाइनल समीकरण पूरा

बैतडीको दशरथचन्द नगरपालिकामा जारी नगरस्तरीय महिला टि—२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । दनपा १० बाराकोटले दनपा ५ दशरथचन्दलाई ६ विकेटले हराएर सेमिफाइनल पुग्ने अन्तिम टोली बनेको छ । यसअघि दनपा २ देहिमाण्डौं, दनपा ६ थालिगडा र दनपा ८ त्रिपुरा सेमिफाइनलमा पुगिसकेका छन् ।

दशरथचन्दले दिएको ११७ रनको लक्ष्य बाराकोटले १७ दशमलब २ ओभरमा ४ विकेटको क्षतीमा पुरा गर्यो । जसमा करिश्मा बुडालले अविजित १९ रनको योगदान गरिन् ।

त्यसअघि निंगलाशैनी क्रिकेट मैदान देहीमाण्डौंमा पहिला ब्याटिंग गरेको दशरथचन्दले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा ११६ रन बनायो । उसका लागि ममता लेखकले ३९ रनको योगदान गरिन् । रितु ओम्यान अफ द म्याच भएकी स्कोरर द्रोपती कुँवरले जानकारी दिइन् ।

World Link Ads
Mahakali Polytechnic

यसैबीच प्रतियोगिताका सेमिफाइनलका खेलहरु सोमबार हुनेछन् । पहिलो सेमिफाइनलमा दनपा २ देहिमाडौं र दनपा ६ थालिगडा भिड्दा, दोस्रो सेमिफाइनलमा दनपा ८ त्रिपुरा र दनपा १० बाराकोट आमने सामने हुनेछन् ।

Sana Kishan

दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रम र नगरखेलकुद विकास समितिको आयोजनामा माघ ९ गतेदेखि शुरू भएको हो । शहीद दिवसको पूर्वसन्ध्यामा आयोजित प्रतियोगिता माघ १७ गते सम्पन्न हुनेछ ।

नगरका ७ टोलीको सहभागिता रहेको प्रतियोगिताको प्रथम पुरस्कार नगद २५ हजार, ट्रफि,मेडल र प्रमाण पत्र,द्धितिय पुरस्कार नगद १५ हजार, ट्रफि मेडल र प्रमाण पत्र रहेको दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिए ।

यस्तै प्रतियोगितामा ओमेन अफ द सिरिजलाई ३ हजार, बेष्ट बलर र बेष्ट व्याट्स ओमेनलाई १५÷१५ सय, अनुशासित टीमलाई ३ हजार र ओमेन अफ म्याचलाई ट्रफि प्रमाण पत्र दिइने जनाइएको छ ।

प्रतियोगिताको समापन समारोहमा दशरथचन्द नगरपालिकाभित्र रहेका अन्तर्राष्ट्रिय खेलाडीलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरिने प्रशिक्षक दीपक बोहराले बताए । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.