सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको प्रसिद्ध वनारसी धाममा मंगलबार जात्रा

बैतडीको पाटन नगरपालिका–३ स्थित प्रसिद्ध वनारसी धाममा यही माघ १७ गते मंगलबारका दिन लाग्ने भएको छ । प्रसिद्ध धार्मिक स्थल वनारसीमा हरेक बर्ष माघ शुक्ल दशमीका दिन जात्रा लाग्ने गर्दछ । बिशेष पूजाआजा सहित वनारसी धाममा जात्रा लाग्ने गरेको स्थानीयहरुले बताएका छन् ।

वनारसी धामको जात्रालाई सामुदायिक सदभावको जात्राका रुपमा समेत लिने गरिन्छ । दलित समुदायका पूजारीले पूजाआजा गर्ने मन्दिरमा सबै जातजातीका दर्शनार्थीहरुले प्रसाद ग्रहण गर्ने चलन रही आएको छ ।
वनारसी धाममा लाग्ने जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन् । सुर्नया नदीको किनारमा अवस्थित वनारसी धामलाई शक्तिशाली देवताको रुपमा पूजाआजा गर्ने गरिएको छ ।

Sana Kishan

परापूर्वकालमा देवता र दानवहरुको लडाँई हुँदा वनारसी देवताले खोपर्या दैत्यको बध गरेको किम्वदन्ती रही आएको छ । देवताहरुका तर्फबाट वनारसीले दैत्यहरुलाई पराजित गरेको किम्वदन्ती रहेको छ ।

World Link Ads
Mahakali Polytechnic

वनारसी धामलाई विश्वनाथ ज्योतिर्लिङ्गको रुपमा समेत लिने गरेको छ । नेपालका प्रथम ऐतिहासिक जगदगुरु बालसन्त मोहनशरण देवाचार्यका अनुुसार वनारसी धाम नै विश्वनाथ ज्योतिर्लिङ्ग हो । विश्वनाथ ज्योतिर्लिङ्ग स्थापनाका लागि वनारसी धाममा मन्दिर समेत निर्माण भइरहेको छ । भगवान शिवका १२ ज्योतिर्लिङ्गमध्येको विश्वनाथ ज्योतिर्लिङ्ग वनारसी धाम रहेको जगदगुरुको भनाइ रहेको छ ।

Dirghayu Ads

यसैबीच मंगलबार पाटन नगरपालिकाले सार्वजनिक बिदा दिने भएको छ । वनारसी धाममा लाग्ने जात्राको अवसरमा नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको पाटन नगरपालिकाले जनाएको छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.