सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा पानीमा बगेर गन्धक खेर जाँदै, उपयोगका लागि पहल शुरु

बैतडीको पाटनमा पानीमा बगेर बर्षौंदेखि गन्धक खेर गइरहेको छ । फलाम खानी, कृषि मल बन्ने फस्फोरस खानी, सिमेन्ट उद्योगमा प्रयोग हुने चुनढुङ्गा र स्टिलमा प्रयोग हुने ‘म्याग्नेट आईरन ओर’ जस्ता महत्वपूर्ण खानी भएको बैतडीमा गन्धकको खानी फेला परेको हो ।

पाटन नगरपालिकाको वडा नं १ गरालेक क्षेत्रमा गन्धक फेला परेको र यसलाई स्थानीयहरुले गन्धक तथा अमरक भन्ने गरेको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए । गन्धकलाई स्थानीयहरुले औषधिको रुपमा प्रयोग गर्दै आइरहेका समेत उनले बताए । उनले भने ‘पाटन नगरपालिका वडा नं १ गरालेक क्षेत्रमा गन्धक फेला परेको छ । यसलाई स्थानीयहरुले औषधिको रुपमा प्रयोग गर्दै आएका छन् ।’

गन्धकलाई चोटपकट लागेका मानिस, पशुचौपाया लडेर घाइते भएमा वा मानिसको मुखमा घाउ खटीरा भएमा औषधिका रुपमा प्रयोग गर्ने गरेका छन् । यस्तै शरीर चिलाउने लगायतका रोगमा समेत गन्धकले औषधिको रुपमा काम गर्ने गरेको स्थानीयहरुको भनाइ रहेको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यहाँ पाईने गन्धक र अमरक नामको तत्व चोटकपटक लागेमा वा मर्केको ठाउँमा औषधिको रुपमा प्रयोग गर्ने चलन रहेको पाटन नगरपालिका वडा नं १ का वडा अध्यक्ष तर्कसिंह ठगुन्नाले बताए । खानीबारे विस्तृत अध्ययन हुन सके वास्तविकता थाहा हुने उनले बताए ।

Dirghayu Ads

गरालेक क्षेत्रमा पाइने गन्धकलाई औषधिको रुपमा प्रयोग गर्न टाढाका मानिस समेत आउने गरेको वडा अध्यक्ष ठगुन्नाले बताए ।

पाटनमा पाइएको गन्धकको नमूना खानी तथा भूगर्भ विभागमा बुझाउने तयारी भएको छ । गन्धकको नमूना बुझाउन आफू अहिले काठमाण्डौंमा रहेको उपप्रमुख बोहराले बताए । गरालेक क्षेत्रमा पाइने गन्धकको नमूना संकलन गरेर काठमाण्डौं पुर्याइएको उनले बताए । उनले भने ‘गन्धक जस्ता जडीबुटीको अनुसन्धानका लागि सम्बन्धित निकायसंंग समन्वयको प्रयास भइरहेको छ ।’

बैतडी जिल्लामा जडिबुटी लगायत विभिन्न खानी भए पनि राज्यबाट खोज अनुसन्धान हुन नसकेको स्थानीयहरुले बताएका छन् । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.