Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीका गाउँगाउँमा बाँदरको आतंक,किसान समस्यामा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १३, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बैतडी – खेतमा लगाएको बालीनाली बाँदरले तहसनहस गर्न थालेपछि बैतडीका किसानहरु हैरान भएका छन् । जिल्लाका सबैजसो ठाउँमा बाँदरको आतंक रहेको स्थानीयहरुले बताएका छन् ।

केही बर्ष पहिला सम्म सदरमुकाम क्षेत्रमा बाँदरको आतंक रहेकोमा अहिले गाउँगाउँमा बाँदरले बालीनाली तहसनहस गर्ने गरेको किसानहरुले बताएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका, सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका लगायतका क्षेत्रमा बाँदरले बढी नोक्सानी गरेको किसानहरुले बताएका छन् ।

यो समयमा तोरीले पहेँलपुर देखिने खेतहरु बाँदरकै कारण बाँझै छोड्नुपरेको दोगडाकेदार ४ का स्थानीय इन्द्रदेवशरण भट्टले बताए । बाँदरले खेतमा लगाएको अन्नबाली सखाप पार्न थालेपछि किसानहरुले खेत बाँझै छोडेको उनले बताए । उनले भने ‘खेतमा लगाएको अन्न भित्र्याउन पाइदैन् । त्यसैले धेरैजसोले खेत बाँझै छोडेका छन् ।’

सुर्नया गाउँपालिकाको वडा नं ५ धुलीधार र रडीगाउँमा पनि बाँदरले आतंक मच्चाएको स्थानीय समेत रहेका शिक्षक चन्द्रबहादुर बिष्टले बताए । बाँदरले खेतमा लगाएको गहुँ चुँडेर सखाप पारेको उनले बताए । बाँदरहरुले घरभित्रै पसेर नोक्सानी गर्न थालेका उनले बताए । उनले भने ‘खेतमा मात्रै होइन् घरभित्र भएका सरसमानमा समेत बाँदरले क्षति पुर्याउन थालेका छन् ।’

खेतमा लगाएको बाली जोगाउन पहरा दिँदा समेत बथानमा आएका बाँदर धपाउन मुस्किल हुने गरेको बिष्टले बताए । बाँदरले खेतबारीमा लगाएको अन्नबाली नष्ट गर्दै जाँदा खेत बाँझै छोड्नुपर्ने अवस्थाको सिर्जना भएको उनले बताए । उनले भने ‘बाँदरका कारण खेत बाँझै छोड्नुपर्ने अवस्था सिर्जना भएको छ । किसानहरुले लगाएको बाली भित्र्याउन नपाइने अवस्था आएको छ ।’

जिल्लाको दशरथचन्द नगरपालिकाका विभिन्न वडामा गएका केही बर्षदेखि स्थानीयहरु खेतबारी बाँझै छोडेका छन् । बाँदरले खेतमा लगाएको अन्नबाली केही नराख्ने भएपछि खेतबारी बाँझै छोडिएको दशरथचन्द नगरपालिका ८ का डम्मर टमाटाले बताए ।

स्थानीय तहसंग छैन् कुनै योजना

बैतडीमा बाँदर आतंक भएपनि यसको नियन्त्रणका लागि स्थानीय सरकारहरुले केही पहल गरेको देखिदैन् । बाँदरले किसानहरुको रोजीरोटी खोसेको भएपनि स्थानीय सरकार मूकदर्शक बनेका आरोप लागेको छ ।

दोगडाकेदार ४ का स्थानीयहरुले बाँदर आतंक नियन्त्रणका लागि केही योजना ल्याउन सरकारलाई दबाब दिने उद्देश्यले सडक समेत अवरुद्ध गरेका थिए । उनीहरु स्थानीय प्रशासनमा समेत पुगेका थिए । तर बाँदर नियन्त्रणका लागि स्थानीय सरकारले केही पहल नगरेको दोगडाकेदार ४ का उमेश भट्टले बताए ।

दशरथचन्द नगरपालिकामा यो भन्दा अघिल्लो सरकारले बाँदर धपाउनका लागि आवाज निकाल्ने मेसिन खरीद गरेर केही पहल गरेको भएपनि त्यो प्रयास समेत सफल हुन सकेन् ।

अन्य स्थानीय तहहरुले बाँदर नियन्त्रणका लागि कुनै योजना समेत नबनाएको किसानहरुको गुनासो रही आएको छ । खेतबारीमा जंगली जनावरले नोक्सानी पुर्याउँदा केही राहत नमिल्ने भएपछि धेरै किसानहरु पेशाबाटै पलायन भएका छन् ।

बाँदरकै कारण कतिपयले बसाइ समेत सारीसकेका स्थानीयहरुको भनाइ रहेको छ ।  भगीरथ अवस्थीले सगुन खबरमा लेखेका छन्।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
बैतडी

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

बैशाख ५, २०८३
निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा
बैतडी

निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा

चैत्र ९, २०८२
बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते
बैतडी

बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

माघ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३
विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

असार ८, २०८३
हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

असार ८, २०८३
अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

असार ८, २०८३
सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व