सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीका गाउँगाउँमा बाँदरको आतंक,किसान समस्यामा

55
Sana Kishan

बैतडी – खेतमा लगाएको बालीनाली बाँदरले तहसनहस गर्न थालेपछि बैतडीका किसानहरु हैरान भएका छन् । जिल्लाका सबैजसो ठाउँमा बाँदरको आतंक रहेको स्थानीयहरुले बताएका छन् ।

केही बर्ष पहिला सम्म सदरमुकाम क्षेत्रमा बाँदरको आतंक रहेकोमा अहिले गाउँगाउँमा बाँदरले बालीनाली तहसनहस गर्ने गरेको किसानहरुले बताएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका, सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका लगायतका क्षेत्रमा बाँदरले बढी नोक्सानी गरेको किसानहरुले बताएका छन् ।

Arus

यो समयमा तोरीले पहेँलपुर देखिने खेतहरु बाँदरकै कारण बाँझै छोड्नुपरेको दोगडाकेदार ४ का स्थानीय इन्द्रदेवशरण भट्टले बताए । बाँदरले खेतमा लगाएको अन्नबाली सखाप पार्न थालेपछि किसानहरुले खेत बाँझै छोडेको उनले बताए । उनले भने ‘खेतमा लगाएको अन्न भित्र्याउन पाइदैन् । त्यसैले धेरैजसोले खेत बाँझै छोडेका छन् ।’

सुर्नया गाउँपालिकाको वडा नं ५ धुलीधार र रडीगाउँमा पनि बाँदरले आतंक मच्चाएको स्थानीय समेत रहेका शिक्षक चन्द्रबहादुर बिष्टले बताए । बाँदरले खेतमा लगाएको गहुँ चुँडेर सखाप पारेको उनले बताए । बाँदरहरुले घरभित्रै पसेर नोक्सानी गर्न थालेका उनले बताए । उनले भने ‘खेतमा मात्रै होइन् घरभित्र भएका सरसमानमा समेत बाँदरले क्षति पुर्याउन थालेका छन् ।’

खेतमा लगाएको बाली जोगाउन पहरा दिँदा समेत बथानमा आएका बाँदर धपाउन मुस्किल हुने गरेको बिष्टले बताए । बाँदरले खेतबारीमा लगाएको अन्नबाली नष्ट गर्दै जाँदा खेत बाँझै छोड्नुपर्ने अवस्थाको सिर्जना भएको उनले बताए । उनले भने ‘बाँदरका कारण खेत बाँझै छोड्नुपर्ने अवस्था सिर्जना भएको छ । किसानहरुले लगाएको बाली भित्र्याउन नपाइने अवस्था आएको छ ।’

जिल्लाको दशरथचन्द नगरपालिकाका विभिन्न वडामा गएका केही बर्षदेखि स्थानीयहरु खेतबारी बाँझै छोडेका छन् । बाँदरले खेतमा लगाएको अन्नबाली केही नराख्ने भएपछि खेतबारी बाँझै छोडिएको दशरथचन्द नगरपालिका ८ का डम्मर टमाटाले बताए ।

Karnali Traders

स्थानीय तहसंग छैन् कुनै योजना

बैतडीमा बाँदर आतंक भएपनि यसको नियन्त्रणका लागि स्थानीय सरकारहरुले केही पहल गरेको देखिदैन् । बाँदरले किसानहरुको रोजीरोटी खोसेको भएपनि स्थानीय सरकार मूकदर्शक बनेका आरोप लागेको छ ।

दोगडाकेदार ४ का स्थानीयहरुले बाँदर आतंक नियन्त्रणका लागि केही योजना ल्याउन सरकारलाई दबाब दिने उद्देश्यले सडक समेत अवरुद्ध गरेका थिए । उनीहरु स्थानीय प्रशासनमा समेत पुगेका थिए । तर बाँदर नियन्त्रणका लागि स्थानीय सरकारले केही पहल नगरेको दोगडाकेदार ४ का उमेश भट्टले बताए ।

दशरथचन्द नगरपालिकामा यो भन्दा अघिल्लो सरकारले बाँदर धपाउनका लागि आवाज निकाल्ने मेसिन खरीद गरेर केही पहल गरेको भएपनि त्यो प्रयास समेत सफल हुन सकेन् ।

अन्य स्थानीय तहहरुले बाँदर नियन्त्रणका लागि कुनै योजना समेत नबनाएको किसानहरुको गुनासो रही आएको छ । खेतबारीमा जंगली जनावरले नोक्सानी पुर्याउँदा केही राहत नमिल्ने भएपछि धेरै किसानहरु पेशाबाटै पलायन भएका छन् ।

बाँदरकै कारण कतिपयले बसाइ समेत सारीसकेका स्थानीयहरुको भनाइ रहेको छ ।  भगीरथ अवस्थीले सगुन खबरमा लेखेका छन्।

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.