सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा जेष्ठ चार शहीदका शालिक निर्माण

शहीद दशरथचन्दको जन्मभूमी बैतडीमा जेष्ठ चार शहीदका शालिक निर्माण गरिएको छ । जिल्लाको पाटन नगरपालिका –४ ठाँडमा जेष्ठ चार शहीदका शालिक निर्माण कार्य सम्पन्न भएको जिल्ला समन्वय समिति बैतडीका पूर्व प्रमुख सिद्धराज भट्टले बताए ।

स्वर्गीय राजबहादुर चन्दले शालिक निर्माणका लागि शुरुवात गरेको कामलाई पूर्णता दिएर माघ १५ गते शालिक अनावरण कार्यक्रम समेत राखिएको उनले बताए ।

Sana Kishan

जेष्ठ शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको शालिक निर्माण गरिएको हो । ठाँड बजारको नजिकै शहीदका शालिक राखिएको उनले बताए ।

World Link Ads
Mahakali Polytechnic

देशमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो प्राणको आहूति दिने शहीदको सम्झनामा शालिक निर्माण गरिएको शालिक निर्माण समितिका संयोजक दीपक चन्दले बताए । शहरी विकास तथा भवन निर्माण कार्यालय, नगरपालिका, वडा कार्यालय र स्थानीयहरुको सहयोगमा शालिक निर्माण कार्य सम्पन्न भएको चन्दले बताए ।

Dirghayu Ads

स्थानीय ठाउँमा शहीदका शालिक निर्माण भएपछि शहीदको इतिहासका बारेमा जानकारी लिन सहज हुने स्थानीय भागरथी भट्टले बताइन् । देशमा प्रजातन्त्रको स्थापनाका लागि आफ्नो प्राणको आहूति दिने शहीदको शालिक निर्माण हुनु राम्रो काम भएको उनले बताइन् । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.