Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गुदपाकः जाडोको स्वास्थ्यवर्द्धक साथी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १२, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

जाडोको समयमा मानिसलाई अनेकथरी समस्या निम्तिन सक्छन् । जाडोमा धेरैलाई दिन काट्न पनि मुस्किल हुन्छ । जाडोको फाइदा चाहिँ के छ भने, अघिपछि खाना अरुचि हुनेलाई पनि जाडोमा रुच्ने गर्छ । जाडो मौसममा शरीर तताइराख्न हाम्रा धेरै मौलिक परिकार छन् । तिल, आलस, भुटेको मकै, भटमास, गहुँ, जुनेलो, फापर, अदुवा, काजु, पिस्ता, बदाम, जौ लगायत अन्य सुपहरुले पनि जाडो कटाउन सहायता पुर्याएको हुन्छ । भूमिगत सब्जीहरु तरुल, सखरखन्ड, पिँडालु, चुकन्दर, वासाबी, गिा, भ्याकुर पनि जाडोका उपयोगी खाना हुन् । नेपालमा निकै प्रख्यात र ब्राण्ड बनिसकेको अर्को परीकार भनेको गुदपाक हो । नेपालभरि नै लोकप्रिय मिठाइमध्येको एक गुदपाक विश्वमा समेत धेरै ठाउँमा प्रख्यात छ । नेपाली गुदपाक विदेशी पर्यटकहरूले स्मरणीय कोसेलीका रूपमा लिएर जाने गर्दछन् । गुदपाक स्वादिलो मात्र नभएर पौष्टिक पनि हुन्छ । गुदपाक प्रायः नयाँ आमाहरूले खाने गर्छन् । किनभने, यो उनीहरूको लागि फाइदाजनक मानिन्छ । काठमाडौं घुम्न आउने मानिसहरु आफ्नो गाउँ फर्किंदा गुदपाक लिएर फर्किन्छन् । यो एक लोकप्रिय उपहार पनि हो, जुन परिवारका छोराछोरी र वृद्धहरूलाई लगिदिँदा निकै खुसी हुन्छन् । नवजात शिशुको आमाको लागि सुपर पौष्टिक खाना मानिने गुदपाक खुवा, नेपाली घिउ, चिनी, खैरो चिनी या
सख्खर, काजु, बदाम, नरिवल, खजुर, अलैंची लगायत आयुर्वेदिक मसलाले भरिपूर्ण गरी बनाउने गरिन्छ । गुदपाक घरमै सजिलै बनाउन सकिन्छ । घरमै बनाएको गुदपाक स्वादिष्ट, सफा र हाइजेनिक पनि हुन्छ । गुदपाक नेपालमा सबैभन्दा बढी बिक्ने मिठाइ हो । यो मिठास, पोषण र नरम बनावटको हुन्छ । यो मिठाइ हरेक अवसरको लागि उपयुक्त मानिन्छ । जाडो याममा गुदपाकको माग ज्यादा हुने हुँदा व्यापारी हरुले धेरै पहिला बनाएर भन्डारण गर्ने गरेको पाइन्छ । काठमाडौंको नयाँ सडक गुदपाकको लागि निकै प्रसिद्द छ । नयाँ सडकका ब्यापारीहरुले गुदपाक बेचेर नै गुजारा चलाइरहेका छन् । नेपालका जुनसुकै ठाउँका मानिसले पनि नयाँ सडकको गुदपाक रोजेका हुन्छन् । कोसेली लिएर जान सजिलो, स्वादिष्ट र स्वास्थ्यका हिसाबले पनि पोषिलो भएका कारण गुदपाक सबैको रोजाइमा परेको हो । चिनी खान नमिल्नेहरुले सुगर फ्री गुदपाक पनि किन्न या आफैंले तयार गरेर पनि कोसेली दिन सकिन्छ ।
पर्याप्त मात्रामा काजु, किसमिस, नरिवल, पिस्ता, दूधको खुवा, गरम मसला, आयुर्वेदिक जडिबुटीहरु मिसाएर बनाउने हुँदा गुदपाक स्वास्थ्यका लागि पनि पोषिलो र खुराकवर्द्धक मानिन्छ । तर बजारमा पाइने सबै गुदपाक, पुष्टकारी स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् भन्ने ग्यारेन्टी भने हुँदैन । यी स्वादिष्ट त हुन्छन् तर तिनले मानवीय स्वास्थ्यमा नकारात्मक असर पु¥याइरहेका हुन्छन् । अतः आफूलाई मन पर्ने र स्वास्थ्यवर्द्धक रुपमा घरमै ढुक्कसाथ बनाएर खाँदा उत्तम र सुरक्षित भइन्छ । गुदपाक बनाउन कुनै गाह्रो काम होइन, मात्र समान जुटाउन र थोरै समय खर्चन सके सजिलै बनाउन सकिन्छ । एक पटक बनाएको गुदपाक हप्तौंसम्म प्रयोग गर्न सकिन्छ । धेरै समय भन्डारण गर्ने हो भने तपाईंले सही तरिका अपनाएर गुदपाक बनाउनुपर्ने हुन्छ ।
कसरी बन्छ गुदपाक ?
गुदपाक बनाउन चाहिने सामग्रीः घिउ(आधा कप, गुँद(खाने गम) (१२ ग्राम, खुवा या दूध पाउडर) २ कप, सख्खर( आधा कप, स्लाइस बदाम) १० ग्राम, अलैंची( आधा चिया चमच, जाइफलको धुलो(पिन्च, ग्रेटेड नरिवल( २० ग्राम, पिस्ता (काटिएको) (१० ग्राम, पिस्ता स्लाइस( २ चिया चमच, काजु काटेको( ३ चिया चमच, सुकमेलको धुलो( पिन्च काटेको छोकडा( २ चम्चा ।

गुदपाक बनाउने विधिः बाक्लो कराइ या प्यान तताएर घ्यु पगाल्ने र सबै ड्राइ नट्सलाई र गुँदलाई फुराएर निकाल्ने । घ्युमा खुवा र सक्खर हालेर सानो आचमा घोटीघोटी पकाउँदै जाने । अन्तमा घ्यु मिसिएर माथिमाथि हल्का देखिन थालेपछि सबै ड्राई नट्स, आयुर्वेदिक मसलाहरु र गुँद हालेर राम्ररी मिक्स गर्ने । एकछिन राम्ररी फत्कन दिएपछि एउटा राम्रो ट्रे या मोल्डमा पगालेको घ्यु दल्ने र खन्याएर मिलाउने । अब तयार भएको गूदपाक तपाईंले तातोतातो या चिस्याएर पछि पनि खान सक्नुहुन्छ । खुवाको सट्टामा गाई, भैंसी, बाख्रा, भेडा जेको पनि दूध प्रयोग गर्न सक्नु हुन्छ । बाक्लो बनाउनको लागि तपाईंले कि दूध धेरै समयसम्म घोटेर पकाउनुपर्ने हुन्छ कि त घ्युमा भुटेको गहुँको आँटा पनि मिसाउन सक्नुहुन्छ । तर आँटा मिसाएर बनाएको गुदपाक दीर्घकालीन रुपमा भण्डारण गर्दा केही जोखिम हुन सक्छ । जनसरोकार पोस्ट बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

भदौ १२, २०८३
रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

भदौ १२, २०८३
रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

भदौ १२, २०८३
छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

भदौ ११, २०८३
रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

भदौ ११, २०८३
कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व