सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गुदपाकः जाडोको स्वास्थ्यवर्द्धक साथी

जाडोको समयमा मानिसलाई अनेकथरी समस्या निम्तिन सक्छन् । जाडोमा धेरैलाई दिन काट्न पनि मुस्किल हुन्छ । जाडोको फाइदा चाहिँ के छ भने, अघिपछि खाना अरुचि हुनेलाई पनि जाडोमा रुच्ने गर्छ । जाडो मौसममा शरीर तताइराख्न हाम्रा धेरै मौलिक परिकार छन् । तिल, आलस, भुटेको मकै, भटमास, गहुँ, जुनेलो, फापर, अदुवा, काजु, पिस्ता, बदाम, जौ लगायत अन्य सुपहरुले पनि जाडो कटाउन सहायता पुर्याएको हुन्छ । भूमिगत सब्जीहरु तरुल, सखरखन्ड, पिँडालु, चुकन्दर, वासाबी, गिा, भ्याकुर पनि जाडोका उपयोगी खाना हुन् । नेपालमा निकै प्रख्यात र ब्राण्ड बनिसकेको अर्को परीकार भनेको गुदपाक हो । नेपालभरि नै लोकप्रिय मिठाइमध्येको एक गुदपाक विश्वमा समेत धेरै ठाउँमा प्रख्यात छ । नेपाली गुदपाक विदेशी पर्यटकहरूले स्मरणीय कोसेलीका रूपमा लिएर जाने गर्दछन् । गुदपाक स्वादिलो मात्र नभएर पौष्टिक पनि हुन्छ । गुदपाक प्रायः नयाँ आमाहरूले खाने गर्छन् । किनभने, यो उनीहरूको लागि फाइदाजनक मानिन्छ । काठमाडौं घुम्न आउने मानिसहरु आफ्नो गाउँ फर्किंदा गुदपाक लिएर फर्किन्छन् । यो एक लोकप्रिय उपहार पनि हो, जुन परिवारका छोराछोरी र वृद्धहरूलाई लगिदिँदा निकै खुसी हुन्छन् । नवजात शिशुको आमाको लागि सुपर पौष्टिक खाना मानिने गुदपाक खुवा, नेपाली घिउ, चिनी, खैरो चिनी या
सख्खर, काजु, बदाम, नरिवल, खजुर, अलैंची लगायत आयुर्वेदिक मसलाले भरिपूर्ण गरी बनाउने गरिन्छ । गुदपाक घरमै सजिलै बनाउन सकिन्छ । घरमै बनाएको गुदपाक स्वादिष्ट, सफा र हाइजेनिक पनि हुन्छ । गुदपाक नेपालमा सबैभन्दा बढी बिक्ने मिठाइ हो । यो मिठास, पोषण र नरम बनावटको हुन्छ । यो मिठाइ हरेक अवसरको लागि उपयुक्त मानिन्छ । जाडो याममा गुदपाकको माग ज्यादा हुने हुँदा व्यापारी हरुले धेरै पहिला बनाएर भन्डारण गर्ने गरेको पाइन्छ । काठमाडौंको नयाँ सडक गुदपाकको लागि निकै प्रसिद्द छ । नयाँ सडकका ब्यापारीहरुले गुदपाक बेचेर नै गुजारा चलाइरहेका छन् । नेपालका जुनसुकै ठाउँका मानिसले पनि नयाँ सडकको गुदपाक रोजेका हुन्छन् । कोसेली लिएर जान सजिलो, स्वादिष्ट र स्वास्थ्यका हिसाबले पनि पोषिलो भएका कारण गुदपाक सबैको रोजाइमा परेको हो । चिनी खान नमिल्नेहरुले सुगर फ्री गुदपाक पनि किन्न या आफैंले तयार गरेर पनि कोसेली दिन सकिन्छ ।
पर्याप्त मात्रामा काजु, किसमिस, नरिवल, पिस्ता, दूधको खुवा, गरम मसला, आयुर्वेदिक जडिबुटीहरु मिसाएर बनाउने हुँदा गुदपाक स्वास्थ्यका लागि पनि पोषिलो र खुराकवर्द्धक मानिन्छ । तर बजारमा पाइने सबै गुदपाक, पुष्टकारी स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् भन्ने ग्यारेन्टी भने हुँदैन । यी स्वादिष्ट त हुन्छन् तर तिनले मानवीय स्वास्थ्यमा नकारात्मक असर पु¥याइरहेका हुन्छन् । अतः आफूलाई मन पर्ने र स्वास्थ्यवर्द्धक रुपमा घरमै ढुक्कसाथ बनाएर खाँदा उत्तम र सुरक्षित भइन्छ । गुदपाक बनाउन कुनै गाह्रो काम होइन, मात्र समान जुटाउन र थोरै समय खर्चन सके सजिलै बनाउन सकिन्छ । एक पटक बनाएको गुदपाक हप्तौंसम्म प्रयोग गर्न सकिन्छ । धेरै समय भन्डारण गर्ने हो भने तपाईंले सही तरिका अपनाएर गुदपाक बनाउनुपर्ने हुन्छ ।
कसरी बन्छ गुदपाक ?
गुदपाक बनाउन चाहिने सामग्रीः घिउ(आधा कप, गुँद(खाने गम) (१२ ग्राम, खुवा या दूध पाउडर) २ कप, सख्खर( आधा कप, स्लाइस बदाम) १० ग्राम, अलैंची( आधा चिया चमच, जाइफलको धुलो(पिन्च, ग्रेटेड नरिवल( २० ग्राम, पिस्ता (काटिएको) (१० ग्राम, पिस्ता स्लाइस( २ चिया चमच, काजु काटेको( ३ चिया चमच, सुकमेलको धुलो( पिन्च काटेको छोकडा( २ चम्चा ।

Sana Kishan

गुदपाक बनाउने विधिः बाक्लो कराइ या प्यान तताएर घ्यु पगाल्ने र सबै ड्राइ नट्सलाई र गुँदलाई फुराएर निकाल्ने । घ्युमा खुवा र सक्खर हालेर सानो आचमा घोटीघोटी पकाउँदै जाने । अन्तमा घ्यु मिसिएर माथिमाथि हल्का देखिन थालेपछि सबै ड्राई नट्स, आयुर्वेदिक मसलाहरु र गुँद हालेर राम्ररी मिक्स गर्ने । एकछिन राम्ररी फत्कन दिएपछि एउटा राम्रो ट्रे या मोल्डमा पगालेको घ्यु दल्ने र खन्याएर मिलाउने । अब तयार भएको गूदपाक तपाईंले तातोतातो या चिस्याएर पछि पनि खान सक्नुहुन्छ । खुवाको सट्टामा गाई, भैंसी, बाख्रा, भेडा जेको पनि दूध प्रयोग गर्न सक्नु हुन्छ । बाक्लो बनाउनको लागि तपाईंले कि दूध धेरै समयसम्म घोटेर पकाउनुपर्ने हुन्छ कि त घ्युमा भुटेको गहुँको आँटा पनि मिसाउन सक्नुहुन्छ । तर आँटा मिसाएर बनाएको गुदपाक दीर्घकालीन रुपमा भण्डारण गर्दा केही जोखिम हुन सक्छ । जनसरोकार पोस्ट बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.