सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाजुराको हिमाली क्षेत्रमा हिमपातका कारण सञ्चार विच्छेद

38
Sana Kishan

बाजुरा– हिमपातका कारण बाजुराको हिमाली क्षेत्रमा सञ्चार विच्छेद भएको छ। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका तथा बिछ्या क्षेत्र सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रमुख सूर्यबहादुर थापाले बताए।

मंगलवार दिउँसो २ बजेर ४३ मिनेटमा गएको भूकम्पको केन्द्रबिन्दु रहेको क्षेत्रमा सञ्चार विच्छेद भएको छ।मंगलवार जिल्लाको हिमाली गाउँपालिकाको बिच्छयाँ आसपास केन्द्रबिन्दु बनाएर ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको थियो।

Arus

भूकम्प गएको बिच्छयाँको बारेमा अहिलेसम्म कुनै जानकारी नआएको प्रहरी नायव उपरिक्षक थापाले बताए। मंगलवार जिल्लाको गौमुल गाउँपालिका वडा नम्बर २ की ३२ वर्षीया जमुना रोकायाको मृत्यु भएको थियो।२५ भन्दा बढी घरमा क्षति पुगेको बाजुरा प्रहरीले बताएको छ।

Karnali Traders

तर उच्च हिमाली क्षेत्रमा फोन सम्पर्क टुटेको छ। जिल्लामा भूकम्पका कारण भएको क्षतिको पूर्ण विवरण संकलन गर्न समस्या भइरहेको छ। बिच्छयाँ क्षेत्रमा हिमपात भइरहेका कारण फोन सेवा अबरुद्ध छ। बिच्छयाँ प्रहरी चौकीमा सञ्चार सेटसमेत छैन्।भूकम्पको केन्द्रबिन्दु भएको क्षेत्रमा राहत तथा उद्धारमा समस्या देखिएको छ।

हिमपातका कारण समस्या भइरहेको प्रहरीले बताएको छ। जिल्लामा भूकम्पका कारण एक महिलाको ज्यान गएको छ। केही घाइते भएको खबर प्राप्त भएको छ। ५०÷६० को संख्यामा भेडा मरेका छन्। जिल्लामा भूकम्पले गरेको क्षतिको थप विवरण संकलनको काम जारी छ।

(सगुन खबरबाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.