काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानअन्तर्गत शनिबार गुह्येश्वरी मन्दिरअगाडि नदी र किनारको सरसफाइ गरिएको छ।
अभियानको ७०२औँ हप्तामा दसैंका क्रममा दुर्गा पूजाका लागि बनाइएका मूर्ति नदीमा विसर्जन गर्दा जम्मा भएको फोहोर संकलन गरी व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिं शाहीले जानकारी दिए।
सफाइका क्रममा कुहिने फोहोर नदी किनारमै व्यवस्थापन गरिएको थियो भने नकुहिने फोहोर ट्रकमा राखेर अन्यत्र व्यवस्थापन गरिएको जनाइएको छ।

सरसफाइ कार्यक्रममा विभिन्न सामाजिक अभियन्ता, कर्मचारी तथा बागमती सफाइ अभियानकर्मीको सक्रिय सहभागिता रहेको थियो। आगामी शनिबार पनि सोही स्थानमा सफाइ अभियान सञ्चालन गरिने जनाइएको छ।










Discussion about this post