Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

यस्ता छन् ध्यान गर्नुका फाइदाहरु

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ ११, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ध्यान भनेको दिमागलाई ध्यान केन्द्रित गर्न र विचारहरूलाई पुनः निर्देशित गर्न तालिम दिने बानी हो । पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । किनभने धेरै मानिसहरूले यसको धेरै स्वास्थ्य लाभहरू थाहा हुँदै गएको छ । धेरै मानिसहरू यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा सोच्छन् । आज वैज्ञानिक दृष्टिकोणबाट ध्यान गर्नुका फाईदाहरुको बारेमा चर्चा गर्छौं ।
१. तनाव कम गर्छ
सामान्यतया मानिसहरुले तनाव कम गर्न ध्यान गर्ने गर्छन् । एक अध्ययनले ध्यान गर्दा तनाव कम हुने निष्कर्ष निकालेको छ । सामान्यतया, मानसिक र शारीरिक तनावले तनाव हार्मोन कोर्टिसोलको स्तर बढाउँछ । यसले तनावका धेरै हानिकारक प्रभावहरू उत्पादन गर्दछ । यी प्रभावहरूले निद्रामा बाधा पु¥याउन सक्छ, अवसाद र चिन्तालाई बढावा दिन सक्छ । रक्तचाप बढाउन सक्छ र थकान र सोचमा परिवर्तन ल्याउँछ । यसबाहेक, अनुसन्धानले ध्यानले तनाव सम्बन्धित अवस्थाका लक्षणहरू पनि सुधार गर्न सक्ने देखाएको छ ।
२. एन्जाइटी नियन्त्रण गर्छ
ध्यानले तनावको स्तर कम गर्न सक्छ, जसले एन्जाइटी नियन्त्रण गर्छ । अन्तराष्ट्रिय स्तरमा लगभग १३ सय किशोरकिशोरीहरूमा गरिएको विश्लेषणमा ध्यानले एन्जाइटी कम गर्ने देखाएको थियो । साथै, एउटा अध्ययनले ८ हप्ताको माइन्डफुलनेस मेडिटेशन गर्नाले एन्जाइटीको समस्या भएका मानिसहरूमा चिन्ताका लक्षणहरू कम गर्न मद्दत गरेको थियो । गम्भीर दुखाइ भएका ४७ जना व्यक्तिहरूमा गरिएको अर्को अध्ययनले ८ हप्ताको ध्यान कार्यक्रम पूरा गर्नाले १ वर्षमा एन्जाइटी, चिन्ता र दुखाइमा सुधार भएको पत्ता लागेको थियो। ध्यानले काम सम्बन्धी चिन्तालाई नियन्त्रण गर्न पनि मद्दत गर्न सक्छ ।
३.भावनात्मक स्वास्थ्य सुधार गर्न गर्दछ
ध्यानले सुधारिएको आत्मविश्वास र जीवनमा सकारात्मक दृष्टिकोण तिर लैजान मदत गर्छ । ध्यान थेरापीहरू गर्ने व्यक्तिहरूले ध्यान नगर्नेको तुलनामा डिप्रेसनका लक्षणहरू कम अनुभव गरेको अध्ययनहरूको समीक्षाले देखाएको छ । अर्को अध्ययनले पत्ता लगाएको छ कि ध्यान गर्ने व्यक्तिहरूले सकारात्मक उर्जाहरु महसुस गर्छन् ।
४. आत्म–जागरूकता बढाउँछ
ध्यानले मानिसको बुझाईको क्षमता विकास गर्न मदत गर्छ । जसले गर्दा आत्म विश्वास बढ्छ, आफ्नो धारणाहरु स्पष्ट रुपमा राख्न सकिने भईन्छ । ध्यानले हानिकारक वा आत्म–पराजित हुन सक्ने विचारहरू पहिचान गर्न सिकाउँछ। जसले गर्दा चुनौतीहरु सामना गर्न सहज हुन्छ ।
५. उमेरसँग सम्बन्धित स्मरण शक्तिमा सुधार हुनु
ध्यानले एकाग्रता र स्पष्टतामा सुधार ल्याउँछ । जसको कारणले उमेर बढ्दै जाँदा घट्दै जाने स्मरणशक्तिमा समेत सुधार आउन सक्छ । एक अनुसन्धानमा ध्यानले पुरानो मेमोरी सम्झिन र मानसिक द्रुतता बढाउन सहयोग गर्छ । ध्यानले डिमेन्सिया भएका बिरामीहरूमा समेत कम्तिमा आंशिक रूपमा मेमोरी सुधार गर्न सक्छ । यसले डिमेन्सिया भएका परिवारका सदस्यहरूको हेरचाह गर्नेहरूलाई तनाव नियन्त्रण गर्न र सामना गर्न सुधार गर्न मद्दत गर्न सक्छ।
६. निद्रा सुधार गर्छ
एउटा अध्ययनले ध्यान गर्ने मानिसहरूमा अनिन्द्राको समस्या कम भएको र अनिद्राको गम्भीरतामा सुधार भएको देखिएको थियो । ध्यान गर्नै अनिद्र निम्त्याउने विचारहरु नियन्त्रण वा रिडिरेक्ट गर्न मद्दत गर्न सक्छ । यसले तपाईंको शरीरलाई आराम गर्न, तनाव कम गर्न र शान्त अवस्थामा
राख्न मद्दत गर्न सक्छ जसको कारण निन्द्रा सुधार हुने सम्भावना बढी हुन्छ ।
७. दुखाइ कम गर्न मद्दत गर्छ
तनाव हुँदा शरीरमा दुखाई बढ्न सक्छ । ध्यानको कारणले तनाव कम महसुस हुन्छ जसको कारणले दुखाई नियन्त्रण हुन सक्छ । केही अनुसन्धानले सुझाव दिन्छन् कि आफ्नो दिनचर्यामा ध्यान समावेश गर्नाले दुखाइ नियन्त्रण गर्न लाभदायक हुन सक्छ ।

८. रक्तचाप नियन्त्रण गर्न सक्छ
ध्यानले मुटुमा पर्ने तनाव कम गरेर शारीरिक स्वास्थ्यमा पनि सुधार ल्याउन सक्छ । उच्च रक्तचापले मुटुलाई रगत पम्प गर्न गाह्रो बनाउँछ, जसले गर्दा मुटु कमजोर हुन सक्छ । उच्च रक्तचापले एथेरोस्क्लेरोसिसमा पनि योगदान पु¥याउँछ, वा धमनीहरू साँघुरो हुन्छ, जसले हृदयघात र स्ट्रोक निम्त्याउन सक्छ । अनलाईन माध्यमबाट गरिएको अध्ययनहरूको ध्यानले रक्तचाप कम गर्न मद्दत गर्ने पत्तो लागेको थियो । आंशिक रूपमा, ध्यानले हृदयको कार्य, रक्त नलीको तनाव, र तनावपूर्ण परिस्थितिहरूमा सतर्कता बढाउने रक्तचाप नियन्त्रण गर्ने
देखिन्छ । जनसरोकार  पोस्ट बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

असार १४, २०८३
पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

असार १४, २०८३
विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

असार १४, २०८३
शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व