Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रोग अनुसार भोजन व्यवस्थापन : के खाने, के नखाने ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १०, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

खाना नै ओखति हो र खाना नै विष पनि । जथाभावी खानपानले शरीरलाई रोगी र जीर्ण बनाउँछ भने सुपाच्य, ताजा र सन्तुलित खानाले शरीरलाई निरोगी । कस्तो खाना खाने र कति खाने भन्ने कुराले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ । यो कुरा अझ त्यसबेला महत्वपूर्ण हुन्छ, जतिबेला हामीलाई कुनै न कुनै रोगले च्यापिसकेको हुन्छ । जस्तो उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम । यस्तो अवस्थामा कस्तो खानपान उचित र कस्तो खानपान अनुचित हुन्छ ? जान्नुपर्छ ।
कब्जियतको समस्यामा
के खाने ?
फाइबरयुक्त सागसब्जी सेवन गर्ने । सिमी लगायतका गेडागुडीमा फाइबरको मात्रा दुई गुणा बढी हुन्छ । यसलाई तरकारीको रुपमा भन्दा सुपको रुपमा खानु लाभदायक हुन्छ । मौसमी फलफूल खाने । आलुबखडामा फाइबर धेरै हुने भएकोले कब्जियतको समस्यामा आलुबखडाको सेवन फाइदाजनक मानिन्छ ।
किशमिश, अंजीर, खजुरमा फाइबरको मात्रा धेरै हुन्छ । जसले कब्जियत हटाउन मद्दत गर्छ । ब्रोकाउली, होल ग्रेन, अन्न, पाकेको केरामा फाइबरको मात्रा धेरै हुने भएकाले यस्ता खानेकुरा खानु लाभदायक हुन्छ ।
के नखाने ?
अत्याधिक मासुजन्य परिकार, चिल्लोचाप्लो, तारेको, दुधजन्य परिकार, वोसो बढी भएको खानेकुरा, प्रशोधित खानेकुरा, मैदाजन्य खानेकुरा खान उचित हुँदैन । कालो दाल, भन्टा, मुसुरो लगायत धेरै चिसो खानेकुरा खानु हुँदैन ।
उच्च रक्तचापमा
के खाने ?
लौकाको जुस, ताजा फलफूल, सागसब्जी, मकै, ग्रीन टि सेवन गर्ने । संभव भएसम्म शाकाहारी भोजन अपनाउने । कम चिल्लो भएका दुग्धजन्य उत्पादनहरु खानुपर्छ ।
के नखाने ?
खानामा सोडियमको मात्रा घटाउने । प्रशोधित खानेकुरा, रातो मासु, मदिराजन्य पेय नियन्त्रण गर्नुपर्छ । त्यसैगरी कफी, चिया पनि कम पिउनु
पर्छ । उच्च रक्तचापमा चुरोट अरु बढी हानिकारक हुन्छ । त्यसैले धुमपान त्याग्नुपर्छ ।
मधुमेह
के खाने ?
–हरियो सागसब्जी, सोया, मुंग, कालो चना, ब्राउन राइस, राजमा तथा अण्डाको सेतो भाग खानुपर्छ । प्रोटिन तथा फाइबरयुक्त खानेकुरा । फलफूलमा चेरी,
स्ट्रबेरी, स्याउ, सुन्तला, अनार, मेवा र सागसब्जीमा करेला, लौका, तोरी, फर्सी, काक्रा उपयुक्त हुन्छ । कलेरा, लौका, टमाटर, एलोभेराको जूस मधुमेहका
विरामीलाई लाभदायक मानिन्छ ।
के नखाने ?
गुड, चिनी, मह, चकलेट, केक, पेस्ट्री लगायतका गुलियो खानेकुरा उचित हुँदैन । मैदा, सुजी, सेतो चामल, सेतो ब्रेड, नुडलस, पिज्जा, विस्कुट नखाने । तारेको तथा भुटेको खानेकुरा, च्याख्ला, मकैको पिठो, प्याकेटका खानेकुरा । आप, केरा, अंगूर, अनारसमा चिनी धेरै हुने भएकोले यस्ता फलफूल पनि खानु हुँदैन ।
आस्थमा
के खाने ?
कागती, किबी, ब्रोकाउली, टमाटर, शिमला मिर्च लगायत भिटामिन सीले भरिपूर्ण खानेकुरा खाने । चोक्करयुक्त गहुँको रोटी, दलिया, मुंगको दाल खाने । प्रोटिन, भिटामिन बी, तथा फाइबरयुक्त खानेकुरा जस्तै, दाल, सोयावीन, अण्डा, हरियो सागसब्जी उचित हुन्छ । भिजाएको बदाम आस्थमाका विरामीका लागि लाभदायक हुनसक्छ ।
के नखाने ?
तारेको तथा भुटेको खानेकुरा, जंक फुड, बासी खाना उचित हुँदैन । दुधजन्य उत्पादन तथा अमिलो र चिसो खानेकुरा खानु हुँदैन । केरा, पाकेको चुकन्दर, कटर पनि लाभदायक हुँदैन ।
पखलामा
के खाने ?
केरा, दही चामल, मुंगको दालको जाउलो वा सुप, लौका, रायता लगायतको हल्का खानेकुरा उचित हुन्छ । यसैगरी काक्रो, तरबुजा, खरबुजा जस्ता पानीको मात्रा उच्च हुने खानेकुरा लाभदायक हुन्छ । मेवा, अनार लगायतका फलले फाइदा गर्छ । नरिवल पानी, मोही , कागती पानी, लस्सी, उखुको रस, फलफूलको जूसका साथै दहीमा केरा मिसाएर पनि खान सकिन्छ । यसले डायरियामा आराम दिन्छ ।
के नखाने ?
आलू, इम्ली, भण्टा, ब्रोकाउली, प्याज, गेडागुडी, बन्दा, अचार, तारेको, मसलायुक्त, बासी तथा सचिलै नपच्ने खानेकुरा उचित हुँदैन ।
रुघाखोकी
के खाने ?
स्याउ, मेवा, अंजीर, अनार, किवी लगायत भिटामिन ‘सी’ युक्त खानेकुरा लाभदायक हुन्छ । यसैगरी पालुङ्गो, चुकन्दर, ब्रोकाउली, रातो भेडे खुर्सानी, मशरुम, शलगम , गाँजर लगायतका सागसब्जीले फाइदा गर्छ ।

के नखाने ?
दही, पनीर, चीज कम खाने । यसले कफ बढाउनसक्छ । यो मौसमी भएकोले रातकोे समयमा दही नखाने । तारेको खानेकुरा, मसलेदार खानेकुरा, चिसो खानेकुरा, ह्वाइट ब्रेड, पास्ता, नुडल्स नखाने । जनसरोकार  पोस्ट बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

भदौ १२, २०८३
रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

भदौ १२, २०८३
रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

भदौ १२, २०८३
छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

भदौ ११, २०८३
रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

भदौ ११, २०८३
कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व